भुजुंङ ताङतिङ पैदल यात्रा सरसफाई कार्यक्रम सम्पन्न |
लम्जुङ् ताङतिङ पैदल यात्रा सरसफाई कार्यक्रम सम्पन्न |
कास्की जिल्लाको उत्तर पुर्बी कास्की र लम्जुङ् जिल्लाको सिमानामा पर्ने नमर्जुंग गा.बि .स ताङतिङ गाउँ बाट लम्जुङ्ग जिल्ला जाने एक मात्रै गोरेटो बाटो (पैदल मार्ग) हालै मात्रै अन्नपूर्ण प्रकृति संरक्षण क्षेत्र (ACAP) को बिशेष पहलमा लम्जुंग जिल्लाको भुजुंङ गाउँ बासीहरुले सरसफाई तथा मर्मत गराएको छ |
ताङतिङ गाउँ र भुजुंङ गाउँको गहिरो सम्बन्द पहिले देखि नै चली आएको हो ,त्यसैले गर्दा तांङतिंङ गाउँ चैत्र मेलामा भुजुंग गाउँको युवा युवतीहरु आउछन भने बैशाख पुर्णिमा मेलामा घाटु नाच हेर्न तांङतिंङ गाउँका युवा युवतीहरु भुजुंङ बर्षेनी जाने गर्छन ,त्यही मौकामा दुबै गाउँका युवा युवतीहरु माया प्रिती पनि साटासाट गरिन्छ ,अगिल्लो सालमा गुरुङ चलचित्र धीँका चर्चित नायक रतन गुरुङ भुजुङ निवासी सन्तोष तमुसंग बैबाहिक जिवनमा बाँधेका थिए भने तांङतिंङ गाउँका तेज बहादुर गुरुङले भुजुंङ गाउँबाट बिबाह गरेका छन् |
भौगोलिक हिसाबले कास्की ,लम्जुंङ भनेर छुटाए पनि दुबै गाउँको रहन सहन तमु संस्कार संस्कृति धर्म रितिरिवाजमा खासै फरक पाइदैन तर अहिले शहरीकरणले गर्दा ताङतिङ गाउँमा भने घाँटु,स्वोरठी, कृष्ण चलित्र लोप भैसकेको छ भने लम्जुंङको भुजुंङ गाउँमा घाँटु नाच र कृष्ण चलित्र अहिलेसम्म यथावत नै रहेको जानकारी गुरुङ चलचित्र निर्देशक केश बहादुर तमु (केसे) ले बताउनु भयो र हरेक वर्ष यही बैसाख पुर्णिमामा घाँटु नचा हेर्न ताङतींङ गाउँबाट १० घन्टाको पैदल यात्रा गर्दै रमाउदै जाने गरिन्छ ।
