|

च्ह्याल्यब ट मंसिर ८ गते पोखारा मा प्रदर्शन |

देवीजंग तमू
पोखरा, २६ कार्तिक
सुपर युनिक एम्युनमेन्ट प्रालि पोखराको पहिलो प्रस्तुति गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र च्ह्याल्याब ट – ओइलिएको फुल ) यही मंसिर ८ गते शनिवार बराही चलचित्र हलमा तीन शो प्रदर्शन गर्ने भएको छ । मंसिर १ गते प्रदर्शन गर्ने भनिएको चलचित्र पछिल्लो पटक बन्दजस्ता कार्यक्रमहरुले गर्दा चलचित्र प्रदर्शनमा समस्या देखेकोले मंसिर ८ गते चलचित्र प्रदर्शन गर्नुपरेको चलचित्रका निर्देशक मनोज तमुले जानकारी दिनुभयो । मंसिर ८ गते शनिवार चलचित्रको विहान ९ बजे, १२ बजे र ३ बजे गरी तीन पटक शो गरीने बताइएको छ ।
गुरुङ समुदायको लाहुर जाने प्रथालाई आधार बनाई निर्माण भएको चलचित्रमा विदेश भूमिमा भोग्नुपरेका पीडाहरु तथा स्वदेशमा आफ्ना परिवारले घरमूलिको अभावमा भोग्नुपरेका पीडाहरुलाई चलचित्रमा देखाउन खोजेको निर्देशक तमूले जानकारी दिनुभयो ।
लमजुङको घले गाउँ, पोखरा र पोखरा आसपासका गाउँहरुमा छायाङ्कन गर्ने चलचित्रमा राजु गुरुङ, निस्ता गुरुङ, कविता गुरुङ, केवल गंगा गुरुङ, प्रतिमा गुरुङ, विशाल तमु, प्रेम तमु, रक्षा तमु र मनोज तमु लगायतका कलाकारहरुको अभिनय रहेको छ

Posted by Unknown on 4:35 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "च्ह्याल्यब ट मंसिर ८ गते पोखारा मा प्रदर्शन |"

Leave a reply