गुरुङ भाषा चलचित्र 'समी ङ्हीँ' पोखरामा प्रदर्सन
पोखरा : असार ३ गते
विश्वकै उत्कृष्ट दस पदयात्रा मार्गमा रहेको अन्नपूर्ण आधारशिविर चलचित्रमा समेटिएको छ। लर्फु फिल्मस्को ब्यानरमा निर्माण भएको गुरुङ भाषी 'समी ङ्हीँ' (जोडी) मा घान्द्रुकदेखि अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रा मार्गको चिनारी समावेश गरिएको छ।
'चलचित्रमार्फत पर्यटन प्रवद्र्धनको प्रयास थालेका छौं', निर्देशक गुञ्ज गुरुङले भने, 'चलचित्र हेरेपछि अन्नपूर्ण बेस क्याम्पले दर्शकलाई आकर्षित गर्ने विश्वास लिएका छौं।'
उनका अनुसार चलचित्रमा पोखराको पर्यटकीय गन्तव्य फेवाताल र प्याराग्लाइडिङको दृश्य पनि समावेश गरिएको छ।अन्नपूर्ण पदयात्रा मार्गसम्बन्धी धेरै वृत्तचित्र निर्माण भए पनि बेसक्याम्पलाई आधार बनाएर चलचित्र निर्माण नभएको उनको भनाइ छ।घान्द्रुकदेखि अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रा मार्गमा छायांकन गरिएको चलचित्र 'समी ङ्हीँ' (जोडी) मा श्रीमान् विदेशमा पैसा कमाएर सुन्दर सपनासहित घर फर्कंदा न सम्पत्ति, न श्रीमती भएको कारुणिक कथा समेटिएको छ।

'गुरु ङ भाषा र संस्कृतिमा आधारित अन्य चलचित्रभन्दा समी ङ्हीँ फरक छ', चलचित्र हेरेपछि घान्द्रुकका ललित गुरुङले भने, 'चलचित्रमा नयाँनयाँ प्रयोग छ।आधुनिकताले समाजमा पारेको प्रभाव पनि चलचित्रमा देख्न पाइन्छ।'कतिपय समाजमा लाहुरे संस्कृतिको विकृत रूप व्याप्त छ। चलचित्रले सोही विषयमा केन्द्रित छ। विदेशमा पैसा कमाएर सुन्दर सपनासहित घर फर्कंदा न सम्पत्ति, न श्रीमती भएको कारुणिक कथा चलचित्रले पस्केको छ। 'लाहुरे संस्कृतिका विकृति र विसंगति देखाएर स्वदेशमै पसिना बगाउनुपर्छ भन्ने सन्देश दिएका छौं' निर्माता सुनिल गुरुङले भने।