|

कास्कीको पर्यटकीय गाउँ ताङतिङ,सिक्लेश पछि लमजुङ जिल्लाको घलेगाउँमा वृहत गुरुङ पुरेतहरुको खेकी चोकि भेला |

सपना  टु   तमु ,   दुबाई ,
असोज १२ गते


तमू प्ये ल्हु संघ पोचुकोँ क्होइपो धिँ दस्थर उतरकन्या, घलेगाउँको आयोजना र तमू प्ये ल्हु संघ युएई शाखाको समन्वयमा भोली असोज १३ गते सार्क क्षेत्रकै नमूना र तमूहरुको ऐतिहासिक थलो घले गाउँ हुन लागेको खेकी चोकी भेला एवम् प्रशिक्षणको तयारी अन्तिम रुपमा तीब्र पारेको छ ।कार्यक्रमलाई सफल पार्न युएई शाखाका उपाध्यक्ष मुक्ति टु तमुले स्थानिया घले गाउँवासीसंग छलफल गर्नुका साथै विभिन्न व्यक्ति तथा संघसंस्थालाई पत्रचार कार्य पनि गरीरहेको छ । भोली असोज १३ गते हुन लागेको उक्त कार्यक्रममा घलेगाउँ, भुजुङ, घनपोखरा, मालिङ, वाग्लुङपानी, ढकै र चिसापानी लगायत वरीपरीका गाउँलेहरुको उपस्थिति रहने आयोजक समितिका सचिब खड्गजंग टु तमूले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा भाग लिनको निम्ति तमू प्ये ल्हु संघ केन्दि«य समिति, केन्दि«य युवा समिति बाट १५ जनाको प्रतिनिधिहरु  गैसकेको जानकारी तमु प्ये ल्हु संघ केन्द्रिय कार्यालय बाट जानकारी प्राप्त भएको छ |कार्यक्रममा मानवशास्त्री एवम् युवा पच्यु पैडी पोल वहादुर क्रोम्छैद्धारा खेकी चोकिको समाजमा गर्नुपर्ने दायित्व, जिम्मेवारी विषयक कार्यपत्र प्रस्तुत हुने कार्यक्रमको संचालन भने संचारकर्मी मनमाया टु तमुले गर्नुहुने भएको छ । यसअघि तमू प्ये ल्हु संघ युएई शाखाका अध्यक्ष एक्काजंग प्ल्हेँ तमूको अगुवाईमा कास्कीको सिक्लेस र ताङतिङमा वृहत खेकी, चोकी अन्तरक्रिया सम्पन्न भइसकेको छ भने युएई शाखाकै साँस्कृतिक संयोजक महेश लेम तमूको अगुवाईमा तमू प्ये ल्हु संघ केन्दि«य युवा समितिले लमजुङको पसगाउँ र भुजुङ लगायतका गाउँहरुमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरीसकेको छ

Posted by Unknown on 5:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्कीको पर्यटकीय गाउँ ताङतिङ,सिक्लेश पछि लमजुङ जिल्लाको घलेगाउँमा वृहत गुरुङ पुरेतहरुको खेकी चोकि भेला |"

Leave a reply