पोखरामा आइपुगे मुस्ताङको भेडाच्याङ्ग्रा |
पोखारा ७/ दसैं नजिकिएसँगै पोखरामा भेडा, च्याङ्ग्रा र खसी भित्रिन थालेका छन्। पर्यटकीय सहर पोखरामा हिमाली जिल्ला मुस्ताङ, डोल्पा र मुगुबाट भेडाच्याङ्ग्रा भित्रिएका हुन्। गत वर्ष तिब्बतबाट पनि यहाँ भेडाच्याङ्ग्रा भित्र्याइएको थियो। यस वर्ष भने तिब्बतबाट नआउने व्यापारीले बताएका छन्।
पोखरामा १३ करोडभन्दा बढीका खसी, बोका, च्याङ्ग्रा र भेडा खपत हुने पोखरा खसीबोका व्यवसायी समितिका पूर्वअध्यक्ष गोकर्ण भण्डारीले बताए। यहाँ खसी तनहुँ, पाल्पा, सुर्खेत, नेपालगन्ज, दाङ, कैलाली, पाल्पा र भारतबाट भित्रिने भण्डारीले जानकारी दिए।
कास्कीमा भने खसी, भेडा, च्याङ्ग्राको उत्पादन शून्यजस्तै रहेको पनि उनले सुनाए। यस वर्षको दसैंमा १६ हजार पँाच सय भेडाच्याङ्ग्रा पोखरा भित्रिने व्यवसायी बताउँछन्। यो संख्या गत सालको भन्दा पाँच सय बढी हो। जिल्ला विकास समिति कास्कीले यस वर्षदेखि भेडाच्याङ्ग्राको कर नलिने भएकोले उपभोक्ताले सस्तो मूल्यमै पाउने व्यवसायी बताउँछन्।
पोखरामा यस दसैंमा २३ हजार खसी, च्याङ्ग्रा र भेडाको व्यापार हुने पनि भण्डारीले बताए। दुईहुल भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेको उनले जानकारी दिए। यस वर्ष मुस्ताङलगायतका ठाउँबाट ल्याउँदा एउटाको १५ हजार पाँच सयदेखि १७ हजार पाँच सयसम्म मूल्य परेकोले पोखरामा रोजेर २०-२२ हजारसम्ममा च्याङ्ग्रा पाइने पनि उनले जानकारी दिए। खसी भने प्रतिकेजी तीन सय ९० देखि चार सय ३० रुपैयाँसम्म पर्ने पनि उनले सुनाए।
जिल्ला विकास समिति कास्कीका वरिष्ठ इन्जिनियर नारायण श्रेष्ठले उपभोक्तालाई सस्तो मूल्यमा मासु उपलब्ध गराउन यस वर्षदेखि भेडा, च्याङ्ग्रामा कर नलिने निर्णय गरिएको बताए। उत्पादन हुने जिल्लाले मात्र यस्तो कर लिने व्यवस्था भएकोले बाहिरी जिल्लाबाट ल्याइएका भेडा, च्याङ्ग्रामा कर नलिने निर्णय भएको पनि उनले बताए। विगतमा जिल्ला विकास समिति, पोखरा उपमहानगरपालिका, काँडे, हेमजा गाविस र विभिन्न आमा समूह तथा क्लबले कर उठाउँदै आएका थिए। गत वर्ष जिविसले एक भेडाच्याङ्ग्रा बराबर सय रुपैयाँ कर उठाएको थियो।
उपमहानगरपालिकाले ७० रुपैयाँ, काँडेले ५० रुपैयाँ र हेमजा गाविसले ५० रुपैयाँ कर लिन्थे। अहिले कसैले पनि कर नलिने निर्णय गरिएको जिविस कास्कीले जनाएको छ। 'कसैले लिएको पाइएमा नजिकको प्रहरी कार्यालयले कारबाही गर्नेछ', जिविसका इन्जिनियर श्रेष्ठले भने। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख वसन्त लामाले कसैले भेडाच्याङ्ग्राको कर उठाएको पाइएमा कडा कारबाही गरिने बताए। 'उपभोक्तालाई सस्तो दरमा मासु खुवाउन यो निर्णय गरिएको हो। हामीले छड्के जाँच पनि गर्दै आएका छौं। कसैले उठाएको थाहा भएमा समाएर कारबाही गर्छौं', लामाले भने।