|

तमुवान प्रदेश घोषणाको माग गर्दै प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र

 तमुवान प्रदेश घोषणाको माग गर्दै प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र
 भद्र  २९  गते २०७२

|तमुवान प्रदेश घोषणाको माग गर्दै तमुवान संयुक्त सङ्घर्ष समितिले नयाँ बन्ने संविधानमा तमुलगायत आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्नका तमुवान प्रदेश घोषणाको माग गर्दै ज्ञापनपत्र पेस गरेको छ |

प्रधानमन्त्री कोइराला र संविधानसभाका सभाध्यक्ष नेम्वाङलाई नौ बुँदे मागसहितको ज्ञापनपत्र पठाउनका लागि तमुवान संयुक्त सङ्घर्ष समितिका संयोजक हुमबहादुर गुरुङले कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई हस्तान्तरण गरेका छन् | यस्तै, नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कायम गर्नुपर्ने, जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित र बहुभाषिक नीति लागू गराउनुपर्नेलगायत छन् ।

यसैगरी, आदिवासी जनजाति आयोग गठन र आदिवासी जनजाति महासङ्घसँग विगतमा गरिएका नौबुँदे र २० बुँदे सहमति, सम्झौता कार्यान्वयन गर्न सङ्घर्ष समितिले माग गरेको छ ।

अधिकार, पहिचान र अस्तित्वको अधिकारमुखी थरुहट, मधेसी, लिम्बूवान, मगराँत, तामसालिङ, नेवा, किराँत, शेर्पा, महिला, दलित, धार्मिक समुदायलगायतको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै मागलाई नयाँ बन्ने संविधानमार्फत पूरा गराउन पनि माग गरिएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी राउतले ज्ञापनपत्र प्रधानमन्त्री र संविधानसभा सभाध्यक्ष समक्ष तत्काल पठाउने प्रतिबद्धता  जनाएको छ

Posted by Unknown on 4:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " तमुवान प्रदेश घोषणाको माग गर्दै प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र "

Leave a reply