|

एनआरएनए अध्यक्षमा फेरि शेष घले विजयी |

काठमाडौं असोज २८ गते
 । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा फेरि शेष घले विजयी बनेका छन् । घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी भएका हुन् । कार्कीले २२६ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित भएका छन् । महासचिवमा बद्री केसीले ५५५ मतका साथ विजयी भएका छन् । सचिवमा अर्जुनकुमार श्रेष्ठले ३९१ र कोषाध्यक्षमा हिक्मतबहाुर थापाले २६४ मत ल्याएर विजयी भए ।
एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता थियो ।

Posted by Unknown on 11:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एनआरएनए अध्यक्षमा फेरि शेष घले विजयी |"

Leave a reply