दुबईमा गुल्मी सेवा समाज युएईद्धारा तीजको कार्यक्रम गरिने

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै जांदा माइती घरमा दहर खाने, रातो साडी र हरियो छड्के तिलहरी लगाएर तीजको गीतमा छमछम्ती नाच्नका लागि युएईस्थित कार्यरत दिदीबहिनीहरुमा उत्साह निकै बड्दो देखिन्छ । युएईको सन्दर्भमा हेर्ने हो भने युएईस्थित क्रियाशिल संघ संस्थाहरुद्धारा नेपालबाट चर्चित कलाकारहरुलाई बोलाएर विभिन्न स्थानमा लगभग सात वटा तीजको कार्यक्रम आयोजना गरिने भएका छन् ।


आगामी २९ अगस्त शुक्रबारका दिन दुबईको इम्पिरियल सुईट होटलमा गुल्मी सेवा समाज युएईले विविध रंगारंग मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ “तीज बिशेष सांझ २०७१” आयोजना गरिने भएको छ । सो बिशेष अवसरमा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको साथमा अतिथि कलाकार चर्चित गायिका तथा कुशल कार्यक्रम प्रस्तोता मन्जु पौडेलको वेजोड प्रस्तुतिहरु प्रस्तुत गरिने भएको हो ।


गुल्मी जिल्लाको बम्घा गाविसमा जन्म भई हाल काठमाण्डौमा बसोबास गर्दै आएकी चर्चित गायिका तथा कुशल कार्यक्रम प्रस्तोता मन्जु पौडेल गुल्मी सेवा समाज युएईको निमन्त्रणामा पहिलो पटक दुबईमा आउने भएकी हुन । मन्जु पौडेललाई स्टेज क्वीन भनेर पनि चिनिन्छ भने आफ्नै एल्वम “सिआरबीटी” बाट चर्चा कमाउन सफल भएकी थिइन् । लोक पप, लोक दोहोरी र तीजको गीतहरु गाउने गायिका पौडेलको अन्य लोकप्रिय एल्वमहरुमा “सिआरबीटी”, “झिलीमिली झ्याई”, “आकाशैमा झुल्क्यो जुन तारा” र धेरै तीजका गीतहरु रहेका छन् । यस “तीज बिशेष सांझ २०७१” कार्यक्रम आयोजना गर्नको लागि एउटा छुट्टै समिति समेत बनाएको छ । जसमा क्रकश: संयोजकमा लक्ष्मण भण्डारी, उपसंयोजकमा गोपाल कुंवर, महिला संयोजकमा सीता केसी, महिला उपसंयोजकमा सविता आचार्य, सांस्कृतिक विभागमा होमनाथ कुंवर, प्रचारप्रसारमा मानबहादुर कुंवर, र व्यावस्थापनमा कृष्ण गौतम, केशव ज्ञवाली, रमेश भण्डारी, लक्ष्मण अर्याल र मिनप्रसाद भण्डारी रहेका छन् ।

सन् २०११ मा स्थापना भएको गुल्मेलीवासीहरुको साझा संस्था गुल्मी सेवा समाज युएईले आपतविपतमा परेका प्रवासी नेपालीहरुलाई उद्धार गर्नुका साथै विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै परम्परागत चाड पर्वहरु पनि मनाउदै आएका छन् । यस कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्नका निम्ती गुल्मी सेवा समाज युएईका अध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण भण्डारीले युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई बिशेष आग्रह समेत गरेको छ ।     

8:35 AM | Posted in , , | Read More »

आहा नि ! क्या रामो तोरी बारी |


लब्ली ताँङतिङ डट कम" 

9:36 PM | Posted in | Read More »

दुबाई मा तमु ल्होसार २०१४ रम झम

दुबाई मा तमु ल्होसार २०१४   रम झम 
तमु प्ये ल्हु संघ  दुबाई युएई तथा तमु समाज युएईको  आयोजनामा तमुहरुको महान त ल्हो ( घोडा वर्ग ) ल्होसारको उपलक्ष्यमा भब्य रुपमा जनवरी ३, २०१४ सुक्रबारका दिन बिबिध कार्यक्रमहरुको साथमा ल्होसार समपन्न भएको छ  | फोटो -जीवन गुरुङ ताङतिङ गाउँ  हाल दुबाई 














4:31 AM | Posted in , | Read More »

नव बर्ष २०१४ सालको हार्दिक मंगलमय सुभ कामना छ

नव बर्ष २०१४ सालको पवन अवसरमा यहाँलाई सुख शान्ति, सम्बृदी एव उतरोत्तर प्रगतिको हार्दिक मंगलमय सुभ कामना छ !

 लब्ली ताँङतिङ डट कम परिवार

7:00 PM | Posted in | Read More »

ताङतिङ युवा क्लवको नयाँ भवन |

 पर्यटकिय गाउँ
 ताङतिङ युवा क्लवको नयाँ भवन

7:11 PM | Posted in | Read More »

पर्यटक गाउँ ताँङतिङ स्वगात गेट



3:45 AM | Posted in | Read More »

पर्यटक गाउँ ताँङतिङ



ताँङतिङ गाउँ सिरानी घरको  कान्छी दिदी बारी बाट ताजा मुला उखालेर आउदै 

3:28 AM | Posted in | Read More »

मादी नदीमा पुल नहुँदा यसरी फड्केपुलमा गुजारा गर्छन

   
लमजुङको समिभञ्ज्याङ र कास्कीको थुम्कि गाविस जोड्ने मादी नदीमाथि पुल नहुँदा स्थानिय वासिन्दा समस्यामा परेका छन् । उनिहरुले वाँस र काठवाट वनाएको फड्के पुलवाट जोखिम मोलेर दैनिक यात्रा गर्ने गरेको स्थानिय वासिन्दाले वताएका छन् । पुल नहुँदा करिव २ घण्टा हिँडेर लमजुङको भोर्लेटार र तनहँुको सिसाघाट पुगेर मादी नदी पार गर्नुपर्ने वाध्यता रहेको छ । दुवै जिल्लाका विकट गाविस जोड्ने झोलुङ्गे पुलको माग गरिएपनि संवन्धित पक्षले कुनै सुनुवाई नगरेको समिभञ्ज्याङ ८ स्थित पराजुलीबेसीका रामचन्द्र तिवारीले जानकारी दिनुभयो । उक्त पुल निर्माण समितिका कोषाध्यक्ष समेत रहेका तिवारीले पुल निर्माणका लागी गत जेठमा सामान आईसकेपनि निर्माण शुरु हुन नसकेको बताउनुभयो । उक्त काठको फड्के पुलबाट दैनिक दुई तिन सय जना आवात जावत गर्ने समेत जनाईएको छ । श्रोता-रेडियो मस्र्याङ्दी 

12:51 AM | Posted in , | Read More »

पोखराका गुरुङहरुले सयुक्त ल्होसार मनाउने |

भुपाल गुरुङ

पोखरा २० मंसिर 

तमुहरुको महान पर्व ल्होसार नजिकिदै जाँदा पोखराका गुरुङहरु एकजुट भएका छन । पोखराका तमुहरु यत्तिबेला ल्होसार पर्वलाई कसरी मनाउने भन्ने मै तल्लिन छन । कास्कीमा भिन्नाभिन्न ठाँउमा ल्होसार मनाउदै आएका तमुहरु यस पटक भने एकै थलोमा मनाउने निर्णयमा पुगेका छन । कास्कीमा क्रियाशिल रहेका समाजीक संस्था तमु धीं नेपाल र तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति, ङोइ तमु धीं लेखनाथ तथा धार्मीक संस्थाहरु तमु प्ये ल्हुं संघ र बौद्ध अर्घौ सदन लगायतका तमु जाति संग शुभेच्छुक संस्थाहरुले सयुक्त रुपमा मनाउने भएका हुन् । 

संघसंस्थाको आज बसेको सयुक्त बैठकले पौष १५ र १६ गते सयुक्त ल्होसार मनाउने निर्णय गरेको हो । ल्होसार मनाउनका लागि तमु धीं नेपालका अध्यक्ष कर्म तमु संयोजक रहेको विभिन्न उपसमिति समेत गठन गरिएको छ । बैठकबाट गठित समितिको कार्यक्रम तर्जुमा उपसमितिको संयोजक तमु ह्युल छोँज धीं गूरुङ राष्ट्रिय परिषद कास्की अध्यक्ष दल बहादुर तमुलाई तोकेको छ । 

उपसमितिको सदस्यहरुमा तमु धीं का सल्लाहकार सन्त बहादुर तमु, तमु प्ये ल्हुं संघका केन्द्रिय अध्यक्ष क्याप्टेन रुप बहादुर तमु, बौद्ध अर्घौ सदन रामघाटका अध्यक्ष भुवनसिँह तमु लगायत शुभेच्छुक संस्थाहरु सदस्य रहने बताएको छ । यस उपसमितिले पौष १६ गते हुने सयुक्त सम्पुर्ण कार्यक्रमहरुको तर्जुमा गर्ने छ । त्यसैगरि कार्यक्रम सम्पन्न गर्नका लागि सचिवलाय समेत गठन गरिएको छ । तमु धीं नेपालका महासचिव रुद्र कुमारी गुरुङको संयोजकत्वमा सम्पुर्ण संस्थाका सचिव पदेन रहने बताएको छ । प्रचार प्रसार उपसमितिमा हुम बहादुर तमु, भुपाल तमु, लोकेन तमु लगायतका तमु संचारकर्मीहरु रहने बताएको छ । 

अर्थ संकलनका निमिक्त तमु प्ये ल्हुं संघ कास्कीका अध्यक्ष क्याप्टेन इन्द्र बहादुर तमुको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा सम्पुर्ण संस्थाका कोषध्यक्षहरु पदेन सदस्य रहने बताएको छ । मञ्च सजावट उपसमितिमा ओम तमु, क्याप्टेन धन बहादुर तमु, गम बहादुर तमु, छन भने स्वयमसेवक परिचालनमा तमु विद्यार्थी छोँज र्धी कास्की र तमु विद्यार्थी समितिलाईं जिम्मा दिइएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि गठित साँस्कृति कार्यक्रममा व्यवस्थापनमा झम बहादुर तमु, रिम तमु, सरस्वाति तमु लगायत छन । त्यसैगरि स्वागत सत्कारमा रुद्र कुमारी तमु, विष्णु तमु, हरिमाया तमु, पुष्प तमु लगायतलाई चयन गरिएको छ । सयुक्त ल्होसार अन्र्तगत पौष १५ गते मोटरसइकल ¥याली निकाल्ने भएको छ । मोटरसइकल ¥यालीका निमिक्त राजेन्द्र तमुलाई संयोजक तोकिएको छ भने विजय तमु, क्याप्टेन चेत बहादुर तमु सदस्य रहने बताएको छ ।

त्यसैगरि सम्मान तयारी उपसमितिमा मोती तमु, क्याप्टेन रुप बहादुर तमुलाई तोकेको छ भने सम्पर्क संयोजकमा गोपालमान तमु, मन बहादुर तमु, आश बहादुर तमु, क्षेत्र बहादुर तमु, विजय तमु लगायतलाई चयन गरेको छ । त्यसैगरि ¥याली व्यवस्थापनमा धर्म तमु, देउकाजी तमु, विरजंग तमु, तोरण तमुलाई तोकेको छ भने स्टल व्यवस्थापनमा गिरिप्रसाद तमु रहेका छन । आमा समुह संयोजकमा हरिमाया तमु र बुद्धिमाया तमु रहेका छन भने विद्यार्थी तथा युवा परिचालनमा रविन तमु, आस तमु, शुक्रराज तमु, नारायण तमु, चन्द्र प्रकाश तमु रहेका छन । 
सयुक्त समितिले पौष १६ गतेको सयुक्त साँस्कृतिक कार्यक्रमलाई सफल बनाउनका लागि अपिल लेखन उपसमिति समेत गठन गरेको छ । सम्पुर्ण तमुहरुलाई केन्द्रिकृत गरि सहभागीका लागि अपिल लेखन उपसमितिमा चेत बहादुर तमु, गिरि प्रसाद तमु र सन्त बहादुर तम,ु रहेका छन । गठित उपसमितिमा सदस्यहरु आवश्यकता अनुसार थप्दै जाने र सम्पुर्ण उपसमितिको काम कर्तव्य बारेमा सोहि उपसमितिमा अधिकार निर्भर रहने सहमति भएको छ । विंस २०४२ साल यता कास्की तमुहरुले एक पटक मात्र सयुक्त ल्होसार मनाएका थिए ।

7:44 AM | Posted in , | Read More »

हङकङलाई ५ विकेटले हराउदै नेपाल ट्वान्टी ट्वान्टी विश्वकपमा छनोट |

नेपाल, ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । युएईमा भएको खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल पहिलो पटक ट्वान्टी–ट्वान्टी विश्वकपमा छनौट भएको हो ।
ट्वान्टी–ट्वान्टी विश्वकप आउँदो १६ मार्च सन् २०१४ मा बंगलादेशमा हुने छ । नेपाल जितसँगै ट्वान्टी ट्वान्टी विश्वकप छनौटको सेमिफाइनलमा पनि पुगेको छ । नेपालले फाइनल प्रवेशका लागि शुक्रबार अफागानिस्तानसँग सेमिफाइनल खेल्ने छ ।

नेपाललाई जिताउन कप्तान पारस खड्काले ४६ रन बनाए । नेपालका ज्ञानेन्द्र मल्लले २७ बलमा ३ चौकाको मद्दतमा ३० रन बनाए भने सुवास खकुरेलले १६ बलको सामना गर्दै १ चौकाको मद्दतमा १६ रन बनाए । यस्तै सागर पुनले १९ बल खेल्दै ३ चौकाको मद्दतमा २२ रन बनाए ।यसअघि टस हार्दै पहिला ब्याटिङमा उत्रिन बाध्य भएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै  १ सय ४३ रन बनाएको थियो । उसका लागि वाकस वर्कात र निजाकत खानले समान २५ रन बनाए । हङकङलाई सुरुदेखि नै दवावमा राखेका जितेन्द्र मुखियाले ३ तथा अविनाश कर्णले २ र कप्तान पारस खड्काले एक विकेट हात पारे । दोश्रो ओभरको चौथो बलमा नेपालका जितेन्द्र मुखियाले पहिलो विकेट हात पारेका थिए । उनले १६ औं ओभरको तेश्रो र चौथो ओभरमा लागातार २ विकेट थपे । यस्तै अविनाश कर्णले पनि पाँचौं ओभरको पहिलो बलमा र १९ औं ओभरको दोश्रो बलमा विकेट हात पारेका थिए । समूह चरणमा खेलेका ७ खेल मध्ये ४ खेल जितेर नेपाल समूह बी मा तेश्रो बन्दै अघिल्लो चरण प्रवेश गरेको हो । हङकङ ५ खेल जितेर समूह ए मा दोश्रो भएको थियो |

3:22 AM | Posted in , | Read More »

ताङतिङका दुर्गा युकेमा पैदल दौडमा सहभागी |

मंसिर १२
गत नोभेम्वर १७ मा आयोजित प्रतियोगितामा कास्की जिल्ला नामार्जुङ गा.वि.स वडा नम्वर ४ ताङतिङ घर भई हाल युकेमा रहनुभएका दुर्गा तमूले निर्धारित १७ दशमलब ५ माइलको दुरीलाई ४ घण्टा ३५ मिनेटमा पुरा गर्नुभएको छ ।
करिब ८०० जना सहभागी एक्त प्रतियोगितामा संकलित केही रकम व्रिटिश हार्ट फाउन्डेषणलाई गर्ने प्रतियोगितमा सहभागी दुर्गा तमूले जानकारी दिनभयो । युकेको देर्बे ब्याकवेलबाट सुरु भई क्रमफर्ड रुघ क्लवमा पुगी समापन भएको उक्त प्रतियोगिताबाट संकलित केही रकम फाउन्डेषणलाई प्रदान पाउदा आफुलाई खुशी लागेको तमुले वताउनुभयो । समाजसेवीमा सक्रिय तमुले यसअघि प्रतियोगितामा आफै सहभागी भई प्रत्यक्ष सहयोग गर्न पाउदा खुशी लागेको वताउनुभयो ।



11:46 PM | Posted in , | Read More »

अतिक्रमणले जमिन भासियो पोखारामा

फोटो,  सुरज गुरुङ  ,jukson.com



पोखरा, मंसिर १२ - सहरको उत्तरी भेग अर्मलास्थित मजुवा खहरेमा भ्वाङ परेर जमिन भासिएपछि ५० घरपरिवार विस्थापित भएका छन् । घरभित्रैको भान्सादेखि वरिपरिको भूभाग भासिन गएकाले त्रसित भई कसैले पूरै घर छाडेर हिँडेका छन् भने कतिपयले राति बस्न छाडेका छन् । पाँच दिनदेखि देखा पर्न थालेको भ्वाङ बढ्दै गएपछि मंगलबारसम्म १८ परिवारले घरका सामानसमेत निकालेर अन्यत्र गएको अर्मलाका सचिव रामचन्द्र पौडेलले जानकारी दिए ।आफन्त खोज्दै घर पूरै छाडेका तथा दिउँसो आउने तर राति नबस्नेहरू गरी हालसम्म ५० घर जोखिममा रहेको उनले बताए । जमिनको सतह एकाएक खसेर कतै पानी निस्कने त कतै सुख्खा खाडल परेका छन् । त्यस्ता खाडल अहिलेसम्म ३५ वटा देखिएको सचिव पौडेलले बताए । बिहीबार पसबहादुर परियारको घर भासिएपछि स्थानीयमा त्रास बढेको हो । खहरे खोलाको करिब ३ सय ५० मिटर लम्बाइ आसपासमा ७५ मिटर परसम्म भ्वाङ परेका छन् । घर वरिपरि भ्वाङ परेपछि घरै भत्कने खतरा भयो । अलि परको घरमा डेरा गरेर बस्न थालें,' म्याग्दीबाट तीन वर्षअघि आएर दुईतले पक्की घर बनाएका कुमार छन्त्यालले भने, 'आएर बसौं भने खाडल पर्ने डर नबसौं बल्लतल्ल बनाएको घर छाडेर कहाँ जाम् ।' उनका घरमा भाडामा बस्ने ७ जना अरू पनि डेरा छाडेर गइसके । पृथ्वीनारायण क्याम्पस पढाउने हिमलाल आचार्यको तीनतले पक्की घर चर्किएपछि भत्कने खतरा रहेको उनी बताउँछन् ।
भ्वाङबाट महेन्द्र गुफा, काला मुडा कृषि सडक, विद्युत् र टेलिफोन लाइन एवं पोखरा ल्याएको खानेपानी पाइपसमेत जोखिममा रहेको भन्दै स्थानीयले समिति बनाई संरक्षणको माग गरेका छन् । गाविसले जानकारी गराएपछि जिविस, प्रशासनमार्फत खानी तथा भूगर्भ विभागको विशेषज्ञसहितको टोलीले स्थलगत अध्ययन गरेको छ । सन् १९९८ मा विभागले गरेको अध्ययनमा यो क्षेत्र जोखिमयुक्त भनी पहिचान गरेको थियो । भ्वाङहरू दुईदेखि तीन र पाँच मिटरसम्मको गहिराइका छन् ।विशेषज्ञहरूले यो क्षेत्र भौगर्भिक हिसाबले अत्यन्त कमजोर अवस्थामा रहेको बताएका छन् । सतहको आधा मिटर माटोमुनि पाँगो माटो र ग्राभेलको तह र तल्लो भागमा कमेरे माटोकोे तह रहेको जमिन भएकाले भित्रभित्रै फैलिएको पानी बाहिर निस्कँदा कमजोर भित्री भाग खस्न जाँदा खाडल परेको उनीहरूले बताए । विभागबाट खानी तथा भूगर्भविद्द्वय लीलानाथ रिमाल र कुशल नन्दन पोखरेलले यहाँ दुई दिन स्थलगत अध्ययनपछि जिविसलाई प्रारम्भिक प्रतिवेदन बुझाएका छन् ।
अतिक्रमणले विपद
विज्ञहरूको प्रतिवेदनमा कमजोर बनोटमा मानवीय अतिक्रमणका कारण भूक्षयको समस्या आएको उल्लेख छ । 'भ्वाङहरू सिर्जना हुने मुख्य कारण प्राकृतिक रूपमा रहेको खहरे खोलाको प्रवाहमा अवरोध पुग्नु हो,' प्रतिवेदनमा लेखिएको छ । पानी जाने खोला अतिक्रमण हुनु तथा सडक बनाउने क्रममा खोलाको सतहलाई तीन मिटरमाथि उठाएर पानी बग्न प्राकृतिक बाटोमा अवरोध भएपछि वैकल्पिक निकास बनाउने क्रममा भ्वाङहरू परेर विपद सिर्जना भएको उनीहरूले औंल्याएका छन् ।
स्थानीयले पनि खोला अतिक्रमण भएर हिउँदमा खहरेमा पानी बग्न छाडेको बताए । ५ देखि १२ मिटरसम्म खोलाको क्षेत्र नक्सामा पनि देखिन्छ । तर अहिले खोलाको भाग दुई मिटर पनि छैन । वरिपरि कतै घर बनेका छन् भने कतै खेती गरिएको छ । स्थानीय ६५ वषर्ीय कृष्णबहादुर कार्कीले भने, 'खहरेका दुईतिरका जग्गावालाले मिच्दै गए । पानी खोलामा जान नपाएपछि भित्रभित्रै जाँदा कमजोर बनोट तल झर्‍यो ।' अर्का धर्मराज गुरुङले भने, 'जमिनको लोभ गर्दा विपत्ति सिर्जना भयो ।'
खोला बनाउँदै उद्धार
भ्वाङबाट हुने भूक्षय न्यूनीकरणका लागि खोला बनाउन थालिएको छ । जमिनमुनि गएको पानीलाई खहरेको सतहमा बगाउने उपाय विज्ञहरूले सुझाएपछि उद्धार थलिएको हो । खहरे पुरिएपछि पानी जाने ठाउँ नपाएर समस्या भएकाले खहरेलाई गहिरो बनाउन डोजर लगाइएको स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले बताए । 'तत्काल ठूलो क्षति भइनसकेकाले अन्य राहतभन्दा पनि रोकथामका लागि पानी कटाउनुपरेको हो,' पौडेलले कान्तिपुरसँग भने । यसैबीच पौखरा ल्याएको खानेपानीसमेत जोखिममा रहेकाले रातिको समयमा यस क्षेत्रबाट आपूर्ति हुने पानी रोकिएको छ ।
निर्माणमा रोक
यसैबीच जिविसको सक्रियतामा बिहीबार स्थानीय प्रतिनिधिसमेतको बैठकले प्रभावित क्षेत्रमा कुनै पनि निर्माणको काम गर्न रोक लगाएको छ । खहरे किनारदेखि दुवैतिर ७५ मिटर अति जोखिम क्षेत्र भएकाले घर वा कुनै पनि संरचना बनाउन रोक लगाउने निर्णय गरेको पौडेलले बताए ।
-साभार कान्तिपुर 

8:57 PM | Posted in , | Read More »

आशा गुरुङ, घेर्मु ५ लमजुङ

संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए हामी तमु जातिको अस्तितो नै हराउछ  तर हाम्रो उत्तरी लमजुङ घेर्मु गाविस वडा न. ५ निवासी आशा गुरुङ आफ्नो  मौलिक तमु  भाषा  र तमु पहिचान भेष भुषा  लाइ अतिनै माया गर्नु हुन्छ |

5:26 AM | Posted in | Read More »

पर्यटक गाउँ ताँङतिङ बेसी

फोटो -मोति प्रसाद गुरुङ ताँङतिङ  गाउँ 



12:22 AM | Posted in | Read More »

मंसिरको महिना कतै जन्ती कतै जात्र



12:13 AM | Posted in | Read More »

ताँङतिङ गाउँ

मंसिर महिना कतै बिहेको  जन्ती कतै जात्र , रमाइलो छ गाउँ घरमा हिजो आज ताँङतिङ गाउँमा  तस्बिर -केश गुरुङ

11:56 PM | Posted in | Read More »

कास्की क्षेत्रनम्बर ३ मा रबिन्द्र अधिकारी निर्बाचत

गोकुल बानियाँ
पोखरा ७ मंसिर । कास्की क्षेत्रनम्बर ३ मा नेकपा एमालेका रबिन्द्र अधिकारी बिजयी भएका छन् । अघिल्लो संबिधानसभा निर्बाचनको जित दोहो¥याउने क्रममा उनले १३ हजार एक सय १० मत ल्याई निर्बाचित भएका हुन् ।

निकटतम प्रतिद्धन्दी कांग्रेसका सोभियात बहादुर अधिकारीलाई २ हजार २ सय २२ मतले पछि पार्दै अधिकारी पुन संबिधानसभा सदस्य पदमा निर्बाचित भएका हुन् । कांग्रेसका सोभियत अधिकारीले १० हजार ८ सय ८८ मत पाएका छन् । त्यस्तै एकिकृत माओबादीका रामजी बरालले ४ हजार ४ सय ३० मत प्राप्त गरेका छन् ।

पहिलो संबिधान सभा निर्बाचनमा १३ हजार ३ सय ८६ मत सहित बिजयी भएका थिए । उनले अघिल्लो निर्बाचनमा एमाओबादीका झलकपाणी तिवारीलाई हराएका थिए । कुल ४१ हजार २ सय १८ मतदाता खसेको ३२ हजार ५४ मतमा एक हजार ४६ मत बदर भएका छन् र ३१ हजार ८ मत मात्र सदर भएका छन् । यो क्षेत्रमा अघिल्लो निर्बाचनमा दोस्रो स्थानमा रहेको एमाओबादी अहिले तेस्रोमा झरेको छ र कांग्रेस दोस्रो स्थानमा उक्लिएको छ ।

एमालेका प्रभाबशाली युवा नेताको रुपमा चिनिने अधिकारीले बिगठित संबिधानसभामा पनि निकै राम्रो भूमिका निर्बाह गरेका थिए । उनि संसद बिकास कोषको रकम पारदर्शी रुपमा खर्च गर्ने मध्य ६०१ मा पहिलो नम्बरमा थिए ।

कास्कीका अन्य क्षेत्रको मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार बाकी ३ क्षेत्रमध्य दुई ओटामा एमालेले अग्रता कायमै राखेको छ । एउटा क्षेत्रमा कांग्रेस अगाडि छ ।

9:26 PM | Posted in , | Read More »

बमले छोराको हात गुमाए पछि आमा पिडा |



शोभा शर्मा  काठमाडौं, मंसिर   ५
आठ वर्षका समिर खड्गी बिहान उठेर बाआमाले चलाउने चिया पसल गएका थिए। आमाले दिएको चिया नास्ता खाए।उनी एकदमै छुकछुके बच्चा छन्, तर ज्ञानी र पढ्न पनि चलाख।
आज त संविधानसभाको चुनाव थियो। त्यसैले विदा थियो। स्कुल जानु थिएन। टोलभरि रुख, सूर्य र हँसिया हथौडा लगायतका चुनाव चिन्ह अंकित पोस्टरहरु टाँसिएका र झुण्डिएका थिए।समिरलाई रुख भएको पोष्टर घरमा लगेर टाँस्ने मन थियोे। करिब नौ बजेको हुँदो हो, समिर पसलबाट घर फर्के।गल्लीको विपरीत दिशाबाट अरु दुईजना बच्चाहरु सुनिता र गंगा पनि आइरहेका थिए, घर जान।बाटैमा प्लास्टिकको कुनै बक्सा भेटियो, समिरले उठाए। उनीहरुलाई गल्लीमै भेटिने सामान खेलौना लाग्थे। यसरी बाटामा भेटिने नौला सामान उठाउनु उनीहरुको आदत बनिसकेको छ।समिरले उठाएको त्यो बक्सा छनछन बजेन खेलौनाझैँ! पड्कियो ड्वाम्म! त्यो बम थियो कुनै अज्ञातले राखेको।समिर ढले, उताबाट आइरहेका दुईजना बच्चाहरु पनि ढले।संयोग नै भन्नुपर्छ, यसअघि यता कुनै चिज यसरी पड्केको थिएन! त्यसैले बाआमाले सिकाएका थिएनन् –बाटोमा भेटिने चिज नछुनू।पसलमा समिरका बा–आमा पड्किएको आवाजले डराए। उनीहरुलाई कल्पना थिएन छोराले उठाएको चिज हो पड्केको। जब थाहा पाए, बाबु त त्यहीँ ढले, बेहोस भएर।समिरको दाहिने हत्केला, छरपस्ट भइसकेको थियो बमले। बम पड्किनुअघि आइपुग्नुपर्ने पुलिस पछि आयो र भ्यानमा उनीहरुलाई राखेर वीर अस्पताल लग्यो।सामान्य उपचार गराएपछि सुनिता र गंगालाई डाक्टरले लैजान भने। उनीहरु फर्किए घर।समिर भने आकस्मिक कक्षबाट अप्रेसन थिएटर पु¥याइए। त्यसपछि आइसियुमा पुगे। उनी गम्भीर घाइते भएका थिए। उनको दाहिने हत्केला मात्र होइन, आँखामुनि पनि छर्रा लागेको थियो।बमले घाइते भएका तीनै जना बच्चाको परिवारको आर्थिक अवस्था त्यति राम्रो छैन। विहान बेलुका छाक टार्न उनीहरुले दिनभरि शरीर घोटेर काम गर्नुपर्छ। कसैको सामान्य मम पसल छ, कसैको चिया पसल। एकदमै संघर्ष गरेर जीवन धान्न र बच्चाबच्ची पढाउन बल्लतल्ल सक्ने परिवारका मान्छेले गोलीले उडाएका हात जोड्ने खर्च जोगाएर राखेका हुँदैनन्। उनीहरुका बच्चालाई गल्लीमा स्वतन्त्र खेल्न पाउने शान्ति हुनुपर्छ। सुपरमार्केटमा महंगा खेलौना किन्न नसक्ने उनीहरुका लागि बाटोमा भेटिने रंगिन बक्सा बम बनेर पड्किनु हुँदैन।समिरका बाबु वीर अस्पतालको आइसीयु कक्षबाहिर कुरुवा बस्ने छिँडीमा अतासिएर बसेका थिए।उनलाई मनभित्रको उफानले घरी कुरुवा छिँडीमा पु¥याउँछ घरी बाहिर।जीवनभरि उनले कम्ता दुख गरेनन्, तीन छोराछोरी पढाउन।उनले दुख गरेको कुनै अज्ञात सन्कीले राखेको बम पड्केर उछिट्टिएको छोराको हात उपचार गरुँला भनेर होइन।छोराले कलम समाउला पढेर केही बन्ला र आफूलाई थेग्ला भनेर हो। ‘मेरो एउटै छोरो हो, उसको हातै यसरी गयो, म कसोँ गरुँ?’भित्र डाक्टरले नाडीबाट समिरको हात ‘कटिङ’ गरिसके। आइसियु कक्षमा उनको पुरै होस आइसकेको छैन। डाक्टरको आशंका छ, समिरले ३० प्रतिशत स्मरणशक्ति गुमाउन सक्छन्। तर अहिले उनी ठीकै छन्।उनी राम्रोसँग बोल्न पनि सक्दैनन् । दिनभरि छोरालाई सोध्न आइपुगेका पत्रकार, निर्वाचन पर्यावेक्षक, बालबालिकाका संघसंस्थाका मान्छे आएर उनको नालीबेली सोधिसके।समिरका बुबालाई आफ्नो दुख भन्दाभन्दै झर्को लागि सक्यो।छोराको हात गएपनि अहिले ठिकै छ भन्ने सुन्दा उनकी आमा केही ढुक्क त बनेकी छन्। तर,उनलाई छोराले बाँचेर बेहोर्नुपर्ने दुख सम्झेर कहाली लाग्छ।‘मैले, यी छोरा छोरीलाई पढाउन सडकमा चिया बेचेँ, कम्ता दुख गरिन, अब त मेरो छोराले लेख्न पनि नसक्ने भयो,’ उनको तप्प आँसु झ¥यो। ‘छोराले पढ्ला र थेग्ला भन्ने कत्रो आश छ हाम्लाई।’समिर एकदमै छुकछुके र ज्ञानी बच्चा छन्, दिमाग तेज छ। त्यसैले उनीहरुले नजिकैकोअरनिको बोर्डिङ स्कुलमा भर्ना गरिदिएका थिए। समिरकि दिदी सजना वीर अस्पतालको आइसियु कक्ष बाहिर रुदाँरुँदै सुन्निएका आँखा लिएर चुपचाप बसेकी थिइन्।उनलाई धेरै मान्छेले फोन गर्छन् र सोध्छन्, घटना कसरी भएको थियो? उनले सबै कुरा बताइदिन्छिन्। फोन राखेपछि उनलाई दिक्क लाग्छ।लामो सुस्केरा तान्दै उनले भनिन्, ‘यहाँ मेरो भाइको जिन्दगी सकियो।’उनीहरुलाई जिन्दगीमा दुखको पराकाष्ठा यही हो भन्ने लागेको छ।सकिएन त? मेरो भाइलाई बाइक चलाउने कत्रो रहर छ, उसलाई थाहा छैन, आफूले अब कहिले बाइक चलाउन पाउँदिन भन्ने।’ उनले भनिन्, ‘बाबा पनि अरुभन्दा बढी उसले आफ्नो हात नभएको थाहा पाउँदा कसो गर्ला भनेर आत्तिनुभएको छ।’
News Source: Setopati.com

9:22 PM | Posted in , | Read More »

सिक्लेश–पार्चे कल्याण कोष बेल्जियमद्धारा रिँ–च्हमी कैँ पिवा कार्यक्रम सम्पन्न |


१० नोभेम्वर, बेल्जियम ।  बेल्जियमको ल्युभेन शहरमा गुरुङ्गहरुको घना बस्ती तथा सम्भावत नेपाल अधिराज्यकै सबैभन्दा बिशाल तथा सुन्दर गुरुङ्ग गाउँ कास्की जिल्लाको सिक्लेशबाट बेल्जियममा विभिन्न पेशामा आवद्घ रहि बसोवास गरेका सिक्लेश–पार्चेका बासिन्दाहरुको संस्था सिक्लेश–पार्चे कल्याण कोष,बेल्जियमले बेल्जियममा रहेका आफना रिँ–च्हमी  (चेलिबेटी) हरुलाई  सम्झना तथा सम्मान सहित (कैँ पिवाँ) खाना खुवाउने कार्यक्रम भव्यताकासाथ कोषका अध्यक्ष श्री होम गुरुङ्गज्युको अध्यक्षतामा सम्पन्न ग¥यो ।

उक्त कार्यक्रममा कोषको निमन्त्रणालाई स्वीकार गरि पाल्नुभएका सम्पूर्ण चेलिबेटीहरुलाई यस कोषका सदस्य श्री ओमप्रसाद गुरुङ्गज्युले स्वागत मन्तव्यद्धारा उहॉहरुलाई स्वागत गर्नुभएको थियो । स्वागतको क्रममा गुरुङ्ग भेषभूषामा सुसज्जित यसकोषका नवयुवाहरुले आफना आमा, फुपू तथा दिदीबहिनीहरुलाई प्रवेशद्धारमा उभिई प्रणाम सहित स्वागत गर्नुभएको थियो । साथै उपस्थित सम्पुर्ण चेलिबेटिहरुलाई कोषका अध्यक्ष श्री होम गुरुङ्गले खादा ओढाई सम्मान समेत गर्नुभएको थियो ।

सम्पुर्ण चेलिहरुको प्रतिनिधित्व गर्दै कोषका महिला सदस्य श्रीमति टिका (मिसिरि) गुरुङ्गले चेलिहरुको सम्मानमा आयोजित यस कार्यक्रमका आयोजक सम्पुर्ण माइतीहरु प्रति कृतज्ञा सहित हार्दिक धन्यवाद प्रकट गर्नु भएको थियो । सिक्लेश–पार्चे कल्याण कोष,बेल्जियमद्धारा आयोजित यस रिँ–च्हमी कैँ पिवा कार्यक्र्रमको लागि हल तथा किचनको लागि सौजन्य स्वरुप युरो २५० प्रदान गर्नु भएका श्री अमन गुरुङ्ग र वहाँकी धर्म पत्नि श्रीमति मेरी गुरुङ्गलाई कोषका अध्यक्ष श्री होम गुरुङ्गले संस्थाको तरफबाट पुष्पा गुच्छासहित खादा ओडाई सम्मान गर्नुभएको थियो ।  त्यस्तै कोषको सहयोगार्थ निम्न महानुभावहरुबाट निम्नानुसारका नगद सहयोग प्रदान गर्नु भएको थियो ।

श्रीमति सँगिता गुरुङ्ग (ल्युभेन निवासी)बाट सहयोग स्वरुप युरो ११०
श्रीमान ÷श्रीमति मनिष तथा गँगा गुरुङ्ग (ल्युभेन निवासी )बाट सहयोग स्वरुप युरो १००
श्रीमति प्यारी गुरुङ्ग (ल्युभेन निवासी )बाट सहयोग स्वरुप युरो ५०
श्रीमति शुष्मा गुरुङ्ग (ल्युभेन निवासी )बाट सहयोग स्वरुप युरो ५५
श्रीमान÷ श्रीमति लेखराज तथा बाली गुरुङ्ग (ल्युभेन निवासी )बाट सहयोग स्वरुप युरो ५५
तथा सम्पुर्ण चेलिबेटीको तरफबाट सहयोग स्वरुप युरो ३००

उपर्युक्त नगद सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई कोषको तर्फबाट हार्दिक बधाई सहित खादा ओडाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा कोषका अध्यक्ष श्री होम गुरुङ्गले यस कार्यक्रममा सहयोग पु¥याउनु हुने सम्पुर्ण सदस्यहरु प्रति हार्दिक धन्यवाद प्रकट गरि औपचारिक कार्यक्रम समापन गरिको थियो । कार्यक्रम संचालन यस कोषका सचिव श्री ओमराज गुरुङ्गद्घारा संचालन गरिएको थियो । साथै स्वादिष्ट खानपिन पाश्चत साँझ अवेरसम्म साँगितिक बातावरणले कार्यक्रमलाई अत्यन्त रोचक तथा मनोरणजनमय बनाएको थियो

8:47 AM | Posted in , | Read More »

दुबईमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट ब्याट हस्तान्तरण सम्पन्न

 चन्द्र रोक्का दुबाई ,
 वर्ल्ड कप २०/२० छनौट खेलमा नेपाली टिमको ब्याटिंग मजबुत बनोस र सफल होस् भन्ने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ब्याट प्रदान गर्न आर्थिक सहयोग गर्नुहुने समाजसेवी तथा सहयोगी हातहरुको नाम तथा सहयोग राशि यस प्रकार छ | छोटो समयमा सम्पूर्ण क्रिकेट प्रेमी तथा समाजसेवी मित्रहरुले देखाउनुभएको हार्दिकता र देश प्रतिको समर्पण प्रति हृदयदेखि नै कृतज्ञता प्रकट गर्न चाहन्छु | यहा हरुको सहयोग बिना यो कुनै पनि हालतमा सम्भब थिएन र फेरि पनि मुरी मुरी धन्यबाद दिन चाहन्छु | यो कार्यमा अहिले सम्म ३५ जना महानुभाबहरुले सहयोग गर्नु भएको छ तर यो सफल पार्न केहि मित्रहरुले बिशेष भूमिका खेल्नु भएको छ उहाहरुको नाम नलिईरहन सक्दिन | एन आर एन युएईका उपाध्यक्ष सुदिप कार्की, युवा संयोजक प्रकाश पौडेल, एन आर एन युएई का निबर्तमान महासचिब सन्तोष प्रसाईं, नेपाली क्रिकेट फ्यान क्लबका सन्जिब खड्का, रसल्खेमा एन आर एन का अध्यक्ष मेघराज सापकोटा, नागरिक समाज युएई का अधक्ष्य हिरालाल श्रेष्ठ, क्रिशोल पौडेल तथा पत्रकार महासंघ युएईका अधक्ष अर्जुन दाहाल सबैलाई हार्दिक धन्यबाद दिन चाहन्छु | जम्मा उठ्ने रकम ११३२५ युएई दिरहम जसमा ४८६० दिरहम को ५ वटा ब्याट खरिद गरि क्याप्टेन पारस खड्का र टिम मेनेजर पूर्ण लामा जी लाइ हस्तारण भैसकेको छ | बाकी रकम ६४६५ युएई दिरहम बाकी छ यदि टिम राम्रो खेल खेल्दै गयो भने सबै खेलाडी लाइ एक एक वटा ब्याट गिफ्ट गर्ने शुझाब आएको छ धेरै डोनर साथीहरु बाट र सबैलाई ब्याट प्रदान गर्न हामीलाई अझै ६५० युएस डोलर को कमि हुन्छ जुन पक्कै पनि अरु सहयोगी हातहरु बाट उपलब्ध हुने छ भन्ने आशा गर्दछु | यसमा केहि छुटेको भए सुझाब दिनुहोला र सहि समयमा सहि कामको लागि सहयोग र साथ् दिनुभएकोमा सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यबाद तथा कृतज्ञता ब्यक्त गर्न चाहन्छु 

7:34 AM | Posted in , | Read More »