|

तमु समाज युएई तथा तमु प्ये ल्हु संघ युएई बाट भुकम्पपिडित लाइ ५ लाख ३३ हजार सहयोग

भुकम्पपिडित राहत संकलन तथा व्यवस्थापन समिति युएईबाट पनि भुकम्पपिडितलाई ५ लाख ३३ हजारको राहत सामाग्री सहयोग
देवीजंग तमू
पाृखरा, १२ जेठ

विनाशकारी भुकम्पबाट प्रभावितहरुलाई लक्षित गरि युएईमा गठित भुकम्पपिडित राहत संकलन तथा व्यवस्थापन समितिले संकलित ५ लाख ३३ हजार ७ रुपैयाको राहत सामाग्री एक समारोहवीच हालै तमू प्ये ल्हु संघ केन्दि«य समितिलाई प्राप्त भएको छ ।

भुकम्पपिडितहरुलाई राहत सामाग्री वितरण तथा भोजनदान गर्दै आएको तमू प्ये ल्हु संघ केन्दि«य समितिलाई युएईमा तमू प्ये ल्हु संघ युएई शाखा र तमू समाज युएईको संयोजत्वमा गठित भुकम्पपिडित राहत संकलन तथा व्यवस्थापन समितिले तमू प्ये ल्हु संघ केन्दि«य समितिलाई हस्तान्तरण गरेको हो ।

दुवै समितिको संयुक्त वैठकले भिम तमू सविनयको संयोजकत्वमा संकलन समिति बनाई संकलित ५ लाख ३३ हजार ७ रुपैया वरावरको राहत सामाग्री तमू प्ये ल्हु संघ युएईका अध्यक्ष मुक्ति तमू, संघका भूपु सचिव रश्मि तमू र क्षेत्रिय तमू समाज अवुधावीका भूपु सल्लाकार गुञ्जमान तमूले प्ये ल्हु संघ केन्दि«य समितिका अध्यक्ष क्याप्टेन रुप वहादुर तमू र राहत संकलन तथा व्यवस्थापन समितिका संयोजक हितकाजी तमूलाई हस्तान्तरण गर्नुभएको हो ।प्ये ल्हु संघ केन्दि«य समितिले उक्त राहत सामाग्री लमजुङ र गोरखा जिल्लाको भुकम्प प्रभावित क्षेत्रहरुमा वितरण गरिने भएको छ । पूर्वी लमजुङको पाचोक, कोल्की, दुधपोखरी, इलामपोखरी र बिचौरी र गोरखा जिल्लाको आरु आर्बाङ लगायतका प्रभावित क्षेत्रहरुमा वितरण गरिने केन्दि«य समितिले जानकारी दिएको छ ।


समितिका सचिव ईशानी तमू र अमृत तमूले ४ हजार २ सय ९ डिराम, सल्लाहकार टक तमूले २ हजार डिराम, उहाँकै सक्रियतामा थप २ हजार ९ सय डिराम, सदस्य उषा तमूले शारजाहबाट ४ सय ८० डिराम, सदस्य रमेश तमूले अजमानबाट १ हजार डिराम, गंगा तमूको पहलमा १ हजार ३ सय २५ डिराम र संयोजक भिम तमूको पहलमा अल तजिर ग्लास कम्पनिबाट ७ हजार ३ सय ९१ डिराम, एक्काजंग तमूको पहलमा १ हजार १ सय २० डिराम र भुुपु कर्णेल सुबिराज तमूले व्यक्तिगत नेपाली २५ हजार गरि ५ लाख ३३ हजार ७ रुपैया संकलन भएको थियो । उक्त संकलित रकम बरावरको राहत सामाग्री प्ये ल्हु संघ केन्दि«य समितिलाई तमू प्ये ल्हु संघ युएईका अध्यक्ष मुक्ति तमू, संघका भूपु सचिव रश्मी तमू र क्षेत्रिय तमू समाज अवुधावीका भूपु सल्लाहकार गुञ्जमान तमूले हस्तान्तरण गर्नुभएको हो ।
 फोटो -मणि गुरुङ तमु प्ये ल्हु संघ नेपाल पोखरा
  फोटो -मणि गुरुङ तमु प्ये ल्हु संघ नेपाल पोखरा
  फोटो -मणि गुरुङ तमु प्ये ल्हु संघ नेपाल पोखरा
  फोटो -मणि गुरुङ तमु प्ये ल्हु संघ  नेपाल पोखरा

 फोटो -मणि गुरुङ तमु प्ये ल्हु संघ नेपाल पोखरा

Posted by Unknown on 10:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तमु समाज युएई तथा तमु प्ये ल्हु संघ युएई बाट भुकम्पपिडित लाइ ५ लाख ३३ हजार सहयोग"

Leave a reply