|

इजरायलको राजधानी तेलाविवमा तमु ल्होसार भब्यारुपमा सम्पन्न |

इजरायलको राजधानी तेलाविवमा तमु ल्होसार भब्यारुपमा सम्पन्न

दिपेन गुरुङ - तमु प्ये ल्हु संघ इजरायल,

'प्ये म्हास्य छ्य म्हमु ,छ्य म्हास्य ल्हु म्हमु ,ल्हु म्हास्य म्ही म्हमु'''तमु प्ये ल्हु संघ इस्रेयलको अयोजना गरेको ल्हु ल्होसार भब्य ,शब्य रुपले ०२ जनवरी २०१५ शुक्रबार लेबन्दा ३२ तेलाविव, इजरायलमा सम्पन्न भएको छ | सो समारोह प्रमुख अथिति को असन ग्रहण नेपाली राजदुताबासका सचार्य कमल प्रसाद कोइरालाले ज्यु ले गर्नु भएको थियो |बिशेस अथिति नारी आवाजका अध्यक्ष नेहा तमुस्यो हुनुहुन्थ्यो भने विभिन्न संघ सस्थाका प्रतिनिधि तथा तमु मौलिक धर्म लाई अगाल्ने तमु समुदाय को ठुलै जमघट थियो |सो कार्यक्रम तमु प्ये ल्हु संघ इस्रेयलका महासचिव दिपेन तमु ले संचालन संचालन गर्नु भएको थियो ,भने कार्यक्रममा स्वागत मन्तब्य सल्लाहकार बिमल तमुले गर्नु भएको थियो |कार्यक्रममा प्रमुख अथिति नेपाली राजदुता बासका सचार्य कमल कोइराला ज्यु ले शुभकामना सहित मन्तब्य दिनु भएको थियो |बिशेस अथिति नेहा तमुस्यो ले तमु प्ये ल्हु इजरेयलको स्थापना हुनु को पछाडिका कारण प्रस्ट पर्नु भएको थियो |

त्यसै गरि तमु प्ये ल्हु संघका सदस्य उमा तमुस्योले तमु प्ये ल्हु संघले गरेको सामाजिक कार्य हरुको बारेमा प्रस्ट पर्नु भएको थियो |तमु प्ये ल्हु इज्रेयलका उपाध्यक्ष् सबिता तमुस्यो रुपाले पैरु(रुपा ) ल्हु ल्हो का सल्लाहकर बिमल तमु लाई लगाई दिनु भइ ल्हु ल्हो लाई स्वागत गर्नु भएको थियो |एक बर्षको अन्तरलमा सहयोग गर्नु हुने इस्रेयल बाशी तमु तथा नेपाली हरु लाई प्रमुख अथिति नेपाली राजदुताबासका साचार्य श्री कमल प्रसाद कोइराला ज्यु तथा बिसेष अथिति नेहा तमुस्यो ज्यु बाट सम्मान स्वरुप प्रमाणपत्र हस्तान्तरण गरिएको थियो |सभाको अध्यक्षता तमु प्ये ल्हु संघ इजरेयलका अध्यक्ष् निर्मला तमुस्योले गर्नु भएको थियो |कार्यक्रममा भिबिन्न कलाकार बाट गुरुंग नृत्य ,तथा नेपाली नृत्य हरु प्रस्तुत गर्नु भएको थियो |यसरि इस्रेयालमा ल्हु ल्होसार लाई स्वागत तथा त ल्हो लाई बिधाई गरि ल्होसार २०७१ सम्पन्न गरियो |

तमु प्ये ल्हु संघ इजरायल

Posted by Unknown on 10:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इजरायलको राजधानी तेलाविवमा तमु ल्होसार भब्यारुपमा सम्पन्न |"

Leave a reply