|

दमाैलीमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागी १८ वर्षीय रोशन दुराको मृत्यु |

दमाैलीमा प्रदर्शनको क्रममा  प्रहरीको गोली लागी १८ वर्षीय रोशन दुराको  मृत्यु |

२६ भदाै, दमाैली ।
शुक्रबार दमौलीमा भएकाे प्रदर्शनको क्रममा प्रहरीले हानेको गोली लागेका १८ वर्षीय रोशन दुराको उपचारको क्रममा मृत्यु भएको छ ।

लम्जुङ भोर्लेटार घर भर्इ हाल व्यास १ निवासी दुराको शक्रवार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा राती करीब ११ बजे मृत्यु भएको बताइएकाे छ । रत्नहरि अस्पतालमा लगिएकामा दुरालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकाे थियाे ।

यस्तै घाइतेमध्ये व्यास ११ निवासी २७ वर्षका किरण गुरुङको पोखराको फेवा सिटी अस्पतालमा उपचार भैरहेको छ भने अन्य घाइते उपचारपश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ । शुक्रवार गोली लागि घाइते हुनेमा दमौलीका १७ वर्षका सुरेश सुनार, ४० वर्षका केशव न्यौपाने र थर नखुलेका केशव  छन् ।
प्रहरी सुरक्षाकर्मीतर्फ पनि जनपथका निरीक्षक राजेन्द्रप्रसाद वाग्लेसहित नौ र सशस्त्रका दुईजना गरी ११ घाइते भएका छन् ।

Posted by Unknown on 1:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दमाैलीमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागी १८ वर्षीय रोशन दुराको मृत्यु |"

Leave a reply