ताङतिङ गाउँ क्होइबो निर्माण समितिलाई रकम हस्तान्तरण
ताङतिङ क्होइबो निर्माण समितिलाई रकम हस्तान्तरण
देवीजंग तमू कास्की पोखारा
कास्कीको ऐतिहासिक गाउँ ताङतिङमा निर्माणाधिन क्वोइबो निर्माणको लागि
हालसम्मा संकलित ६ लाख २५ हजार रुपैया क्वोइबो निर्माण समितिलाई एक
समारोहवीच हस्तान्तरण गरिएको छ ।
देश तथा विदेशबाट विभिन्न ब्यक्ति तथा संघसंस्था विशेषहरुबाट क्वोइबो
निर्माणको लागि हालसम्मा संकलित ६ लाख २५ हजार ७ सय १ रुपैया ताङतिङ
क्होइबो निर्माण समतिका अन्तराष्ट्रिय आर्थिक संकलन समितिका संयोजक
एक्काजंग प्ल्हेँ तमू, तमू प्ये ल्हु संघ युएईका संस्थापक उपाध्यक्ष ओम
प्हच्यु तमूले क्होइबो निर्माण समितिका अध्यक्ष यम वहादुर टु तमू र
कोषाध्यक्ष प्रसाद ल्हेगेँ तमूलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको
थियो ।
क्वोइबो निर्माण समितिलाई हालसम्मा दुवई, हङकङ, कुवेत, युके, कतार,
अष्ट्रेलिया, स्पेन, बेल्जियम, इजरायल, बु्रनाई, साउदी अरब, बराइन,
अमेरिका लगायतका देशहरुबाट व्यक्ति तथा संघसंस्था विशेषहरुबाट आर्थिक
सहयोगहरु आउने क्रम जारी छ । साथै अन्य देशहरुबाट पनि आर्थिक सहयोग आउने
अन्तराष्ट्रिय संयोजक तमूले जानकारी दिनुभयो ।
नामार्जुङ गाविस वडा नम्वर ४ स्थित क्यादुक्रफिमा निर्माणाधिन क्वोइबोको
लागि जग्गा सम्याउने कार्य सम्पन्न भइसकेको छ । ताङतिङका वडा १ देखि ५
सम्माका वडावासीहरुको जनश्रमदानबाट जग्गा सम्याउने कार्य सम्पन्न भएको हो
। हालसम्मा श्रमदान करिव ५ लाख बराबरको भइसकेको क्वोइबो निर्माण समितिका
सविच एवम भूपू शिक्षक श्रीप्रसाद कोन तमूले जानकारी दिनुभयो ।
क्वोइबो निर्माण समितिका अध्यक्ष यम वहादुर टु तमूको अध्यक्षतामा भएको
कार्यक्रममा अन्तराष्ट्रिय आर्थिक संकलन संयोजक एक्काजंग प्ल्हेँ तमू,
तमू प्ये ल्हु संघ युएईका संस्थापक उपाध्यक्ष ओम प्हच्यु तमू, चोकी चिवा
विर्खराज पैगीलम तमू लगायतले क्वोइबो निर्माणमा सहयोगको लागि सवैसंग
आग्रह गर्नुभयो ।
कार्यक्रमलाई क्होइबो निर्माण समितिका सह सचिव थमन प्हच्यु तमूले संचालन
गर्नुभएको थियो ।