|

पोखरामा ल्होसार विशेष कार्यक्रम गरि मनाउदै, देश तथा विदेशमा कार्यक्रमहरु हुदै

पोखरामा ल्होसार विशेष कार्यक्रम गरि मनाउदै, देश तथा विदेशमा कार्यक्रमहरु हुदै
देवीजंग तमू
पोखरा, पौष १४
पोखराका तमूहरुले धुमधामका साथ मनाइरहेको महान चाड ल्होसार आज पनि जारी छ ।
तमूहरुको मौलिक संस्था तमू प्ये ल्हु संघको युवा संगठन प्ये ल्हु संघ केन्दि«य युवा समितिको आयोजनामा गत पौष १२ गते ल्होसारको अवसर पारी आयोजित रक्तदान कार्यक्रम गरि ल्होसारको औपचारिक सुरुवात भएको हो ।
स्थापनाकालदेखि नै तमूहरुको मौििलक प्ये ताँ ल्हु ताँको वकालत गर्दै आएको प्ये ल्हु संघको जिल्ला समिति कास्कीको आयोजनामा फलिना क्होइपो परिसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्ये ल्हु संघमा आवद्ध इकाई तथा समाजहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । ढोर फिरफिरे तमू समाज, डढुवा दुर्छा तमू समाज, तमू प्ये ल्हु संघ केन्दि«य युवा समिति, केन्दि«य आमा समूह लगायतबाट प्रस्तुत साँस्कृतिक प्रस्तुतिले कार्यक्रममा रौनकता थपिएको थियो ।
यसैवीच पोखराका तमूहरुले आज सोमवार राती १२ बजे तमू प्ये ल्हु संघ फलिना क्होइपो परिसरमा वोन फायर गरी त ल्हो ( घोडा वर्ग ) को विदाई र ल्हु ल्हो ( भेडा वर्ग ) को स्वागत गरिदैछ । तमू पूरोहितबाट मन्त्रोेचरणसहित हुन बोन फायर कार्यक्रममा सहभागिका लागि अहिले क्होइपो परिसरमा तमूहरुको सहभागिता हुदैछ ।

ल्होसारको दिन भोलि पौष १५ गते तमू प्ये ल्हु संघ केन्दि«य युवा समितिको आयोजनामा खुल्ला सामुहिक तमू नृत्य प्रतियोगिता हुदैछ । तमू प्ये ल्हु संघ फलिना क्होइपो परिसरमा हुने नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय, सान्त्वनालाई पुरस्कृत हुनुको साथै उत्कृष्ट भेषभुषा र नृत्य निर्देशकलाई पुरस्कृत समेत गरिने भएको छ ।
यसैवीच ल्हु ल्होसार तमू प्ये ल्हु संघ भदौरे इकाई समितिले पनि आज बोन फायर गरि मनाउदैछ । साथै भदौरे इकाईले भोलि ल्होसारको दिन विहानै पच्यु गुरु भिम प्रसाद तमुको समुहबाट क्ष्योपा र ल्हेपृ गुरु चिजकाजी टु तमूको समुहले थासो फाल्ने कार्य गरि भदौरेमा पनि ल्होसार कार्यक्रम मनाउदैछ ।
यस्तै तमू प्ये ल्हु संघ अन्तरगतका जिल्ला शाखाहरु चितवन, स्याङ्जा, तनहुँ, काठमण्डौ, मोरङ, रोल्पा, नवलपरासी, रुपन्देही लगायतका देशका जिल्ला शाखाहरुमा ल्हु ल्होसार कार्यक्रम आयोजना भइरहेको छ ।



विदेशमा पनि ल्हु ल्होसार मनाउदै
तमूहरुको महान चाड ल्होसार नेपाल मात्र नभई विदेशका विभिन्न ठाउँहरुमा समेत मनाउदै छ ।
अन्र्ताष्ट्रिय स्तरमै शाखा विस्तार गरिसकेको तमू प्ये ल्हु संघका विदेशी शाखाहरुले पनि ल्हु ल्होसार कार्यक्रम मनाउन लागेको हो ।
प्राप्त जानकारी अनुसार तमू प्ये ल्हु संघ युकेले यही डिसेम्बर ३० मा लन्डनस्थित हेरो लेजर सेन्टरमा धार्मिक पुजापाठ, आशिष र प्हैरु ग्रहणसहित सम्मान र साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ ।
यस्तै तमू प्ये ल्हु संघ हङकङ शाखाले जनवरी ०१ मा तमू पुरोहितहरुबाट पुजापाठसहित साँस्कृतिक कार्यक्रम र बिबिक्यु कार्यक्रम गरि ल्हु ल्होसार मनाउन लागेको हो ।
यस्तै तमू प्ये ल्हु संघ अमेरिकाले जनवरी ३ तारिखमा पुरोहितलाई अमन्त्रण गरि ल्हु ल्होसार कार्यक्रम धुमधामका साथ मनाउन लागेको हो ।
यस्तै जनवरी ०९ तारिखमा तमू प्ये ल्हु संघ कतारले पनि ल्हु ल्होसार विशेष कार्यक्रम आयोजना गर्न लागेको छ । नेपालबाट मानवशास्त्रीका विद्यार्थी पच्यु पैडी पोल वहादुर तमू, पत्रकार देवीजंग तमू र तमू प्ये ल्हु संघका संरक्षक हरिमाया तमू कतार कार्यक्रममा सहभागि हुने भएको छ ।
यस्तै तमू प्ये ल्हु संघ इजरायलले पनि ल्हु ल्होसार मनाउने भएको छ । इजरायल शाखाले पनि जनवरी २ तारिखमा तेल अबिबस्थित लेबन्दमा विविध साँस्कृतिक कार्यक्रम सहित परिचयात्मक कार्यक्रम गरि ल्हु ल्होसार मनाउन लागेको हो ।
यस्तै तमू प्ये ल्हु संघ कुवेत शाखाले पनि जनवरी ०९ तारिखका दिन कुवेतको अबिशियास्थित इन्डिया हाई ड्युउ रेष्टुरेण्टमा तमू पुरोहितबाट पुजापाठ सहित साँस्कृतिक कार्यक्रम आयोजना गरि ल्हु ल्होसार भब्य र सभ्य तरिकाले मनाउन लागेको हो ।
यस्तै गरि तमू प्ये ल्हु संघ युएई शाखा र तमू समाज युएइको संयुक्त आयोजनामा जनवरी ०९ मा ल्हु ल्होसार कार्यक्रम धुमधामका साथ मनाउन लागेको छ

Posted by Unknown on 5:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरामा ल्होसार विशेष कार्यक्रम गरि मनाउदै, देश तथा विदेशमा कार्यक्रमहरु हुदै"

Leave a reply