|

यू-१९ फुटबलमा नेपालद् द्दुरा भारत पराजित |

यू–१९ साफ च्याम्पियनसिप फुटबल भारतलाई हराउँदै नेपाल च्याम्पियन  |

काठमाडौँ,  भदौ १२
शनिबार १२ भदौमा सातदोबाटोस्थित एन्फा खेल मैदानमा भएको फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ५ का विरुद्ध ४ गोलको अन्तरले हराएको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेलमा नेपाल र भारतले १–१ अन्तरको बराबरी खेलेका थिए । नेपालले फुटबलमा २२ वर्षपछि फुटबलको उपाधि जितेको हो । सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको नेपाली पुरुष टोलीले  त्यसयता कुनै उपाधि जित्न सकेको थिएन । खेल अवधिभर नेपालले भारतीय खेलाडीमाथि दबदबा कायमै राखेको थियो । खेल शुरु भएको ३० औं मिनेटमा नेपाली खेलाडी तेज तामाङले गोल गरेका थिए । खेलको दोस्रो हाफमा नेपालका खेलाडीको हातले भारतको डी एरियाभित्र बल छुन पुगेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै भारतले ८७ औं मिनेटमा पहिलो गोल गरेको थियो । निर्धारित ९० मिनेटमा बराबरीमा रहेको खेल टाइब्रेकरमा  पुगेपछि नेपाली गोलकिपर सोजित गुरुङले भारतीय खेलाडीको एउटा प्रहार रोकेर नेपाललाई अग्रता दिलाएका हुन् ।


Posted by Unknown on 5:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यू-१९ फुटबलमा नेपालद् द्दुरा भारत पराजित |"

Leave a reply