|

दुबईमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट ब्याट हस्तान्तरण सम्पन्न

 चन्द्र रोक्का दुबाई ,
 वर्ल्ड कप २०/२० छनौट खेलमा नेपाली टिमको ब्याटिंग मजबुत बनोस र सफल होस् भन्ने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ब्याट प्रदान गर्न आर्थिक सहयोग गर्नुहुने समाजसेवी तथा सहयोगी हातहरुको नाम तथा सहयोग राशि यस प्रकार छ | छोटो समयमा सम्पूर्ण क्रिकेट प्रेमी तथा समाजसेवी मित्रहरुले देखाउनुभएको हार्दिकता र देश प्रतिको समर्पण प्रति हृदयदेखि नै कृतज्ञता प्रकट गर्न चाहन्छु | यहा हरुको सहयोग बिना यो कुनै पनि हालतमा सम्भब थिएन र फेरि पनि मुरी मुरी धन्यबाद दिन चाहन्छु | यो कार्यमा अहिले सम्म ३५ जना महानुभाबहरुले सहयोग गर्नु भएको छ तर यो सफल पार्न केहि मित्रहरुले बिशेष भूमिका खेल्नु भएको छ उहाहरुको नाम नलिईरहन सक्दिन | एन आर एन युएईका उपाध्यक्ष सुदिप कार्की, युवा संयोजक प्रकाश पौडेल, एन आर एन युएई का निबर्तमान महासचिब सन्तोष प्रसाईं, नेपाली क्रिकेट फ्यान क्लबका सन्जिब खड्का, रसल्खेमा एन आर एन का अध्यक्ष मेघराज सापकोटा, नागरिक समाज युएई का अधक्ष्य हिरालाल श्रेष्ठ, क्रिशोल पौडेल तथा पत्रकार महासंघ युएईका अधक्ष अर्जुन दाहाल सबैलाई हार्दिक धन्यबाद दिन चाहन्छु | जम्मा उठ्ने रकम ११३२५ युएई दिरहम जसमा ४८६० दिरहम को ५ वटा ब्याट खरिद गरि क्याप्टेन पारस खड्का र टिम मेनेजर पूर्ण लामा जी लाइ हस्तारण भैसकेको छ | बाकी रकम ६४६५ युएई दिरहम बाकी छ यदि टिम राम्रो खेल खेल्दै गयो भने सबै खेलाडी लाइ एक एक वटा ब्याट गिफ्ट गर्ने शुझाब आएको छ धेरै डोनर साथीहरु बाट र सबैलाई ब्याट प्रदान गर्न हामीलाई अझै ६५० युएस डोलर को कमि हुन्छ जुन पक्कै पनि अरु सहयोगी हातहरु बाट उपलब्ध हुने छ भन्ने आशा गर्दछु | यसमा केहि छुटेको भए सुझाब दिनुहोला र सहि समयमा सहि कामको लागि सहयोग र साथ् दिनुभएकोमा सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यबाद तथा कृतज्ञता ब्यक्त गर्न चाहन्छु 

Posted by Unknown on 7:34 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट ब्याट हस्तान्तरण सम्पन्न "

Leave a reply