माछापुच्छ्रे हिमाल पोखारा
पोखरादेखि लगभग २५ किलोमिटर उत्तरमा पर्ने यो माछापुच्छे्र हिमालको उचाई ६९४३ मिटर रहेको छ । यसको टुप्पो माछाको पुच्छर जस्तै भएको कारणबाट यसलाई माछापुच्छरे भनिएको हो । यो हिमाल अझैसम्म कसैले पनि आरोहण गरेका छैनन् । यस हिमाल आरोहण गर्ने अनुमति पनि सरकारले दिएको छैन । हालसम्म कसैले पनि आरोहण नगरेको कारण यस हिमाललाई कुमारी हिमालको नामले पनि चिनिएको छ ।