|

मिर्गौलापिडित ताँङतिङ गाउँकी श्रीमती डिलमाया गुरुङलाइ UK युके बाट आर्थिक सहायोग |

मिर्गौलापिडित डिलमाया गुरुङको सहयागार्थ ११ लाख रुपैया संकलन, युकेबाट करिव १ लाख सहयोग
देवीजंग तमू,
पोखरा, ०२ फाल्गुन
मिर्गौलापिडित डिलमाया गुरुङको मिर्गौला प्रत्यारोपणका लागि हालसम्मा ११ लाख रुपैया संकलन भएको छ ।
कास्कीको नामार्जुङ गा.वि.स वडा नम्वर ३ ताङतिङका मिर्गौलापिडित डिलमायाको मिर्गौला प्रत्यारोपणको लागि देश विदेशबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले हालसम्मा करिव ११ लाख रुपैया सहयोग गरिसक्नुभएकोे आर्थिक संकलन समितिका अध्यक्ष हेम प्रसाद गुरुङले जानकारी दिनुभयो ।
यसैवीच मिर्गौलापिडित डिलमाया गुरुङलाई युकेबाट पनि सहयोग प्राप्त भएको छ । युकेमा पदम माया गुरुङ ( कौउस्योको पाते ) को संयोजकत्वमा बुद्ध आमा समूह लण्डनका अध्यक्ष कमला गुरुङ, तमू धि लण्डनका सल्लाहकार नारायण प्रसाद गुरुङ र उहाँकी श्रीमती युवा कुमारी गुरुङ र झारमाया गुरुङ लगायतका व्यक्ति तथा युकेका संघसंस्थाहरुबाट डिलमायाको उपचारको लागि ९५ हजार तीन सय रुपैया सहयोग प्राप्त भएको सचिव भोज गुरुङले जानकारी दिनुभयो ।

पोखराको गण्डकी मेडिकल कलेज नयाँबजारमा डायलोसिस गरिरहनुभएका गुरुङको मिर्गौला प्रत्यारोपणको लागि धेरै खर्च लाग्ने र पारिवरिक आर्थिक अवस्था पनि कमजोर रहेकोले सवैसंग आर्थिक सहयोगको लागि समितिले आग्रह गरेको छ ।
पिडित गुरुङलाई आर्थिक संकलन समितिका कोषाध्यक्ष सुवेदार पिरसिं गुरुङको नाममा पोखराको कैलाश विकास वैँक भद«काली शाखाको खाता नम्वर ०१४००००३२६०६ बाट पनि आर्थिक सहयोग गर्न सकिने समितिले जनाएको छ 

Posted by Unknown on 9:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मिर्गौलापिडित ताँङतिङ गाउँकी श्रीमती डिलमाया गुरुङलाइ UK युके बाट आर्थिक सहायोग |"

Leave a reply