|

आमहड्तालले जनजीवन प्रभावित,

मनोज गुरुङ
पोखरा २५ गते कार्तिक 



नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आम हड्ताल बिहानैदेखि देशभर प्रभाव परेको छ । सरकारले बन्द निष्क्रिय बनाउन विशेष सुरक्षा तयारी गरेपनि विभिन्न स्थानमा भएको विष्फोट र गाडीमा गरिएको अागजनीले भयका कारण सवारी साधन चलेका छैनन् ।
बन्दका कारण यातायात, बजार, पसल, शिक्षण संस्था ठप्प भएका छन् ।
खिलराज नेतृत्वको सरकारले मंसिर ४ गतेका लागि तोकेको संविधानसभा निर्वाचन बहिस्कारको घोषणा गरेको मोर्चाले बन्दलगायतका विरोधका कार्यक्रम गरेर बिथोल्ने प्रयास गरेको छ ।
बन्दका क्रममा विभिन्न जिल्लामा सवारी तोडफोड भएका छन् भने केही ठाउँमा शंकास्पद वस्तु फेला परेको छ ।
१ नुवाकोटको आदर्श क्याम्पसमा सकेट बम
२ काभ्रेका १२ बढी स्थानमा नक्कली बम
३ चितवन, दोलखा र उदपयुरमा बन्दको विरोधमा स्वतस्फूर्त र्‍याली निस्किएको छ । कैलाली ५ मा एमाओवादी उम्मेद्वार लेखराज भट्टको घरको गेटमा भेटिएको बम निश्क्रिय पार्न नेपाली सेनाको टोली खटिएको छ । एमाओवादीको कार्यालय रहेको विवादास्पद घरमा आगजनी
४ धनकुटामा एमाओवादीको निर्माणाधीन घरमा बम पड्कियो
५ उदयपुरमा वम विस्फोट, बन्द खोल्न आग्रह
६ अरनिको यातायातका तीन बसमाथि आगजनी
७ भक्तपुरमा दुईवटा गाडीमा आगजनी
८ नागरिक दैनिकको गाडी तोडफोड
९ भोजपुरमा नक्कली बम आतंक
१० इलाम- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको इलामको साँखेजुङ ४ स्थित पुख्र्यौली घरमा अज्ञात समूहले आगजनी प्रयास गरेको छ ।
यस्तो अबस्थामा निर्बाचन कसरी हुन सकिन्छ? के जनता को सुरक्षा खिलराज नेतृत्वको सरकारले गर्न सकिन्छ? मंसिर ४ गतेका लागि तोकेको संविधानसभा निर्वाचन साचै हुन सक्छ यो प्रस्न अहिले सर्बसाधारण जनता बीच बहस सुरु भएको छ

Posted by Unknown on 12:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आमहड्तालले जनजीवन प्रभावित,"

Leave a reply