|

ताङतिङ क्होँइपोलाई बेल्जियबाट प्रेम प्ल्हेँ तमू र श्रीमती पवित्र क्रोम्छै तमूले ५५ हजार रुपैया सहयोग |

ताङतिङ क्होँइपोलाई बेल्जियबाट प्रेम प्ल्हेँ तमू र श्रीमती पवित्र क्रोम्छै तमूले ५५ हजार रुपैया सहयोग
देवीजंग तमू:पोखरा
कास्कीको ताङतिङमा निर्माणाधिन ताङतिङ क्होँइपोका लागि देश तथा विदेशबाट निरन्तर रुपमा आर्थिक सहयोग प्राप्त भइरहेको छ । एकातिर तमू समूदायका व्यक्ति महानुभावहरुले आफ्नो पूरानो इतिहास बोकेको संस्कार, संस्कृति, रितिथिति संरक्षण, संवद्र्धन गर्न ब्यक्ति तथा संघसंस्था विशेषहरुबाट आर्थिक, भौतिक, वौद्धिक रुपले सहयोग गरिरहनुभएको छ भने यो संगसंगै अर्कोतर्फ यसै अभियानलाई सार्थकता पार्न तमू गाउँ गाउँहरुमा तमू समुदायको साझा र पवित्र घर क्होँइपो निर्माणका कार्यहरु तिव्र पारिरहेको छ । चाहे देशभित्र हुन् या वाहिर हुन् हरेक क्षेत्रहरुमा जे जस्तो कार्यव्यस्तता भइरहेता पनि व्यस्त समयबाट केहि समय निकालेर र दैनिक घरखर्चको जोहोबाट केहि रकम छुट्याएर पवित्र क्होँइपो निर्माणका लागि सहयोगहरु प्राप्त भएको हो ।
यसै शिलशिलामा कास्कीको ताङतिङ पुरानो घर र हाल पोखरा घर भई बेल्जियमा कार्यरत श्री प्रेम प्ल्हेँ तमू र श्रीमती पवित्र क्रोम्छै तमूले ताङतिङ क्होँइपो निर्माणका लागि ५५ हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । ताङतिङ युवा क्लवका पूर्व सदस्यसमेत रहनुभएका प्रेम प्ल्हेँ तमू र उहाँका परिवारले ताङतिङमा वन्दै गरेको क्होँइपोको लागि उक्त रकम सहयोग गर्नुभएको हो । जातियता मौलिकताको संरक्षण प्रवद्र्धनका लागि यहाँको परिवारले गर्नुभएको सहयोगप्रति ताङतिङ क्होँइपो निर्माण समिति र आर्थिक संकलन समिति हार्दिक आभार प्रकट गर्दछ । यहाँहरुलाई सदैव हाम्रा परम पितृहरुले रक्षा गरुन् यहि कामना ।

Posted by Unknown on 6:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ताङतिङ क्होँइपोलाई बेल्जियबाट प्रेम प्ल्हेँ तमू र श्रीमती पवित्र क्रोम्छै तमूले ५५ हजार रुपैया सहयोग |"

Leave a reply