|

बर्षा सुरु भएसंगै पोखराका बिभिन्न स्थानमा जमिन भासिने थाले

पोखरा ९ असार ।
बर्षा सुरु भएसंगै पोखराका बिभिन्न स्थानमा पुनः भासिने क्रम सुरु भएको छ । पोखराको मितेरी पुल नजिकै जमिन भासिएपछि स्थानियबासी त्रसित भएका छन् ।
पोखरा उप–महानगरपालिका वडा नं. १५ र १७ जोड्ने मितेरी पुल नजिकै जमिन भासिएर ठूलो खाल्डो परेको छ । बस्ती नजिकै जमिन भासिएपछि उत्तर दक्षिण भएर सुरुङ्ग बनेको स्थानियले बताए ।
गतबर्षको बर्षामा पनि पोखराका विभिन्न ठाउँमा जमिन भासिएको थियो । बर्षायाममा निरन्तर पानी पर्दा जमिनमुनीको बलौटे माटो बग्ने हुँदा कमजोर भू–सतह भएको ठाउँ भासिने सम्भावना बढी भएको भूगर्व्विद्हरुले बताएका छन् ।

Posted by Unknown on 7:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बर्षा सुरु भएसंगै पोखराका बिभिन्न स्थानमा जमिन भासिने थाले "

Leave a reply