|

टर्कीस एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना,केही यात्रु घाइते |

 |
शशि पौडेल-काठमाडौं
२०७१ फागुन २० गते

म अहिले काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छु । स्तानबुलबाट म लगायत २२४ यात्रु बोकेर काठमाडौं आएको विमान एयरपोर्टमै दुर्घटनाग्रस्त भएर झारमा थेचारिएको छ ।विमानका पाइलट महान रहेछन्, जसले एक घण्टा लगाएर गरेको तेस्रो पटकको अथक प्रयासपछि हामी सबै यात्रुहरु बाँच्न सफल भयौं । विमानमा क्षति भए पनि पाइलटले हामी सबैलाई बचाए ।एकजना वृद्ध विदेशी पर्यटक आत्तिएर बेहोस भएकाले उनलाई तत्काल अस्पताल पठाइयो । अरुलाई चोट पटक लाग्न पाएन । विमानस्थल स्रोतले अन्य केहीलाई पनि सामान्य चोटपटक लागेको बताएको छ ।यसरी भयो दुर्घटनाहामी चढेको विमान बुधबार विहान ६ः५५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । विमान अवतरण गर्नलाई करिब १ मिनेमात्रै बाँकी थियो । तर, विमानको चक्का बाहिर निस्कन सकेन र पाइलटले  फेरि आकाशतिरै फर्काए ।आकाशमा केहीबेर रहेपछि पाइलटले दोस्रोपटक अवतररणको प्रयास गरे ,  तर, दोस्रो पटक पनि विमानको चक्का निस्किएन र विमान पुन आकाशमै फर्काइयो । यसो गर्दा झण्डै एक घण्टा समय बितिसकेको थियो ।
हामीलाई भनिएको थियो कि तुँवालोका कारण अवतरण हुन सकिरहेको छैन । तर, पछि स्टाफहरुसँग बुझ्दा चक्का निस्कन नसकेकाले ल्याण्ड हुन नसकेको रहेछ ।करिब एक घण्टापछि पाइलटले ७ बजेर ४० मिनेट जाँदा विमान अवतरण गर्ने तेस्रो प्रयास गरे । शायद विमानमा तेल सकिएको हुनुपर्छ, जसले गर्दा पाइलटले त्रिभुवन विमानस्थलको विकल्प नखोजी पटक-पटक यहीँ ल्याण्ड गर्ने प्रयास गरिहरेका थिए ।



तेस्रो पटकको प्रयासमा विमानको पछाडिको चक्का मात्रै निस्कियो, अगाडिको निस्केन ।विमान ल्याण्ड गर्नासाथ धावन मार्ग छाडेर झारतिर हुत्तियो  र पछाडिको भागमा आगो सल्कियो ।हामी सबैलाई अब मरिएछ भन्ने लागिरहेको थियो ।संयोग नै मान्नुपर्छ, राजधानीमा लगातार परेको वर्षाका कारण झारमा पानी जमेको रहेछ, जसले गर्दा विमानमा आगो सल्कन पाएन । तत्कालै आइपुगेका उद्दारकर्ताले दमकलको प्रयोग गरेर आगो निभाए । र, हामी सबै बाँच्न सफल भयौं ।म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।विमानमा मैले बालबालिकाहरु खासै देखिँन । तर, त्यहाँ नेपाली भन्दा विदेशी पर्यटकहरु बढी थिए ।फ्रान्स, जर्मनी र लण्डनबाट नेपाल घुम्न आएका पर्यटकहरु थिए ।

दुर्घटनाका कारण हामी सबैको सातो गएको थियो । केहीबेर कोलाहल र भागाभाग नै भयो ।एकजना विदेशी मूलमा वृद्ध यात्रुलाई हृदयाघात भएको आशंका छ, उनलाई तल्कालै अस्पताल लगिएको छ ।विमानमा खराबी आएपछि पाइलटले विमानमा क्षति पुर्‍याएर भए पनि हामीलाई बचाउन सफल भए । धन्न बाँचियो ।नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ।

Posted by Unknown on 8:52 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "टर्कीस एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना,केही यात्रु घाइते |"

Leave a reply