|

भुकम्पपिडित उपचारको लागि तमू प्ये ल्हु संघ हङकङ शाखाद्धारा करिव ३० लाखको औषाधि सामाग्री सहयोग

भुकम्पपिडितको उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिया अस्पताललाई तमू प्ये ल्हु संघ हङकङ शाखाद्धारा करिव ३० लाखको औषाधि सामाग्री सहयोग
देवीजंग तमू- पोखरा, ५ जेठ,
गत बैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पबाट घाइते भई पश्चिमाञ्चल क्षेत्रिया अस्पताल पोखरामा उपचार गरिरहनुभएका घाइतेहरुको उपचारको लागि तमू प्ये ल्हु संघ हङकङ शाखाले करिव ३० लाख बरावरको स्वास्थ्य उपचार सामाग्री र औषाधि सहयोग गरेको छ ।
तमू प्ये ल्हु संघ हङकङ शाखाको सक्रियतामा भुकम्पबाट घाइते भई अस्पतालमा उपचार गरिरहनुभएका घाइतेहरुको उपचारको लागि संकलित ३० लाख वरावरको उपचार सामाग्री र औषाधि मंगलवार एक समारोहवीच तमू प्ये ल्हु संघ केन्दि«य समिति अन्तर्गत गठित भुकम्पपिडित राहत सामाग्री संकलन तथा वितरण समितिले पश्चिमाञ्चल क्षेत्रिया प्रशासक दिनेश कुमार थपलियामार्फत पश्चिमाञ्चल अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो ।

उक्त उपचार सामाग्री तमू प्ये ल्हु संघ केन्दि«य समितिका अध्यक्ष क्याप्टेन रुप वहादुर तमू, भुकम्पपिडित राहत सामाग्री संकलन तथा वितरण समितिका संयोजक हितकाजी तमूले क्षेत्रिया प्रशासक दिनेश कुमार थपलियामार्फत पश्चिमाञ्चल क्षेत्रिया अस्पतालका प्रमुख सुपरिटेण्डेण श्रीकृष्ण श्रेष्ठ र अस्पताल विकासका अध्यक्ष रामनाथ अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।
यसैवीच क्षेत्रिया प्रशासक दिनेश कुमार थपलियाले भुकम्प प्रभावित क्षेत्रहरुमा सरकारले सोचेअनुरुप राहत सामाग्री पु¥याउन नसकेको वताउनुभएको छ ।

प्रशासक थपलियाले भुकम्प प्रभावित आधिकाँश जिल्लाका गाविसहरुमा सरकार तथा अन्य सहयोगी संघसंस्थाहरु सोचेअनुरुप राहत सामाग्री पु¥याउन नसकेको स्वीकार्दै गोरखाका १२/१३ गाविससहित लमजुङ पूर्वी भेगका इलामपोखरी, दुधपोखरी, कोल्की र पाचोक गा.वि.सहरु पनि सरकारी तथा गैरसरकारी निकायहरुले सहयोग गर्नुपर्ने वताउनुभयो । सरकारले मिहेनत गर्दागर्दै पनि सुविधा सम्पन्न ठाउँहरुमा स्थानियाहरुको वलले र कतिपय ठाउँमा सरकारको वलले राहत पुग्न नसकेको वताउदै अवका दिनमा तमू प्ये ल्हु संघले उल्लेखित ठाउँहरुमा सहयोग गर्नुपर्ने वताउनुभयो ।

सरकार अहिले भुकम्प प्रभावित क्षेत्रहरुमा गई भत्केका संरचनाहरुको पुर्ननिर्माण र पुर्नस्थापनामा जुटिरहेको प्रशासक थपलियाले वताउनुभयो । प्रशासक थपलियाले देशमा परेको यो विपदको वेला सुरक्षाकर्मि, स्वास्थ्यकर्मी र समाजसेवी एवम् सहयोगी संघसंस्थाहरुले अत्यन्त सहयोगी भावनाले सहयोग गरिरहेको वताउदै देश तथा विदेशमा रहेका सवैलाई सहयोगको लागि आग्रह समेत गर्नुभयो । तमू प्ये ल्हु संघ भुकम्प राहत संकलन तथा वितरण समितिका संयोजक हितकाजी तमूको अध्यक्षता र क्षेत्रिया प्रशासक दिनेश थपलियाको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त औषाधि सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, पश्चिमाञ्चल क्षेत्रिया अस्पतालका प्रमुख सुपरिटेण्डेण डा श्रीकृष्ण श्रेष्ठ, अस्पताल विकास समितिका अध्यक्ष रामनाथ अधिकारी, राहत संकलन तथा वितरण समितिका उपसंयोजक भिम तमू र सचिव ओम वहादुर तमू लगायतले भुकम्पपिडितहरुको लागि हङकङ शाखाबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए । यसअघि तमू प्ये ल्हु संघले सरकारसंग समन्वय गरी गोरखामा करिव २ लाख वरावरको राहत सामाग्री पठाउनुका साथै भुकम्पबाट घाइते भई पोखराका अस्पतालहरुमा उपचार गरिरहनुभएका घाइतेहरुलाई भोजनको व्यवस्था समेत गरीसकेको छ ।

Posted by Unknown on 7:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भुकम्पपिडित उपचारको लागि तमू प्ये ल्हु संघ हङकङ शाखाद्धारा करिव ३० लाखको औषाधि सामाग्री सहयोग"

Leave a reply