|

युएई आबुधबिमा भोलि हुने तमु ल्होसारको अन्तिम तयारी |

 युएई आबुधबिमा भोलि हुने तमु ल्होसारको अन्तिम तयारी
 आबुधाबी, पुस २४ – जनवरी ९ मा आबुधबिमा हुने तमु ल्होसारमा आफ्नो प्रस्तुतिका लागि चर्चित लोक गायक प्रजापति पराजुली यूएई आइपुगेका छन् ।

तमु समाज र तमु प्ये ल्हु संघ यूएईको संयुक्त आयोजनामा हुन गइरहेको “ल्हु ल्होसार” मा आफ्नो सांगीतिक कोशेली पस्कनका लागि पराजुली हिजो  बुधबार यूएई आइपुगेका हुन् । तमु समाजका संरक्षक यम तमु तथा तमु प्ये ल्हु संघ युएईका कोष- अध्यक्ष ओम बहादुर  तमु , महासचिब  मुक्ति तु तमु लगायत  समाजका अन्य सदस्यहरुले बिमानस्थलमा पुगी उनको स्वागत गरेका थिए । कार्यक्रममा आफ्नो प्रतिभा देखाउनका लागि रजनी तमुस्यो र सबिन तमु यस अघि नै यूएई आइसकेका छन् ।


नेपाली लोक सांगीतिक क्षेत्रमा निकै प्रशंसा बटुलीसकेका गायक पराजुलीले बिभिन्न लोक भाकाहरुलाई शुक्रवार दर्शकसामु प्रस्तुत गर्नेछन । साथमा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति समेटिएको कार्यक्रमका ब्यबस्थापन प्रमुख गुन्जमान गुरुङले बताएका छन् । तमु जातीको नयाँ बर्ष (पुष १५) को अवसरमा तमु समाजले सधैं झैं यस बर्ष पनि बिबिध कार्यक्रम सहित तमु ल्होसार मनाउन लागेको हो ।

यूएईमा रहेका तमु समुदायले बिशेष पर्वहरुमा तमुहरुको संस्कृति झल्कने खालका कार्यक्रमहरु गर्दै आइरहेका छन् । सोहि सिलसिलामा जनवरी ९ , शुक्रवारका दिन आबुधबिमा “ल्हु ल्होसार” मनाउन लागिएको हो । आबुधबिको एयरपोर्ट रोडको अल नाहदा गर्ल्स स्कुलको सभा हलमा आयोजना हुने उक्त सांस्कृतिक कार्यक्रममा झन्डै १५०० दर्शकहरुको सहभागिता रहने आयोजकले दाबी गरेका छन् । कार्यक्रममा यूएईका लागि नेपाली राजदुत धनन्जय झाको समेत उपस्थिति रहने बुझिएको छ ।

Posted by Unknown on 5:08 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएई आबुधबिमा भोलि हुने तमु ल्होसारको अन्तिम तयारी |"

Leave a reply