|

तमु प्ये ल्हु संघ इजरेल द्दुरा अक्षयकोष कोष खडा गर्ने |

दीपेनगुरुङ, इजरेल असोज १२ गते  : प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु''''भन्ने हाम्रो नारा लाई हृदयगम गरि ,अहिले लोप हुन लागेको हाम्रो प्ये (शास्त्र )लाई संरक्षण, सम्बर्धन गर्न तमु(गुरुंग)हरुको धर्म गुरु हरु लाइ सानो सहयोग गरि हौसला दिने उद्देश्य राखी तथा गरिब बिद्यार्थीको लागिलाई आर्थिक सहयोग गर्न ,तमु प्ये ल्हु इजरेल ले करिव ५ लाखको लक्ष्यसहित अक्षयकोष स्थापना गर्ने निर्यण गरिएको छ |सो अक्षयकोष तमु प्ये ल्हु संघ पोखरानेपाल को माताहतमा संचालन हुने गरि स्थापना गरिने भएको छ | अक्षयकोषबाट अवस्था हेरी वर्षमा एक पटक वा दुईजना लाई आर्थिक सहयोग प्रदान गरिनेछ| यस अक्षयकोषलाइ तमु प्ये ल्हु संघ इस्रेयलका उपाध्याक्ष् श्रीमती सबिता तमुस्योले यसै सस्थाका सस्थापक तथा बरिस्ठ सल्लाहकार तेजेन्द्र तमु (तेज)लाई ने ,रु .३०३०० एक कार्यक्रमका बीच इजरेयलको ब्यापारिक राजधानी तेल अविव मा एक कार्यक्रममा प्रधान गर्नु भई यस् कोषको सुरुवात गर्नु भएको थियो |यसै गरि यसै सस्थाका सदस्य श्रीमती उमा तमुस्योले ने ,रु .१५००० प्रधान गर्नु भएको थियो |

यसै गरि ,बहुसाँस्कृतिक मुलुक नेपालमा पहिचानको सवाल जोडतोडका साथ बुलन्दित भैरहेको बर्तमान देश काल परिस्थितीमा युगौ देखी ओझेलमा पारीरहेको हामी तमुजातिहरुको प्राचिन मौलिक तमु सँस्कृतिलाई जिवन्त दिने प्रयास स्वरुप तमु शास्त्र मा आधारित युवा साहित्यकार रोशन तमु को साहित्यिक Script र तमु प्ये ल्हु सँघ (Tpl Israel ) इजराइलको आर्थिक समायोजनमा " खली थुँब म्ले क्यु "(कसरि खाने बिर्सने पानी) भन्ने रेडियो नाटक निर्माण गर्न गैरहेको कुराले मौलिक पहिचान प्रेमी तमुसँसारमा एक किसिमको तरँग उत्पन्न हुने विश्वास छ । मौलिक सँस्कृतिमा आधरित यस् अडियो नाटक तमु ( गुरुंग) भाषा नजान्ने लाई पनि यस् बारे सचेत तथा जनकारी गराउनु रहेको छ |

Posted by Unknown on 5:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तमु प्ये ल्हु संघ इजरेल द्दुरा अक्षयकोष कोष खडा गर्ने |"

Leave a reply