महाभूकम्पको केन्द्रविन्दू गोर्खाको बार्पक गाउँ हेर्दाहेर्दै सिंगै ढल्यो'

नन्दकुमारी गुरुङ
पोखरा: सदा त्यो शनिवार पनि बिहानै घरधन्दाको काममा ब्यस्त थिएँ । घरधन्दा सकेपछि गाउँमा बनेको आफन्तको नयाँ घर लिपपोत गर्ने सरसल्लाहअनुसार हामी पाँच ६ जना साथीहरु त्यहाँ पुगरे काम गर्दै थियौँ। गाउँघरमा आफन्त वा गाउँले कसैले नयाँ घर बनाउँदा वा मेलापात गर्दा एक अर्काकहाँ गएर सघाउने चलन छ । त्यही चलनअनुसार नयाँ घरमा सघाउन गएका थियौँ, हामी आमाछोरी । मै घरभित्र खाना पकाउने जिम्मा पाएकी थिएँ, र सोहीअनुसार भान्छामा कामगर्दै थिएँ म । साथीहरु आआफ्नो जिम्मेवारीअनुसार कोही लिपपोत त कोही के के गर्दै थिए । यत्तिकैमा एकै पटक के आयो के आयो जस्तो भयो। घर नै यता र उता गरेर नाच्न थाल्यो पो थाल्यो । म डरले भित्ताको सहारा लिएर भित्तामै टाँसिन पुगेछु । हेर्दाहेर्दै घरको दलीन खस्यो र मलाई केही चोट लागे पनि अरुलाई जस्तो त्यस्तो ठूलो चोट लागेन । म बल्लतल्ल बाहिर निस्के । म आफू बचेर बाहिर त निस्केँ, तर कठै, उता दिदीकी छोरी छ च्यापिइएकी । ढुङ्गा फ्याकेर तत्कालै निकालेँ । मेरी छोरी कता च्यापिएकी थिइन् पत्तै पाइनँ । पछि उनलाई कसले निकाल्यो त्यो पनि थाहा भएन ।
नयाँ घरमा लिपपोत गर्दै गरेको साथीहरु हेर्दाहेर्दै च्यापिए । भुकम्पपछि वारपाकको वडा नं ६ र वडा नं ८ मा आगो समेत लाग्यो । कोरडाँडा वडा नं ८ मा १० घर जलेको र ६ नं वडामा दुई घर जलेको छ । त्यो सुन्दर गाउँ हेर्दाहेदै खरानी भयो । सम्झँदै काहाली लाग्छ । आँखामा आँसु आउँछ । हुने हुनामी भइसक्यो ।
एकअर्कासँग जोडिएर रहेका वारपाकका बाक्लो बस्ती एकैपटकको भुकम्पको झड्काले ढले र केही बाँकी रहेनन् । त्यो क्षण सम्झँदै झसङ्ग हुन्छ । त्यतिबेला पौने १२ जति बजेको थियो । हामी बारपाक मनिडाँडा वडा नं ७ मा थियौँ । हेर्दाहेर्दै सबै घरहरु ढले र घरभित्र भएका सबै पुरिए । घरबाहीर रहेका पनि साह्रै अत्तालिए । घरमा धेरैजसो बालबालिका र बुढाबुढी थिए । गाउँका धेरै बालबालिका घरमै पुरिएका छन् । गाउँमा रहेको प्रहरीको पोष्ट पनि भत्केकोले त्यहाँ रहेका ९ जना प्रहरी पनि घाइते भए । उनीहरु नै घाइते भएपछि त्यहाँ उद्धार गर्न समस्या परेको छ । स्थानीय हामीले जेनतेन सकेको घाइतेको उद्धार गरेर बाहिर निकाल्यौ । लासहरुलाई अर्कातिर राख्यौँ ।
यसरी भुकम्प आएपछिको क्षण साह्रै डरलाग्दो थियो । जमीननै भासिने हो कि भन्ने चिन्ता । बचेका जति सबै एकैठाउँको चौरमा भेला भयौँ । लासलाई एकतिर राखियो, ज्यँदा र घाइतेलाई अर्कातिर । गाउँका घरमा धेरै पुरिएका छन् । एकातिर भुकम्प जानु, अर्कातिर त्यही बेला पानी पर्नु । पानी परेपछि खानेपानी पनि धमिलो भएको थियो । पानी र खानाको समेत समस्या भयो । सदरमुकामवाट हाम्रो गाउँ निकै टाढाभएकोले करिव २४ घण्टापछि मात्र उद्धार टोली आई पुग्यो, अब बाँच्ने भइयो भनेर साहस आयो । उद्धारको सामग्रीसहित आइतवार हेलीकोप्टर आएपछि भने अव बच्ने भइयो भन्ने साहस पलाएर आयो । छोरी निसालाई गम्भीर चोट लागेकोले नेपाल आर्मीका हेलीकोप्टरले अन्य बिरामीसँगै आइतवार पोखरा ल्याएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा छोरीसँगै गाउँका बालबालिका र बुढाबुढी गरी करिव २० जनाभन्दा बढिको उपचार भइरहेको छ । नेपाल आर्मीले आइतवार बिहान मात्र हेलीकोप्टरका साथ उद्धार गर्न पुगेको थियो । यहाँको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका बिभिन्न अस्पतालमा पनि बारपाकका करिव सय जना बिरामी उपचार गराई रहेका छन् । छोरा भने घर बाहिरै भएकोले त्यस्तो केही हुन पाएन । श्रीमान भने १४ वर्षदेखि कता छन्, केही अत्तोपत्तो छैन । यस्तो दुःख कसैलाई नपरोस्
अन्नपूर्ण पोस्ट्को-