|

तमूहरुको पैतृक थलो क्होला सोथरमा धर्मशाला निर्माण |


देवीजंग तमु
पोखरा, भाद« १६

तमूहरुको ऐतिहासिक पैतृक थलो क्होला सोथरमा धर्मशाला निर्माण भएको छ । कास्की नामार्जुङ गाविसमा अवस्थित क्होला सोथरमा ताङतिङका क्रोम्छै, त्होर्जे, लेम्स्यो दिदिवहिनीहरुले क्होला भ्रमणको क्रममा जाने पर्यटकहरुको वासस्थानमा सहज हुने उद्धेश्यले गत भाद« १० गते धर्मशाला निर्माण सम्पन्न गरेको हो ।

तमू प्ये ल्हु संघ युके, क्रोम्छै, त्होर्जे र लेम भाइखलक ताङतिङ तथा पोखरा र क्रोम्छै, त्होर्जे र लेम्स्यो दिदिवहिनी पोखराको विशेष सहयोगमा ऐतिहासिक थलो क्होला सोथरमा त्यहाँका पूराना भग्नावशेषहरु नबिग्रीने गरी धर्मशाला निर्माण गरेको दिदिवहिनीका अध्यक्ष नन माया तमुले वताउनभयो ।


क्होला सोथर भ्रमणमा जाँदा पर्यटक वस्न मिल्ने खालको भवनको लागि करिव २ लाख ११ हजारको धर्मशिला निर्माण भएको दिदिवहिनीहरुले जानकारी दिए ।

यसअघि क्रोम्छै, त्होर्जे र लेम्स्यो दिदिवहिनीहरुले ताङतिङको खेल मैदानको उत्तरपट्टिको ठाडो बाटोमा र उर्दुगौडामा रेलिङ हाल्ने, खेलमैदानमा ट्र र दुई ओटा खानेपानी धारा बनाउने कार्यहरु गरीसकेका छन् ।

Posted by Unknown on 10:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तमूहरुको पैतृक थलो क्होला सोथरमा धर्मशाला निर्माण |"

Leave a reply