|

ताङतिङ गाउँ तोँती क्होँइपो निर्माणको लागि थप एक परिवारबाट जग्गादान निर्माण कार्य सूरु

तोँती क्होँइपो निर्माणको लागि थप एक परिवारबाट जग्गादान, निर्माण कार्य सूरु, ताङतिङवासीको सक्रिय सहभागिता
देवीजंग तमू
ताङतिङ, १३  पौष
तमूहरुको ऐतिहासिक एवम् साँस्कृतिक पर्यटकिय गाउँ ताङतिङमा निर्माण हुन लागेको ताँती क्होँइपोको लागि थप एक परिवारले जग्गादान गर्नुभएको छ ।
कास्की जिल्ला नामार्जुङ गाविसस्थित ताङतिङको क्यादुक्रफीमा निर्माण हुन लागेको तमूहरुको मौलिक धरोहरको केन्द« क्होँइपोको लागि वडा नम्वर ०४ निवासी शंकरको आमा माया कोने तमूले उहाँका श्रीमान् स्व. उमर वहादुर लेम तमूको स्मृतिमा जग्गादान गर्नुभएको हो । क्होँइपो निर्माणस्थलसंगै जोडेर रहेको जग्गालाई क्होँइपो निर्माणको लागि दान गर्नुभएको निर्माण समितिका अध्यक्ष यम वहादुर तमूले जानकारी दिनुभयो ।
यसअघि ताङतिङ वडा नम्वर २ का तिल माया प्ल्हेँ तमु र जगत माया प्ल्हेँ तमुले बाबा स्व. भाद«सिं प्ल्हेँ तमु र आमा स्व. केशरी ल्हेगे तमुको स्मृतिमा, डम्वर सिं प्ल्हेँ तमु र छोरी कुमारी प्ल्हेँ तमु र बुहारी निर्मला क्रोम्छै तमुले बाबा स्व सुल वहादुर प्ल्हेँ तमु र आमा विभा ल्हेगे तमुको नाममा जग्गादान गर्नुभएको हो भने उमर प्ल्हेँ तमु, तर्कु तमु र छोरी किर सुबा प्ल्हेँ तमुले बाबा स्व मिरु प्ल्हेँ तमु र आमा लेडे क्रोम्छै तमुको नाममा जग्गादान गर्नुभएको हो । उहाँहरु तीन परिवारबाट क्होँइपो निर्माणको लागि आफ्ना बाबा आमाको नाममा करिव ५ लाख वरावरको जग्गादान गरीसक्नुभएको छ ।
यसैवीच प्रस्तावित क्होँइपो निर्माणस्थलमा गत पौष १० गतेबाट जग्गा सम्याउने काम सुरु भएको छ । ताङतिङ क्होँइपो निर्माणस्थल सम्याउने कार्यमा ताङतिङवासी सवैको सक्रिय सहभागिता रहेको छ । नामार्जुङ गाविस अन्तर्गत वडा नम्वर १ देखि ५ सम्मा रहेको ताङतिङमा शनिवारसम्मा, वडा नम्वर ३ कोने थर, वडा नम्वर ४ गैरीथरले वडा श्रमदान गरीसकेको छ भने हिजो  शनिवार वडा नम्वर वडा नम्वर २ क्रमैथरले श्रमदान गरिरहेकोथियो भने आज वडा नम्वर १  कज्मै  थर बाट श्रमदान गरिएको निर्माण समितिले जनाएको छ ।
ताङतिङको गाउँमाथि क्यादुक्रफी ठाउँमा बन्न लागेको क्होँइवोबाट अन्नपूर्ण हिमश्रृखला देख्नुको साथै वरीपरीका सिक्लेस, पार्चे, खिलाङ, चिप्ली र तप्राङ लगायतका गाउँहरु सजिलै देख्न सकिन्छ । साथै उक्त ठाउँबाट उक्त क्होँइवो निर्माणस्थललाई सजिलै देख्न सकिन्छ ।

तमुहरुको अन्तिम राज्यको रुपमा रहेको क्होला सोँथरपनि यस गाउँकै क्षेत्रमा पर्ने भएकोले ताङतिङमा बन्ने क्होँइवो धीँको विशेष महत्व हुने विश्वास स्थानीय ताङतिङवासीले गरेका छन् । इतिहास अनुसार क्होँइवोमा पच्यु, ल्हेपृ र वोन्पो लमहरुले आफ्नो प्ये अध्ययन र तालिमका लागि प्रयोग गरेको पाइन्छ भने सम्पुर्ण तमुहरुले क्होँइवो धिँलाई आफ्नो खेकीको घर सम्झीन्छ र समाजमा आइपरेका कर्मकाण्डहरुको सहजीकरण समाजका अगुवा र खेकीहरु बसेर सोही क्होँइवो धीँमा गर्ने गरीन्छ


Posted by Unknown on 4:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ताङतिङ गाउँ तोँती क्होँइपो निर्माणको लागि थप एक परिवारबाट जग्गादान निर्माण कार्य सूरु "

Leave a reply