|

कास्कीमा पनि निर्वाचन सुरु |

पोखरा, मंसिर ४ गते ।
देशभरजस्तै कास्कीमा पनि आज संविधानसभा सदस्य निर्वाचनको चुनाव सुरु भएको छ ।
निर्वाचन सुरु हुनुभन्दा अघि हिजो कास्कीका विभिन्न ठाउँमा बम बिष्फोटका घटना भएपनि बिहानदेखि अहिलेसम्म कास्कीका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भैरहेको मुख्य निर्वाचन अधिृकतको कार्यालय कास्कीले जनाएको छ ।
मतदान केन्द्रहरुमा बिहानैदेखि मतदाताहरुको लाईन लाग्न सुरु भैसकेको छ । पोखरामा निर्वाचन आयोगले प्रदान गरेको सवारी अनुमतिपत्र पाएका सवारीसाधन मात्रै चलेका छन् भने बाहिरी तथा भित्री सडक सुनसान छ ।
मतदाताहरु हिँडेरै मतदान केन्द्रसम्म पुगेका छन् । कास्कीका विभिन्न १ सय ४७ ठाउँमा २ सय ९२ वटा मतदान केन्द्र तोकिएको छ ।
यसपटकको निर्वाचनमा कास्कीबाट १ लाख ९७ हजार ६ सय ६० जना मतदाताले मतदान गर्दैछन् ।
२०६४ सालमा भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा भन्दा यस निर्वाचनमा कास्कीमा १ लाख १७ हजार ९ सय ७५ मतदाता घटेका हुन् । 

Posted by Unknown on 7:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्कीमा पनि निर्वाचन सुरु |"

Leave a reply