|

पोखराको सडकमा हिजोअस्तिको तुलनामा आज बढि सवारी साधन गुडेका छन्

पोखराको सडकमा आज हिजोअस्तिको तुलनामा बढि सवारी साधन गुडेका छन् । बजार, पसल, सरकारी तथा गैरसरकारी कार्यालयहरु खुलिरहेका छन् भने पर्यटक तथा माईक्रोबसहरु पनि निर्वाध चलिरहेका छन् । नेकपा माओवादी सहितको ३३ दलिय मोर्चाले आहृवान गरेको आमहड्तालको पहिलो दिनदेखि नै बन्द अवज्ञा भएको पोखरामा आज स्थानीय माईक्रोबस, ट्याक्सी र २ पाङ्ग्रे सवारी साधन बढि गुडेका हुन् । आज बिहान मात्रै १ सय भन्दा बढि पर्यटकिय बस तथा देशका विभिन्न ठाँउका लागि छुटेका यात्रुबाहक बस र ट्रकहरुलाई प्रहरीले स्कर्टिङ्ग गरि पठाएको छ । क्षेत्रीय प्रशासन कार्यालय पोखराले पनि कास्की जिल्लामा बन्दको प्रभाव सामान्य रहेको जनाएको छ । बन्द आहृवानको बेला अन्य क्षेत्रको तुलनमा कास्कीमा त्यस्ता ठूला अप्रिय घटनाहरु नभएपनि पोखराको चोकचोकमा २५ गतेदेखि नै नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्यादी प्रहरी लगायतलाई खर्टाईएको छ भने हिजोदेखि यहाँका सडकमा आर्मीहरु पनि खटिएका छन् । पोखरा भित्रने सबै नाका, प्रत्येक चोक तथा सम्वेदनशिल क्षेत्रहरुमा पनि ठूलो मात्रामा सुरक्षाकर्मी खर्टाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तर सामान्य दिनको तुलनामा जस्तोगरि भने पोखरामा सवारी साधन अझैपनि चल्न सकेको छैन । विषेशगरि माईक्रोबस, पोखरा वेगनासताल छुट्ने बस, पोखरा दमौली लगायतका मझौला रुटमा चल्ने गाडीहरु अहिलेपनि न्यून मात्र चल्न सकेका छन् । अहिले बढिमात्रामा पोखरा काठमाण्डौं चल्ने माइक्रोबसहरुले सेवा दिएका छन् । पोखरामा अधिकांश व्यक्तिहरु पेशा व्यवसायका लागि बाहिरी जिल्लाहरुबाट आई बसेको हुनाले १० दिने लामो आमहड्ताल घोषणापछि आ-आफ्नो गृहजिल्ला हिडेका कारण र उनिहरु अब भोट हालेर मात्रै पोखरा र्फकने भएकाले धेरै ट्याक्सी र माईक्रो तथा मझौला रुटका गाडीहरु ग्यारेजमा थन्किएको यातायात व्यवसायीले बताएका छन् । पोखराको सडक दशैं तिहार जस्ता ठूला चाडहरुमा जस्तै खुल्ला भएको उनिहरुको भनाई छ ।

Posted by Unknown on 3:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखराको सडकमा हिजोअस्तिको तुलनामा आज बढि सवारी साधन गुडेका छन्"

Leave a reply