|

सेवा नै धर्म हो भन्दै पोखरा वृद्धाश्रममा गुरुङसेनी गर्लसको समूह द्दुरा सहयोग |

रोशनी गुरुङ÷पोखरा
पोखरा उपमहानगरपालिका वडा नं. १३ मा रहेको गुरुङसेनी गलर्सको समुहले आज पोखरा वृद्धाश्रममा फलफुल तथा खाद्यन्न सामगी सहयोग गरेको छ । गत भाद्र ७ गते पोखराको भमरकोटपार्टी प्यालेसमा आयोजित तिज विषेश कार्यक्रममा विभिन्न दाताहरुले गरेको सहयोग रकमबाट बचेको रकम आज उनीहरुले आश्रमा रहेका ४९ जना वृद्धाहरुका लागि २० हजार बराबरको चामल, तरकारी फलफुल तथा जुस वितरण गरेको छ भने ४९ जना नै वृद्धाहरुलाई जनही ५१ रुपैयका दरले २ हजार पाँच सय रुपैय नगद समेत वितरण गरेको छ ।
सहयोग सामग्री हस्तान्तरण गर्दे कार्यक्रम संयोजक एवं गुरुङ चलचित्रकी नायिका तिर्थ गुरुङले समाजमा आफुहरु जस्तै अरु युवा युवतीहरुले विभिन्न गरिव तथा असाहयहरुलाई सहयोग गरेको देखेर आफुहरु प्रभावित भएको भन्दै आफुहरुले कार्यक्रमबाट बचाएको रकम थोरै भए पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । सहयोग गर्ने बहानामा आफुहरुले वृद्धावृद्धहरुको आर्शिवाद लिने अवसर पाएको भन्दै उहाँले पोखरा वृद्धाश्रमलाई धन्यवाद समेत दिनुभयो


Posted by Unknown on 4:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सेवा नै धर्म हो भन्दै पोखरा वृद्धाश्रममा गुरुङसेनी गर्लसको समूह द्दुरा सहयोग |"

Leave a reply