|

क्यानोनिङ खेलले लग्यो समाजसेवी हितमान गुरुङको ज्यान |

क्यानोनिङ खेलले लग्यो समाजसेवी हितमान गुरुङको ज्यान

रोशनी गुरुङ÷पोखरा, ९ फागुन

कास्कीको ल्वाङ घलेलमा विगत केहि समयदेखि सञ्चालनमा रहेको साहसिक खेल क्यानोेनिङ गर्दै गर्दा आज कास्की घाचोक निवासी हितमान गुरुङको दुःख निधन भएको छ । आज दिउँसो करिब २ बजेतिर क्यानोनिङ गर्ने क्रममा पानीमा डुबेर वहाँको दुःखद निधन भएको वहाँको आफन्त तथा गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका कोषाध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिनुभएको छ ।

हाल हङकङ तथा यु.के.मा बसोबास गर्दै आउनुभएका गुरुङ केहि समय पहिला मात्रै घर विदामा नेपाल आउनु भएको थियो । अहिले वहाँको शवलाई मणिपाल शिक्षण अस्पताल पोखरामा राखिएको छ । स्व.गुरुङ गुरुङ फिल्म एशोसियशन नेपाल जिफानको आजीवन सदस्य तथा मर्दिखोला समाज हङकङको अध्यक्ष हुनुहुन्थ्यो भने अन्य विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो । वहाँको एक छोरा र श्रीमती हुनुहुन्छ श्रीमती माया गुरुङ गुरुङ चलचित्रको नायिका हुनुहुन्छ पछिल्लो समय माया गुरुङद्धारा अभिनित चलचित्र घलेक द साइन अफ लभ दर्शकमाझ लोकप्रिय रहेको छ । स्व.गुरुङको भोली मात्र पोखरामा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ 

Posted by Unknown on 7:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्यानोनिङ खेलले लग्यो समाजसेवी हितमान गुरुङको ज्यान |"

Leave a reply