कास्की नामार्जुङ गा.वि स ताँङतिङ गाउँमा भुकम्प पिडित प्रवाभितहरुलाई राहत वितरण
कास्की नामार्जुङ गा. वि .स ताँङतिङ गाउँमा भुकम्प पिडित प्रवाभितहरुलाई राहत वितरण
थमन तमु ,ताँङतिङ
जेठ १३ गते,
गत महिना अर्थात २०६२ वैशाख १२ गते आएको बिनाशकारी भुकम्पको कारण शुरूवात देखि अहिलेसम्म देशभर ती दुखिरहेका घाउहरुमा मलम लगाउने विभिन्न संघसंस्था तथा राज्य क्षेत्रबाट राहत पुरयाउने प्रयासमा कार्य निरन्तर चलिरहेको छ । यसै क्रम संगै कास्की जिल्लाको उत्तरपूर्वी दिशामा पर्ने नामार्जुङ गा वि स मा आज एक कार्यक्रमका विच राहत वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय पोखरा कास्कीको समन्वय र यस क्षेत्रका वुद्दिजिवि तथा सर्वसाधारणको उपस्थितिमा आज नामार्जुङ गा वि स कास्कीको वडा न: ६ मा पर्ने सेतिखोला ( तल्लो बेसि ) मा भुकम्प बाट पुर्ण या आंशिक रुपमा क्षति भइ यसवाट पीडित परिवारले केही आर्थिक राहत वुझेकाछन । पीडित परिवार अन्तर्गत दिइएको तथ्यांक अनुसन्धान अनुसार वडा १ देखि ५ सम्मा तङ्तिङ गाउँमा ४१ घर, वडा ६ देखि ७ सेतिखोला र रोय गाउँमा ७ घर र वडा ८ देखि ९ घ्याम्रङ गाउँमा १९ घर गरि जम्मा ६७ घर धुरी रहेकाछन भने ११ घर धुरी पुर्ण रुपले क्षेति र ६५ घर अंशिक रूपमा क्षति भएको थियो। प्रारम्भिक आर्थिक राहत मध्ये पुर्ण रुपले क्षति भएको प्रति घर धुरिले रु ५०००/ र अंशिक क्षति भएका प्रति घर धुरिले रु ३०००/ सरकारी राहत कोषबाट पाएकाछन।
स्मरण रहोस यो भन्दा पहिला अर्थात् वैशाख १७ गते यस गा. वि.स. का सचीव शिव प्रसाद, हिमालय मिलन मा.वि. ताङ्तिङ का प्र.अ. समाजसेवी एवं वुद्दिजिवी ओम प्रकाश गुरुङ, नारायण प्रा. वि. रोयका प्र.अ. दशरथ सापकोटा लगायतका व्यक्तित्वहरुको संयुक्त समन्वयमा कास्की जिल्ला रेडक्रस शाखा पोखराको सहयोगमा वडा १ देखि ५ सम्मा ६ वटा, वडा ६ र ७ मा ३ वटा र वडा ८ र ९ मा ३ वटा गरि जम्मा १२ वटा पाल साथै नेपालमा विगत केही समय देखि निरन्तर सक्रिय रहेका NGO संस्था NAMASTE KOREA ले ७ वटा पाल गरि जम्मा १९ पाल वितरण गरिसकेकोछ । क्षतिको विवरण टिपोट कार्यक्रममा यस क्षेत्रमा क्षति भएका समाजघर तथा स्कुलहरुको नाम परेतापनि यो चरणको राहतको लागि कुनै रकम छुट्याइएकोछैन भने फेरि छिट्टै अर्को चरणको राहतको लगि जस्ता पाताको वितरण गर्ने कुरा सम्वन्धित राहत वितरणमा सम्मिलित सदस्यले जानकारी दिनुभयो