|

पोखरामा लगातार चार विस्फोट |

पोखरा, ३ मंसिर 
भोली मंसिर ४ गते निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जानकारी दिईसकेको छ । तर निर्वाचन विरोधीहरुले निर्वाचन विथोल्ने लक्ष सहित ठाउँ ठाउँमा बम विस्फोट गराएका छन् । पोखरा र लेखनाथमा गरि साँझ चार स्थानमा बम विस्फोट भएको छ । पोखराको माटेपानी,  सृजनाचोक, तालबराही उच्च मावि नजिक र लेखनाथको तालचोकमा बम विस्फोट भएको स्थानियबासीहरुले बताएका छन् । बाक्लो सुरक्षा तैनाथीलाई छिचोल्दै नगर क्षेत्र भित्रै विस्फोट भएपछि पोखराबासी भयभित भएका छन् ।
बम विस्फोटबाट घरहरुको सिसा फुटेको स्थानीयले बताएका छन् । अन्य क्षेतीको विवरण भने आएको छैन । यसअघि शुक्रबार काँहु र शनिबार सराङकोट ६ गुफाडाँडामा विस्फोट भएको थियो । विस्फोटबाट मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

Posted by Unknown on 7:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरामा लगातार चार विस्फोट |"

Leave a reply