|

सिक्लेश–पार्चे कल्याण कोष बेल्जियमद्धारा रिँ–च्हमी कैँ पिवा कार्यक्रम सम्पन्न |


१० नोभेम्वर, बेल्जियम ।  बेल्जियमको ल्युभेन शहरमा गुरुङ्गहरुको घना बस्ती तथा सम्भावत नेपाल अधिराज्यकै सबैभन्दा बिशाल तथा सुन्दर गुरुङ्ग गाउँ कास्की जिल्लाको सिक्लेशबाट बेल्जियममा विभिन्न पेशामा आवद्घ रहि बसोवास गरेका सिक्लेश–पार्चेका बासिन्दाहरुको संस्था सिक्लेश–पार्चे कल्याण कोष,बेल्जियमले बेल्जियममा रहेका आफना रिँ–च्हमी  (चेलिबेटी) हरुलाई  सम्झना तथा सम्मान सहित (कैँ पिवाँ) खाना खुवाउने कार्यक्रम भव्यताकासाथ कोषका अध्यक्ष श्री होम गुरुङ्गज्युको अध्यक्षतामा सम्पन्न ग¥यो ।

उक्त कार्यक्रममा कोषको निमन्त्रणालाई स्वीकार गरि पाल्नुभएका सम्पूर्ण चेलिबेटीहरुलाई यस कोषका सदस्य श्री ओमप्रसाद गुरुङ्गज्युले स्वागत मन्तव्यद्धारा उहॉहरुलाई स्वागत गर्नुभएको थियो । स्वागतको क्रममा गुरुङ्ग भेषभूषामा सुसज्जित यसकोषका नवयुवाहरुले आफना आमा, फुपू तथा दिदीबहिनीहरुलाई प्रवेशद्धारमा उभिई प्रणाम सहित स्वागत गर्नुभएको थियो । साथै उपस्थित सम्पुर्ण चेलिबेटिहरुलाई कोषका अध्यक्ष श्री होम गुरुङ्गले खादा ओढाई सम्मान समेत गर्नुभएको थियो ।

सम्पुर्ण चेलिहरुको प्रतिनिधित्व गर्दै कोषका महिला सदस्य श्रीमति टिका (मिसिरि) गुरुङ्गले चेलिहरुको सम्मानमा आयोजित यस कार्यक्रमका आयोजक सम्पुर्ण माइतीहरु प्रति कृतज्ञा सहित हार्दिक धन्यवाद प्रकट गर्नु भएको थियो । सिक्लेश–पार्चे कल्याण कोष,बेल्जियमद्धारा आयोजित यस रिँ–च्हमी कैँ पिवा कार्यक्र्रमको लागि हल तथा किचनको लागि सौजन्य स्वरुप युरो २५० प्रदान गर्नु भएका श्री अमन गुरुङ्ग र वहाँकी धर्म पत्नि श्रीमति मेरी गुरुङ्गलाई कोषका अध्यक्ष श्री होम गुरुङ्गले संस्थाको तरफबाट पुष्पा गुच्छासहित खादा ओडाई सम्मान गर्नुभएको थियो ।  त्यस्तै कोषको सहयोगार्थ निम्न महानुभावहरुबाट निम्नानुसारका नगद सहयोग प्रदान गर्नु भएको थियो ।

श्रीमति सँगिता गुरुङ्ग (ल्युभेन निवासी)बाट सहयोग स्वरुप युरो ११०
श्रीमान ÷श्रीमति मनिष तथा गँगा गुरुङ्ग (ल्युभेन निवासी )बाट सहयोग स्वरुप युरो १००
श्रीमति प्यारी गुरुङ्ग (ल्युभेन निवासी )बाट सहयोग स्वरुप युरो ५०
श्रीमति शुष्मा गुरुङ्ग (ल्युभेन निवासी )बाट सहयोग स्वरुप युरो ५५
श्रीमान÷ श्रीमति लेखराज तथा बाली गुरुङ्ग (ल्युभेन निवासी )बाट सहयोग स्वरुप युरो ५५
तथा सम्पुर्ण चेलिबेटीको तरफबाट सहयोग स्वरुप युरो ३००

उपर्युक्त नगद सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई कोषको तर्फबाट हार्दिक बधाई सहित खादा ओडाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा कोषका अध्यक्ष श्री होम गुरुङ्गले यस कार्यक्रममा सहयोग पु¥याउनु हुने सम्पुर्ण सदस्यहरु प्रति हार्दिक धन्यवाद प्रकट गरि औपचारिक कार्यक्रम समापन गरिको थियो । कार्यक्रम संचालन यस कोषका सचिव श्री ओमराज गुरुङ्गद्घारा संचालन गरिएको थियो । साथै स्वादिष्ट खानपिन पाश्चत साँझ अवेरसम्म साँगितिक बातावरणले कार्यक्रमलाई अत्यन्त रोचक तथा मनोरणजनमय बनाएको थियो

Posted by Unknown on 8:47 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिक्लेश–पार्चे कल्याण कोष बेल्जियमद्धारा रिँ–च्हमी कैँ पिवा कार्यक्रम सम्पन्न |"

Leave a reply