|

लमजुङमा तमू पे ल्हु संघको तदर्थ समिति गठन |

आश गुरुङ ,लमजुङ
बेसिसहार, 

लमजुङमा तमू पे ल्हु संघको तदर्थ समिति गठन
लमजुङमा पहिलोपटक जिल्लास्तरीय तमू पे ल्हु संघको तदर्थ समिति गठन गरिएको छ । तमू जातिको कला, संस्कार र स(ंस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि पे ल्हु संघको तदर्थ समिति गठन गरिएको हो ।
बेसीशहरमा शनिबार भएको एक भेलाले ४ सदस्य पछि थप गर्ने गरि १३ सदस्यीय समिति समिति गठन गरिएको छ । समितिका पदाधिकारी यसप्रकार छन् । 



अध्यक्ष–क्याप्टेन मिलबहादुर चोर्मी तमू
उपाध्यक्ष–कुमबहादुर थोर्जे तमू
सचिव–मनमाया टु घ्याप्रे तमूस्यो
कोषाध्यक्ष–रिनुमाया टु घ्याप्रे तमूस्यो
सदस्यहरुः–
सुवेदार पूर्णसिंह फ्लेमे तमू
खम्बसिंह टु घ्याप्रे तमू
नरेन्द्र टु घ्याप्रे तमू
बकनसिंह क्यप्छे तमू
सुकबहादुर क्रोम्छे तमू
अनिलकुमार योज्मे तमू
गणेश क्यप्छे तमू
मनबहादुर फज्यु तमू
खुशी टु घ्याप्रे तमूस्यो

      फोटो -आश  गुरुङ
भेलामा जिल्लाका घ्याप्रे, पच्यु, बोन्पो लम, बुद्धिजीवि लगायतको उपस्थिति थियो । तमू पे ल्हु संघ युएई शाखाका अध्यक्ष मुक्ति टु घ्याप्रे तमूको अध्यक्षतामा गठन भएको समितिले बेसीशहरमा क्होइँबो धीँ निर्माणका लागि पहल थाल्ने भएको छ । यसका लागि युएई शाखाको सक्रियता, अगुवाई र समन्वयमा मात्रै ७ लाख रुपैयाँ संकलन भइसकेको तमू पे ल्हु संघ युएई शाखाका अध्यक्ष मुक्ति टु घ्याप्रे तमूले बताउनुभयो । गठित तदर्थ समितिले कानुनी मान्यता प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायमा संस्था दर्ता गर्ने भएको छ । यस्तै, जग्गाको खोजी गरि पे ल्हु संघको भवन निर्माणको तयारी समेत गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा नवगठित तमू पे ल्हु संघ लमजुङका अध्यक्ष क्याप्टेन मिलबहादुर चोर्मी तमूले तमू समुदायको भाषा, कला, संस्कार, संस्कृति एउटै भएको बताउनुभयो । गुरुङ समुदाय सर्व प्रकृतिका पुजारी रहेकाले सवैलाई आ–आफ्नो धर्मकर्ममा विश्वास गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा तमू पे ल्हू संघ केन्द्रीय युवा समिति पोखराका अध्यक्ष सृजना तमूस्योले तमू जातिले आफ्नो कला, संस्कार र संस्कृति भुल्न नहुने बताउनुभयो । कार्यक्रममा आशबीर तमू, तपल तमू लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन मनमाया टु घ्याप्रे तमूस्योले गर्नुभएको थियो । भेलाले खाजा ब्यवस्थापन गर्नुहुने नन्दबहादुर केप्छेँ तमू साथै कार्यक्रमस्थल इभरग्रीन पार्टी प्यालेसलाई धन्यावाद ज्ञापन गरेको छ ।


Posted by Unknown on 10:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लमजुङमा तमू पे ल्हु संघको तदर्थ समिति गठन |"

Leave a reply