कुवेतमा पिज्जा–बर्गर बनाउने गुरुङ ठिटो पोखरामा कुखुरा र बाख्रा स्याहार्दै
जेष्ठ २१ गते
कानमा मुन्द्रा, खैरो रंग दलेको चुल्ठे कपाल, पछिल्तिर फर्काएर लगाएको क्याप ! झट्ट हेर्दा चलन चल्तिको भाषामा भनिने ‘डन’ जस्ता लाग्छन् – पोखरा न्यूरोडका मनोज गुरुङ ।जाँघे र टिसर्ट भिरी खुट्टामा गमबुट लगाएर कुखुरा फर्ममा छिरेपछि एक छिन अघि उनका बारेमा बनाईएको मानक पुरै बदलिन्छ । कुखुरालाई चारो हाल्नु, अण्डा टिप्नु, सुली सोहोर्नु, के कति बेला के कस्तो औषधि हाल्ने हो त्यो सबै भाँती पुर्याएर फत्ते गर्नु उनको हालको दैनिकीको एक हिस्सा हो ।
कुखुरासंगबाट बचेको समयलाई उनले तरकारी खेतीमा लगाएका छन् । अझै समय उव्रे पछि त्यहि फार्ममा बाख्रा पनि पालेका छन् । कुखुरा र तरकारी ब्यवसायिक रुपमै गरिएको काम हो । बाख्रामा भने उनले विचार गर्दै छन् । केही समय पालेर हेरे पछि बल्ल ब्यवसायिक रुपमा गर्ने की नगर्ने निधोमा पुग्ने विचार छ ।पोखरा उपमहानगरपालिकाकै मान्द्रेढुङ्गामा बर्षको झण्डै एक लाख रुपैंया भाडामा लिएको आठ रोपनी जग्गामा उनले कुखुरा पालन र तरकारी खेति शुरु गरेका छन् । यो कामबाट उनले गरेको उन्नतीका कुरा केही बेरमा गरौंला अहिलेलाई अझै एक रोचक प्रसंग ।
…
बैदेशिक रोजगारीमा कुवेत बसेका गुरुङ्लाई कति अर्काको देशमा हड्डि खियाउने होला भन्ने कुराले सधैं पोलिरहन्थ्यो । देशमै केही गर्न पाए हुन्थ्यो नी भन्ने सोच्दा सोच्दै १२ बर्ष विते । नेपाल फर्केको बेला हरदम अव त अत्ति भो भन्ने सोचाई आईरहन्थ्यो ।
जे त गरौंला भनेर विदेश छोडेर देश फर्के । के गर्ने कसो गर्ने भन्दै भौतारिरहेको बेला अकस्मात एक दिन सित्तैंमा ब्यवसायिक तालिम लिन पाउने अवसरका बारेमा थाहा पाए । सोध्दै बुझ्दै पुगे नयाँ बजारमा रहेको जनहित ट्रेनिङ् एण्ड ट्रेडिङ्को कार्यालयमा । कुरा बुझे । तालिममा सहभागि हुने निधो गरे । फर्म भरे ।
अन्तर्वार्ताको दिन आयो । उनलाई लाग्छ, शायद आफ्नो गेटअपले नै होला संस्थाका मान्छेहरुले उनलाई पटक पटक सोधिरहे– साँच्चै तालिम लिने हो ? ‘एक त म लामो समय विदेश बसेर फर्केको त्यसमाथि मेरो लवाई र गेटअप अलिक फरकै छ । खेती किसानी गर्छु भन्दा उहाँहरुले पत्याउनु नै भएन’ गुरुङ् त्यो दिन सम्झँदै भन्छन्, ‘पहिला तालिम दिनुहोस् म आफ्नै देशमा केही गर्छु भनेर विश्वास दिलाउनै गाह्रो भो, बल्ल बल्ल उहाँहरुले मान्नु भो ।’
जनहितका प्रमुख दिलकाजी गुरुङ्ले पनि त्यो दिन भूलेका छैनन् । ‘देख्दा नै टिपटप केटो कसरी धुलोमैलोमा काम गरी खाला भनेर मैले नै पत्याईन नी’ गुरुङ् भन्छन् ‘तालिम दिनु अनी मेरो काम हेर्नु भनेर कर गरे पछि यो केटोले गरी खाला की नखाला भन्ने शंका गर्दै छनौट गरेको अहिले त उसको उन्नतीको कुरा गरी साध्य नै छैन ।’
…
१२ बर्ष कुवेत बसेर फर्केका मनोज गुरुङ्लाई हिजो आज विदेशको यात्रा सपनामा पनि आउँदैन । यसको एउटै कारण हो उनले आफ्नै घर गाउँमा बसेर गर्न थालेको कमाई ।एक त तालिम लिएपछि उद्यमशिल बन्नु पर्ने या काम गरी खानु पर्ने शर्त, अर्को आफैं केही गरी खानु पर्यो भन्ने सोच । त्यो भन्दा पनि चर्को कुरा तालिममा छनौट हुनु अघि संस्थाका मान्छेहरुलाई विश्वास दिलाएको कुरा । तँ आँट म पुर्याउँछु भने जस्तो यस अघिनै खुलेको तर गतिलो गरी चल्न नसकेको फर्म फेला पारे उनले । १२ लाख रुपैंयामा फर्म किने र ‘सोल्टी फर्म’ को नाममा सुरु गरे आफ्नै व्यवसाय । र, शुरु गरे कुखुरा पाल्न । अण्डा दिने कुखुरा हाले ।कति आफन्तले देश विदेश घुमेको केटोको रहर मात्रै हो भन्ने पनि ठाने । कतिले मुखै फोरेर गिज्ज्याए पनि । कुवेतमा हुँदा सफा ठाउँमा बसेर पिज्जा र बर्गर बनाउने मनोजलाई कुखुराको सुली र बाख्राको बड्कौंला सोहोर्न अनी माटोमा खनजोत गर्न त्यति सजिलो हुने छैन भन्ने आम बुझाई गलत पनि थिएन । तर यी सारा अड्कल त्यतिखेर फेल खाए जति खेर मनोज यही काममा रत्तिदैं गए । आर्थिक उपार्जन बढाउँदै गए ।
‘विदेश गएर भोगेपछि बल्ल थाह हुँदो रैछ आफ्नो परिश्रमको मूल्य र देशको मायाँ मनोज पुरा दार्शनिक पारामा खुल्दै गए, ‘परिवार टाढा हुँदाको पिडा कमाईले कहाँ भुल्न सकिंदो रहेछ र ?’
यहाँ काम गर्न लजाउने विदेश गएर जस्तो पनि काम गर्ने नेपालीको चलन उनले नजिकैबाट देखेका छन् । ‘विदेशमा त पैसा बोटमै फल्छ जस्तो सोच्छौं । ‘त्यति दुख यहाँ गर्ने हो भने त त्यहाँको भन्दा चौवर कमाई यही गर्न सकिन्छ’ उनी भन्छन् ‘विना मेहनेत त केही हुँदैन नी, काम गर्न सीप बढाएपछि त परिवारसंगै बसेर काम गर्दा धेरै आनन्द ।’
…..
परिवार विना विताएका १२ बर्षले मनोजलाई परिवारसँग झन् नजिक बनाएको छ । फर्मको कमाई बढ्न थालेपछि बैंकमा काम गर्ने श्रीमतीले पनि जागिर छोडिन् । अहिले जोई पोई यहीँ काम गर्छन् ।
एकै पटक गोडमेल र बारी खन्ने काम पर्यो भने आफूले मात्रै सकिदैंन । त्यस्तो बेला खेताला जुटाउँछन् । अरु बेला एकजना सहयोगी र आफू दुई जना खटिन्छन् ।कमाईशुरुमा आठ सय कुखुरा हालेका थिए । सयको हाराहारीमा मरे पनि । बाँकी कुखुराले पाल्न थालेको ६ महिना पछि अण्डा दिन थाले । दिनको तीनपेटी अण्डा आउँछ । एक पेटीमा ७ क्रेट हुन्छ । जम्मा २१ क्रेट अण्डा उत्पादन हुन थालेको छ–दैनिक । एक क्रेटको तीन सय रुपैंयामा विक्रि हुन्छ । पेटी नै दिदाँ भने १९ सय ५० मा बेच्छन् उनी ।
महिनामा सरदर एक लाख ८० हजार रुपैंया हाराहारी अण्डाबाट कमाई हुन्छ । कुखुराले सरदर ८० हजार रुपैंयाको दाना खाए पनि १ लाख त बचिहाल्यो । उनको सोझो हिसाव छ । ‘कमाई हुँदो रैछ भन्ने अव त ढुक्क छु, अब अर्को खोरमा कुखुरा हाल्न अर्डर गरी सकेको छु, पछि अर्को पनि थप्ने योजना छ’ उनले भने, ‘ लगभग २ हजार कुखुरा राख्यो भने झन् कमाई बढ्छ ।’यस्तै गोलभेडा खेतिबाट पनि उनी सन्तुष्ट छन् । एउटा टनेल बनाउँदा १०–१२ हजार खर्च भयो । दुईवटा टनेल बनाएका छन् । उत्पादन चाहीं प्रति टनेल ४० हजार रुपैंया बराबरको भयो । अव फेरी टमाटर खेती फैलाउँदै छन् मनोज । बाख्राको कमाई कस्तो हुन्छ यसो विचार गरेर अघि बढ्ने उनको सोच छ ।उनले गरेको उन्नती र भएको कमाई देखेर छर छिमेकहरुले पनि यहि काम गर्न सल्लाह माग्न थालेका छन् । उनी भन्छन् ‘आफूले जानेको सीप बाँडेर अरुले गरी खान खोज्छ भने निर्धक्क सिकाउँछु ।’