|

पहिलो गुरुङ गीति एल्बम गायक कृष्ण गुरुङ |

लमजुङ दुराडाँडा सिम्लेजामुनेका कृष्ण गुरुङले गुरुङ गीत गाउन थालेको त बीसको दशकको मध्यतिरबाटै हो । तर जब उनी २०३७ सालमा एसएलसी गरेर उच्च शिक्षाका लागि काठमाडौं आए तब उनको परिचय फराकिलो हुने क्रम सुरु भयो । २०३८ सालमा रेडियो नेपालमा फँलबारी कार्यक्रम सुरु भएको कार्यक्रममा भाषाभाषीका गीतले प्राथमिकता पाउँथ्यो । कृष्ण गुरुङले २०३८ सालमै फँलबारी कार्यक्रममा गुरूङ गीत गाए ।
कृष्ण २०४४ सालमा सांस्कृतिक संस्थानको जागीरे बने । त्यसपछि उनको रुचिले थप आकार ग्रहण गर्न थाल्यो । सांस्कृतिक संस्थानको जागीरे बनेको वर्षदिन पनि पुग्न नपाउँदै उनलाई संस्थानको समँहमा रहेर सांस्कृतिक कार्यक्रमका लागि हङकङ जाने अवसर मिल्यो । कार्यक्रम लागँ पदार्थ दुरुपयोग निवारण आयोगको सहयोगार्थ ज्योति शेरचनले गरेका थिए तर टीम भने सांस्कृतिक संस्थानबाटै गएको थियो । टीममा त्यतिबेलाका चर्चित कलाकार मिरा राणा र प्रकाश श्रेष्ठ पनि थिए ।
कृष्णले दुई÷चार गुरुङ गीत त पहिले नै गाएका थिए । तर एल्वम नै निकाल्ने भन्ने सोच चाहिँ थिएन, उनको । २०४४ सालको फागुन–चैतमा उनले केही गीत रेकर्ड गराए । त्यो बेला गीत रेकर्ड गराउनु पनि निकै समस्या थियो । रेकर्डिङ स्टुडियो सीमित थिए । दीप तुलाधर त्यो बेलाका चलेका रेकर्डिष्टमा गनिन्थे । उनले रेकर्डिङ स्टुडियो नबनाए पनि घरमै गीत रेकर्डिङका लागि आवश्यक सामान जोडेका थिए । दीपसँग कृष्णको कृष्णका गुरु कमल क्षेत्रीमार्पmत राम्रै परिचय भएको थियो । त्यसैले कृष्णले उनै दीपको घरमा तीन रात लगाएर आप्mना गीतहरू रेकर्ड गराए । अनि २०४५ सालको बैशाख अन्तिमतिर गुरुङ गीतको एल्वम ‘म्हया आसेद’ निकाले । र, संयोगवस त्यो नै पहिलो गुरुङ गीतको एल्वम बन्न पुग्यो ।
२०४५ सालको जेठमा उनी सांस्कृतिक संस्थानको टीममा रहेर हङकङ पुगे । उनले साथमा आप्mनो गुरुङ गीतको एल्वम ‘मयाँ आस्येद्ओ’ पनि लगेका थिए । एल्वमका गीतहरू हङकङमा एकदमै लोकप्रिय भयो । साथै लिएर गएका केही क्यासेट सबै बिक्री भयो । यता नेपालमा पनि उनको एल्वम खुब चल्यो । कृष्ण गुरुङ रातारात हिट कलाकारमा दरिए । तर उनलाई आर्थिक लाभ चाहिँ हुन सकेन । क्यासेटको बिक्री भन्दा पनि बढी कपी भयो । उनले व्यक्तिगत तवरबाटै एल्वम निकालेको भएर पनि बजारीकरण हुन सकेन । आठवटा गीत रहेको एल्वममा शब्द, संगीत र गायन सबै कृष्णकै थियो । जसमा एउटा गीत ‘¥हाम¥हानी ङोलोस्यो’मा चाहिँ माया र उमाको पनि स्वर थियो ।
सांस्कृतिक संस्थानमा बाँसुरीवादकका रूपमा प्रवेश गरेका कृष्ण अहिले सहायक गायन प्रबन्धक बनेका छन् भने गीत–संगीतमा पनि निकै माथि पुगेका छन् । गुरुङका साथै नेपाली गीत पनि गाएका छन् । संगीत भरेका छन् । लोकदोहारी गीत गायनमा लोभलाग्दो सफलता हासिल गरेका छन् । राष्ट्रियस्तरका लोकदोहोरी प्रतियोगिताहरूमा प्रथम भएर धेरैको वाहवाही लुटेका छन् । ऊबेलाका चर्चित दोहोरी गायनका हस्तीहरू बमबहादुर कार्की, कोमल वली, रफिक मियाँको समँहलाई पछारेका छन् ।
‘मयाँ आस्येद् ओ’ पछि कृष्णले गुरुङ गीत कै रूपमा रहेको ‘¥हाम¥हानी ङोलोस्यो’लाई दोहोरी एल्वमकै रूपमा निकाले । सिम्फोनिक स्टुडियोमा रेकर्ड गरेर बजारमा ल्याइएको ‘¥हाम¥हानी ङोलोस्यो’ पनि खुबै चल्यो । त्यसपछि भने उनले गुरुङ गीतको एल्वम निकालेका छैनन् । तर उनले नेपाली लोकदोहोरी गीतका एल्वमहरू भने बजारमा ल्याएका छन् । गाउँसहरमा लमजुङ दरबार, भञ्ज्याङका सुसेलीहरू आदि उनका चर्चित लोक तथा दोहोरी एल्वम हुन् । जसले उनलाई लोकदोहोरी गीतका पारखीमाझ पनि उत्तिकै चिनायो । कृष्णले पछिल्लो समयमा गुरुङ चलचित्रमा पनि अभिनय गरेका र संगीत दिएका छन् ।
गुरुङ गीतको बजार छ तर कपी गरिने प्रवृत्ति बढी भएकाले लगानी उठाउन सक्ने वातावरण छैन । नाम भए पनि दाम नहुने भएकाले एल्वमको योजना थाँती छ, कृष्णको । तर पनि उनले केही गुरुङ गीत भने गरेका छन् । कुनै दिन ती गीतहरूले पनि एल्वमको आकार लिनेमा उनी आशावादी छन् । तर तत्काललाई भने एल्वम गर्ने योजना छैन, उनको । यद्यपि उनी आप्mनो परिचय फराकिलो भएको र गुरुङ समाजमा चिनिएको चाहिँ गुरुङ गीतकै कारण हो । यही सत्यलाई उनले पनि मनन् गरेका छन् ।


Posted by Unknown on 7:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पहिलो गुरुङ गीति एल्बम गायक कृष्ण गुरुङ |"

Leave a reply