तमु प्ये ल्हु संघ युएईको समर बर्बिक्यु कार्यक्रम भब्यताका सम्पन्न


भिम लम गुरुङ ,तमु प्ये ल्हु संघ युएई

गत २१ अगस्ट २०१५ शुक्रबार दुबइको जबील पार्क स्थित तमु प्ये ल्हु संघ युएईको समर बर्बिक्यु तथा बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष मुक्ती टु क्ल्हेप्री तमुको सभापतित्व सम्पन्न कार्यक्रमको संयोजन महासचिब भिम लम तमुले गरेको थियो । बर्बिक्यु कार्यक्रमका मुख्य अतिथी संघका प्रमुख संरक्षक भु पु कर्नेल सुबिराज चोर्मी तमु थियो भने संरक्षक टक लम् तमु, प्रमुख सल्लाहकार यम प्रसाद क्यप्छे तमु, भू पु अध्यक्ष एबम सल्लाहकार एकजङ प्ल्हेमे तमु, नेपाल जनजाती महासंघ युएईका अध्यक्ष डेरराज लम् तमु,तमु समाज युएईका अध्यक्ष उषा तमुस्यो साथै प्रमुख सल्लाहकार राजु तमु,तमाङ समाज युएईका कार्यकारी अध्यक्ष महेश मोक्तान,याख्थुम चुम्लुङ युएईका अध्य्क्ष सरोज पङ्हङो र लम्जुङ्ग सम्पर्क समिति युएईका अध्यक्ष राजु घले लगायतका अतिथिहरु रहेका थिए भने उपस्थित सबैलाई संघ संरक्षक टक लम तमुले हार्दिक स्वागत गर्दै धन्यवाद दिएको थियो । सो कार्यक्रम संघका महासचिब भिम लम् तमुले संचलन गरेको थियो ।  
लामो समयदेखी यूएईमा कार्यरत भू पु सल्लाहकार शिब लम् तमु कर्मथलोलाइ बिट मार्दै जन्मभूमि नेपाल प्रस्थान गर्न लागेको अवासारमा बिधाई एबम सम्मान गरिएको थियो भने हालै तमु प्ये ल्हु संघ केन्द्र नेपालबाट सम्पन्न गोरखा जिल्लाको विभिन्न गुरुङ गाउँहरु पाँचखुवा, देउराली, अमले,आरुआर्वाङ, कल्लेरी, भोक्टेनी, आपृक गाउँ र मनकाना गाविस स्थित करन्टार गाउँहरुमा पहिलो पटक ऐतिहासिक तमु जातीको भाषा,धर्म र संस्कार सस्कृति  सम्बन्धी प्रचार प्रसार एबम जनचेतनामुलक कार्यक्रम प्ये ताँ ल्हु ताँ विचार विमर्श अभियानलाई बिदेशी भुमिबाट उल्लेखनीय सहयोगी भुमिका निभाउनु हुने गोरखा जिल्ला कल्लेरी गाउँ भई हाल तमु प्ये ल्हु संघ युएई साखाका सदस्य तथा युवा समाजसेवी तिलक तमुलाई क्रेगि तथा सम्मान पत्रले सम्मान गरिएको थियो |
बिगतको बर्षहरुमा झै यस वर्ष पनि युएइमा छरिएर रहेको सम्पूर्ण तमुहरु लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुको बाक्लो उपस्थीति रहेको कार्यक्रमको मुख्य प्रायोजान भु पु अध्यक्ष तथा सल्लाहकार एकजङ प्ल्हेमे तमुले गर्नु भएको थियो भने प्रमुख सल्लहकार यम प्रशाद क्यप्छे तमु,सचिब मिन तमु,कोषाध्यक्ष मनु भ्लोब्लो तमु,सदस्य लालसुब्बा थिमे तमु र खेल प्रमुख श्याम तमु लगायतले गरेका थिए ।

 

 बिभिन्न नेपाली परिकार पस्किदै सुरु गरिएको कार्यक्रममा खेलकुद प्रमुख श्याम तमुले रुमाल लुकाई,घैटो फुटाई, तातो आलु,क्रेजी फेस जस्ता खेल खेलाउदै मनोरन्जन प्रदान गरेको थियो भने खेलमा क्रमश बृन्दा तमुस्यो र शन्ती तमुस्यो,खुम बहादुर तमु,गणेश थापा,शन्ती तमुस्यो र दिल बहादुर तमुले जितेका थिए भने पुरुस्कार पनि खेल प्रमुखले नै प्रायोजान गरेको थियो । यसैगरी तमु प्ये ल्हु संघ शाखा युएईको खेलकुदमा सदैब सहयोग गर्नु हुने हेमलाल डुम्रे अनी चेलीबेटीहरुमा सकृया भुमिका निर्भाह गर्नु हुने सपना टु क्ल्हेप्री तमुस्योलाइ पनि पुरुस्कार बितरण गरी प्रोत्साहित गरेका थिए ।  


 अन्त्य भाग्यशाली चिठ्ठा खोल्दै पुरुस्कार बितरण गरेको थियो सो चिठ्ठा प्रथम राज तमाङ, दास्रो जोतुन पौडेल र तेस्रो खगेन्द्र भट्टराईलाई परेको थियो भने सोही कार्यक्रममा सार्दिखोला क्होईबो धी निर्माण सहयोगार्थ संकलन रु६५७२२- जम्मा भएको र संकलन कर्ता सन्तोष तमुले रु २५०५१- प्रदान गर्ने घोषणा गर्नुका साथै यस कार्यक्रमलाई हृदयदेखी नै सहयोग पुर्यामउनु हुने कमल तमु र राजु घलेलाई बिशेष धन्यवाद सहित हाम्रो निमन्त्रनालाई स्विकारी पाल्नु हुने अतिथी सबैलाई हार्दिक धन्यवाद दिदै संघका अध्यक्षले कार्यक्रम समापन गरेको थियो ।


11:53 AM | Posted in | Read More »

एनआरएन अध्यक्ष शेष घले द्दुरा खाडी मुलुकमा अलपत्र नेपालीका लागि १० करोडको कोष स्थापना घोषणा |


खाडी मुलुकमा अलपत्र नेपालीका लागि १० करोडको कोष स्थापना गर्ने एनआरएन अध्यक्ष घलेको घोषणा |
\

दोहा -कतार


 गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले स्कूल जाने उमेरका नेपाली युवायुवती श्रम बेच्न त्रिभुवन बिमानस्थलमा लाइन लागेको देख्दा आफ्नो मुटु पोल्ने गरेको र त्यही दृष्यका कारण आफु कैयौं रात निदाउन नसकेको बताएका छन् ।गैरआवासीय नेपाली संघ कतारको छैटाैं अधिवेशनमा प्रमुख अतिथिका रुपमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष घलेले अाफ्नो निद्रा खल्बलाउने त्यही समस्या समाधानका लागि अाफ्नो दुर्इ बर्षे कार्यकालमा अधिकतम कोसिस गरेको बताए । साथै उनले मलेसिया तथा खाडी मुलुकमा अलपत्र परेका कामदारलाई लक्षित गरी स्थापना गरिएको कल्याणकारी कोषले छिटै काम थाल्ने बताएका छन् । कोषको संचालन विधि र थप रकम जुटाउने काममा धेरै समय लागेको भन्दै अध्यक्ष घलेले अब सरकारसँग म्याचिङ फण्डको आश नगरी गैरआवासीय नेपाली संघले नै १० करोडको कोष स्थापना गर्ने बताए । कोष संचालनको तयारी गरिरहँदा मुलुक महाभूकम्पको पीडामा परेकाले प्राथमिकता फेरिन पुगेको बताए ।

स्कूलमा पढाई गर्नुपर्ने उमेरका नेपाली युवाहरु हातमा पासपोर्ट र झोला बोकेर आफ्ना श्रम बेच्न परदेशी भूमीमा जाने ब्यग्रताका साथ हजारौंको संख्यामा लाइन बसिरहेको त्यो दृष्यले मलाई जहिल्यै पिरोलिरह्यो । हामीले आखिर किन सीप बिनै यस्ता कलिला युवाहरुलाई निर्यात गरिरहेका छौं ? सीप सिकेर बिश्वबजारमा हाम्रो जनशक्तिलाई प्रतिस्पर्धी बनाउनेतिर हाम्रो किन जोड हुन सकेन ? त्यही कारण बर्षमा करिव एक हजार पाँच सयको संख्यामा बिदेशी भूमीमा नेपाली युवाहरुले ज्यान गुमाउन पुरिरहेकेा छ, हजारौं अन्य घाइते भइरहेका छन् । आखिर यो श्रृङ्खला कहिलेसम्म जारी रहने हो ?’ घलेले भने-‘ यिनै प्रश्नले म कैयौं रात निदाउन सकेको छैन् ।’
खाडी मुलुकका श्रमिकका लागि एनआरएनले के गर्‍यो भनेर धेरैले नेतृत्वलाई प्रश्न गर्ने गरेको उल्लेख गर्दै घलेले भने- मसँग जवाफका लागि यो दुई बर्षमा गरेका दर्जनौं कामको फेहरिस्त छ, तर म यहाँहरुलाई संक्षेपमा भन्न चाहान्छु कि मलाई जुन दृष्यले रातभर निदाउन दिएन, मलाई जुन दृष्यले बर्षौंसम्म पोलिरह्यो, त्यही दुखाई कमगर्न मेरो समय र सीप खर्च गरिरहेको छु, केही चिजमा नतिजा आउँदैछ, र केही प्रकृयामा छन् ।’
बिदेश आउने कामदारलाई सहि सूचना दिन वकिल र सूचना अधिकारीसहितको सूचना केन्द्र स्थापना गरिएको, बिदेशबाट फर्किएका कामदारलाई सहुलियत ऋण प्रवाहका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीसँग सम्झौता गरिएको, फर्किएका कामदारलाई तालिम दिन उद्यमशीलता बिकाश गर्न पौरखी र युएन वीमेन लगायतका संस्थासँग सम्झौता गरी काम अगाडी बढाएको उनले जानकारी दिए । दुवईका अनिल खालिङदेखि साउदीका रामकुमारसम्मलाई उद्धार गर्न एनआरएन सक्रिय भएको र अफि्रकी मुलुकमा नेपाली चेलिबेटी बेचबिखनको समस्या समाधान गर्न आफुले अफ्रिकी मुलुकमै पुगेर पहल गरेको घलेले बताए ।
दुःखमा परेका नेपाली कामदारका लागि सवैभन्दा ठूलो काम नै कल्याणकारी कोष रहेको भन्दै उनले विना ढिलासुस्ती पिडीतले राहत पाउन र यो कोष बषौर्ै चलोस भनेर बलियो संरचना बनाउन लागिरहेको बताए । आगामी दिनमा अथाह सम्भावना र विशाल चुनौती रहेकाले आफ्नो स्वार्थका लागि संस्थालाई नमुछ्न आग्रह गर्दै घलेले नेतृत्व गर्ने कुरालाई हल्का रुपमा लिन नहुने उल्लेख गरे । कार्यक्रममा कतारस्थित नेपाली दुतावासका कार्यवाहक राजदुत मणीरत्न शर्माले दुतावाससँग एनआरएनए कतारको सहकार्य तथा विदेशमा भाइचाराको विकासका लागि एनआरएनहरुको भूमिकाको प्रशंसा गर्दै सरकारले समेत मद्धत गरिरहेको बताए । एनआरएनएका उपाध्यक्ष टीबी कार्कीले गैरआवासीय नेपाली संघको अभियानमा मलेशिया लगायत खाडी मुलुकका समस्याहरुबारे बताउँदै भूकम्पपीडितको सहयोगमा एनआरएनएको अभियानबारे जानकारी दिए । महासचिव कुमार मन्तले ‘नेपालमा गरिवीका कारण २० बर्षको लक्का जवान बुढो भएर नेपाल फर्किने सम्भावना औंल्याए । युवाहरुको पलायनकै कारण मुलुकको विकास पछाडि परेको उल्लेख गरे । सचिव रन्जु थापाले खाडी क्षेत्रमा महिलाहरुले पाउने दुःखको महशुस आफूलाई समेत भएको बताईन् ।कार्यक्रममा एनआरएनएका सल्लाहकार तथा आगामी कार्यकालको नेतृत्वका आकांक्षी रतन झाले समय, क्षमता र स्रोतलाई प्रयोग गरेर नेपाललाई सहयोग गर्नुपर्ने बताए ।

सल्लाहकार नरेन्द्र भाटले मध्यपूर्वमा २० लाख नेपालीहरु कार्यरत रहेको र सबैका प्रायः एकैखाले समस्या रहेको बताए । कार्यक्रममा बहाराईनका आईसीसी सदस्य जेवी सापकोटा र ओमानका प्रतिनिधि डिबी क्षेत्रीले गल्फ संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । कार्यक्रमका विशेष अतिथी एनआरएनए आईसीसीका पूर्व उपाध्यक्ष सागर नेपालले संस्थाको स्थापनाकाललाई स्मरण गर्दै सच्चा नेपाली सपुतको रुपमा एनआरएनएले काम गरेको बताए ।
कहिलेकाहीँ एनआरएनएका बारेमा नराम्रा कुरा सुन्दा मुटु दुख्ने गरेको बताउँदै संस्थामा काम गर्ने चाहाना हुनेको भिडलाई सकरात्मक रुपमा लिनुपर्ने उनले बताए । एनआरएनए कतारका संस्थापक अध्यक्ष कमलमणि गुरागाईले संस्थाको महाधिवेशन शुरु हुँदै गर्दा विभिन्न आरोप लागे पनि अन्त्यमा नेतृत्व धन्यवादको पात्र बन्ने गरेको बताउँदै साझा सँस्थालाई साझा रुपमा हेरिनुपर्ने बताए । कार्यक्रममा विभिन्न अभियानमा एनआरएनए एनसीसी कतारलाई सहयोग गरेको भन्दै कतारमा स्थापित संघसंस्था तथा व्यक्तित्वहरु, संस्थामा सक्रिय भूमिका खेल्ने टिम तथा अग्रजहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।एनआरएनए एनसीसी कतारले महाधिवेशनमा प्रकाशित मुखपत्र ‘ दोहा द्रपर्ण’ को छैठौं अंकको एनआरएन अध्यक्ष घलेले बिमोचन गरेका थिए ।
एनआरएन कतारका अध्यक्ष मक्सुद आलमको सभापतित्वमा भएको उद्घाटन समारोहको सञ्चालन महासचिव बिनोद भट्टराईले गरेका थिए

8:18 PM | Posted in | Read More »

तमु प्ये ल्हु संघ युएई शाखाको नयाँ नेत्रित्व,ताङतिङ गाउँमा क्होइबो बनाउन करिब साँढे ३ लाख रुपैया आर्थिक सहयोग |

उमाकान्त पाण्डे / यूएई(दुबई),फागुन २४ - तमु प्ये ल्हु संघ युएईको तेस्रो अधिवेशन नयाँ कार्य समिती निर्माण गर्दै दुबइमा सम्पन्न भएको छ । गत शुक्रबार दुबइको जबिलपार्कमा भएको संघको तेस्रो अधिवेशनले समाजसेबी तथा बुद्दिजिबी मुक्ती टु क्ल्हेप्री तमु अध्यक्ष रहेको २१ सदस्य रहेको नयाँ कार्यसमिति निर्माण गरेको हो ।

संघको नयाँ कार्य समितिको वरीस्ठ उपाध्यक्ष ओम पहच्यु तमु, उपाध्यक्ष राकेश लेम तमु, महासचिव भिम लम तमु (सविनय), सचिब सपना टु क्ल्हेप्री तमुस्यो र मिन पहच्यु तमु रहनु भएको छ । त्यस्तै संघको प्रबक्तामा गंगाको क्ल्हेप्री तमु, कोषाध्यक्ष मनु भ्लोव्लो तमु, सह-कोषाध्यक्ष, नन्द क्रोम्छे तमुस्यो रहनु भएको छ । त्यस्तै सदस्यहरुमा योम म्हौछे तमु, लाल सुब्बा थिमे तमु, उषा कोन्मे तमुस्यो, कलिमाया क्रोम्छे तमुस्यो, नानु टु क्ल्हेप्री तमुस्यो रहनु भएको छ ।

२१ सदस्यिय रहने नयाँ कार्यसमितिमा थप ७ सदस्यहरु संघको आगामी बैठकले मनोनय गर्ने छ ।

संघका निवर्तमान अध्यक्ष एकजङ प्ल्हेमे तमुको सभापतित्वमा सम्पन्न अधिबेसनमा यूएईमा रहेका संघमा आबद्द तमुहरुको बाक्लो उपस्थिती थियो ।  अधिवेशनमा संघले विगतमा गरेका सामाजिक सेवाका फेहरिस्ता प्रतिवेदन निवर्तमान अध्यक्ष एकजङ गुरुङले प्रस्तुत गर्नु भएको थियो ।  

ताङतिङ गाउको निर्माणका लागि यूएई बाट ३ लाख २५ हजार आर्थिक सहयोग

तमु समुदायको एतिहासिक तथा पर्यटकिय स्थलको रुपमा परीचित गाउको बिकास गर्न आर्थिक संकलन अभियान सन्चालन गरिएको छ ।
कास्की रहेको नामार्जुङ गाविस ताङतिङ गाउँमा तङ्तिङ क्होईबो (तमुहरुको धार्मिक स्थल)निर्माण गर्न यूएई बाट ३ लाख २५ हजार नेपाली रुपैया संकलन गरिएको छ ।

विदेसिएका ताङतिङेहरुले समेत गाउँमा क्होईबो निर्माण गर्न लागि परेका छन । खाडीमुलुक यूएई , कुवेत, इजरायल तथा अमेरिका , बेल्जियम , हङकङ , यूके लगायतका मुलुकमा रहेका तमुहरुले आर्थिक सकलन अभियान चलाएका छन । हालसम्म यो अभियान मार्फत ५ लाख बढी रकम सकलन भईसकेको छ ।

हिमालको काखमा रहेको ताङतिङबाट अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो र लमजुङ हिमालको मनोरम दृश्य देखिन्छ। गाउँबाट पारी सिक्लेस गाउँ छ।

घलेगाउँ, ताङतिङ हुँदै सिक्लेसबाट घलेखर्क निस्कने पदमार्ग विकास गर्न सके यो क्षेत्रको आर्थिक स्थिति उकासिन सक्छ। 'हामी त्यसका लागि एक्याप, टान र पर्यटन बोर्डसँग सहकार्य गर्दैछौं,' ताङतिङ गाउ निर्माणका अभियान्ता त्यस गाउका पुर्व वार्ड अध्यक्ष हाल यूएईमा कार्यरत एकजङ गुरुङले  भन्नुभयो

3:49 AM | Posted in | Read More »

दुवई युएईमा तमुस्यो चेलीबेटीहरुलाई भोज तथा सम्मान



एकाजङ्ग प्ल्हेँ तमु, दुवई ।

हिजो ०६ फेब्रुअरी २०१५, शुक्रबार, अबुधाबिको मुसफा स्थित अरब उडुपी रेष्टुरेण्ट एण्ड होटेलमा विगत बर्षहरुमा जस्तै माघे सक्रान्तिको अवसरमा तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईको संयुक्त आयोजनामा तमु जातिको ल्होसारपछिको दोश्रो ठुलो नारी (महिला) पर्व माघे सक्रान्ति एक भव्य कार्यक्रमबीच भोज तथा सम्मान गर्दै विदेश जस्तो ठाउँमा पनि आफ्नो मौलिक तमु परम्परालाई कायम राख्दै स्योँकै खाएर मनाएकोछ ।

तमु प्ये ल्हु संघ युएईका अध्यक्ष तथा तमु समाजका उपाध्यक्ष एकाजङ्ग प्ल्हेँ तमुको सभापतित्वमा सम्पन्न कार्यक्रममा तमु प्ये ल्हु संघ युएईका महिला सल्लाहकार श्रीमती मिना कुमारी तमुस्यो प्रमुख अतिथि रहेका थिए भने तमु समाज युएईका संरक्षक याम तमु, प्रमुख सल्लाहकार राजु तमु, तमु समाज युएईका अध्यक्ष श्याम तमु, अबुधाबि क्षेत्रिय तमु समाजका सल्लाहकार गुन्जमान तमु,  पुर्णिमा  तम्स्यो, लम्जुङ्ग सम्पर्क समितिका अध्यक्ष राजु घले, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डेरराज लम् तमु, तमु समाज महिला विभाग प्रमुख उषा तमुस्यो तथा तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईका विशिष्ट व्यक्तित्वहरुको क्रमशः आतिथ्य रहेको थियो ।


प्रमुख अतिथि श्रीमती मिना कुमारी तमुस्योको बाहुलीबाट पानसमा दियो प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख सल्लाहकार राजु तमुले स्वागत मन्तव्य दिएका थिए भने महिलाहरुको तर्फबाट ईशानी तमुस्यो र पुरुषहरुको तर्फबाट  क्षेत्रिय अबुधाबि तमु समाजका प्रमुख सल्लाहकार गुन्जमान तमुले स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए ।


कार्यक्रममा गत जनवरी ९ तारिखमा सम्पन्न भएको तमु ल्होसार २०१५ कार्यक्रममा आफ्नो कुशल कला प्रस्तुत गरी कार्यक्रमलाई मनोरन्जनात्मक एवं सफल बनाउन योगदान दिएका स्थानिय कलाकारहरुलाई प्रमुख अतिथि श्रीमती मिना कुमारी तमुस्यो तथा अन्य अतिथिहरुद्धारा कदर पत्र सहित मायाको चिनो प्रदान गरिएका थिए भने कार्यक्रममा उपस्थित सम्पूर्ण चेलीवेटीहरुलाई तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईले मायाको चिनो पछ्यौरी दिएका थिए । यसैगरी हरेक बर्ष आयोजकको तर्फबाट प्रदान गरिने उत्कृष्ट चेली अवार्ड प्रमुख संरक्षक याम तमुको बाहुलीबाट उत्कृष्ट चेली उषा तमुस्योलाई प्रदान गरिएको थियो ।

अमृत तमु, ईन्द्र तमु र महासचिव मुक्ति टु तमुले क्रमशः औपचारिक, साँस्कृतिक र सम्मान कार्यक्रम सन्चालन गरेका थिए भने कार्यक्रमको अन्तमा विभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । यसैगरी मृगौला पिडित स्याङ्गजा जिल्ला, मनकामना गाउँ निवासी नरमती तमुको सहयोगार्थ तमु प्ये ल्हु संघ युएई तथा तमु समाज युएईको पहलमा संकलन गरिएको आर्र्थिक रकम Dh 1,719 ने.रु. ४,६०० वहाँका भाई तमु समाजका सल्लाहकार सदस्य रोशन तमुलाई हस्तारण गरिएको थियो ।


अन्तमा चेलीवेटी भोज तथा सम्मान कार्यक्रमका प्रायोजकहरु  यम प्रसाद तमु, राजु तमु, मुक्ति तमु ,डेरराज तमु ,शिव लम तमु , एकजङ तमु ,राजु घले ममता (जिया) तमुस्यो  ,तमु प्ये ल्हु संघ युएई का चेलीबेटीहरु र  आयोजक, प्रायोजक सबैलाई धन्यवाद दिँदै अहिलेको अवस्था तमु जातिको पहिचानको लागि एकता हुनु पर्ने हो भन्दै विश्वभरि छरिएर बसेका सबै तमुहरुलाई मौलिक संस्कार, सँस्कृति तथा भाषा संरक्षण र सम्र्बधनको लागि आव्हान गर्दै समापन गरिएको थियो ।  फोटो - फोटो - गंगा को घ्याप्री गुरुङ ,
 सयोजक  तमु प्ये ल्हु संघ युएई 

3:41 AM | Posted in | Read More »

युएई आबुधबिमा भोलि हुने तमु ल्होसारको अन्तिम तयारी |

 युएई आबुधबिमा भोलि हुने तमु ल्होसारको अन्तिम तयारी
 आबुधाबी, पुस २४ – जनवरी ९ मा आबुधबिमा हुने तमु ल्होसारमा आफ्नो प्रस्तुतिका लागि चर्चित लोक गायक प्रजापति पराजुली यूएई आइपुगेका छन् ।

तमु समाज र तमु प्ये ल्हु संघ यूएईको संयुक्त आयोजनामा हुन गइरहेको “ल्हु ल्होसार” मा आफ्नो सांगीतिक कोशेली पस्कनका लागि पराजुली हिजो  बुधबार यूएई आइपुगेका हुन् । तमु समाजका संरक्षक यम तमु तथा तमु प्ये ल्हु संघ युएईका कोष- अध्यक्ष ओम बहादुर  तमु , महासचिब  मुक्ति तु तमु लगायत  समाजका अन्य सदस्यहरुले बिमानस्थलमा पुगी उनको स्वागत गरेका थिए । कार्यक्रममा आफ्नो प्रतिभा देखाउनका लागि रजनी तमुस्यो र सबिन तमु यस अघि नै यूएई आइसकेका छन् ।


नेपाली लोक सांगीतिक क्षेत्रमा निकै प्रशंसा बटुलीसकेका गायक पराजुलीले बिभिन्न लोक भाकाहरुलाई शुक्रवार दर्शकसामु प्रस्तुत गर्नेछन । साथमा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति समेटिएको कार्यक्रमका ब्यबस्थापन प्रमुख गुन्जमान गुरुङले बताएका छन् । तमु जातीको नयाँ बर्ष (पुष १५) को अवसरमा तमु समाजले सधैं झैं यस बर्ष पनि बिबिध कार्यक्रम सहित तमु ल्होसार मनाउन लागेको हो ।

यूएईमा रहेका तमु समुदायले बिशेष पर्वहरुमा तमुहरुको संस्कृति झल्कने खालका कार्यक्रमहरु गर्दै आइरहेका छन् । सोहि सिलसिलामा जनवरी ९ , शुक्रवारका दिन आबुधबिमा “ल्हु ल्होसार” मनाउन लागिएको हो । आबुधबिको एयरपोर्ट रोडको अल नाहदा गर्ल्स स्कुलको सभा हलमा आयोजना हुने उक्त सांस्कृतिक कार्यक्रममा झन्डै १५०० दर्शकहरुको सहभागिता रहने आयोजकले दाबी गरेका छन् । कार्यक्रममा यूएईका लागि नेपाली राजदुत धनन्जय झाको समेत उपस्थिति रहने बुझिएको छ ।

5:08 AM | Posted in , | Read More »

इजरायलको राजधानी तेलाविवमा तमु ल्होसार भब्यारुपमा सम्पन्न |

इजरायलको राजधानी तेलाविवमा तमु ल्होसार भब्यारुपमा सम्पन्न

दिपेन गुरुङ - तमु प्ये ल्हु संघ इजरायल,

'प्ये म्हास्य छ्य म्हमु ,छ्य म्हास्य ल्हु म्हमु ,ल्हु म्हास्य म्ही म्हमु'''तमु प्ये ल्हु संघ इस्रेयलको अयोजना गरेको ल्हु ल्होसार भब्य ,शब्य रुपले ०२ जनवरी २०१५ शुक्रबार लेबन्दा ३२ तेलाविव, इजरायलमा सम्पन्न भएको छ | सो समारोह प्रमुख अथिति को असन ग्रहण नेपाली राजदुताबासका सचार्य कमल प्रसाद कोइरालाले ज्यु ले गर्नु भएको थियो |बिशेस अथिति नारी आवाजका अध्यक्ष नेहा तमुस्यो हुनुहुन्थ्यो भने विभिन्न संघ सस्थाका प्रतिनिधि तथा तमु मौलिक धर्म लाई अगाल्ने तमु समुदाय को ठुलै जमघट थियो |सो कार्यक्रम तमु प्ये ल्हु संघ इस्रेयलका महासचिव दिपेन तमु ले संचालन संचालन गर्नु भएको थियो ,भने कार्यक्रममा स्वागत मन्तब्य सल्लाहकार बिमल तमुले गर्नु भएको थियो |कार्यक्रममा प्रमुख अथिति नेपाली राजदुता बासका सचार्य कमल कोइराला ज्यु ले शुभकामना सहित मन्तब्य दिनु भएको थियो |बिशेस अथिति नेहा तमुस्यो ले तमु प्ये ल्हु इजरेयलको स्थापना हुनु को पछाडिका कारण प्रस्ट पर्नु भएको थियो |

त्यसै गरि तमु प्ये ल्हु संघका सदस्य उमा तमुस्योले तमु प्ये ल्हु संघले गरेको सामाजिक कार्य हरुको बारेमा प्रस्ट पर्नु भएको थियो |तमु प्ये ल्हु इज्रेयलका उपाध्यक्ष् सबिता तमुस्यो रुपाले पैरु(रुपा ) ल्हु ल्हो का सल्लाहकर बिमल तमु लाई लगाई दिनु भइ ल्हु ल्हो लाई स्वागत गर्नु भएको थियो |एक बर्षको अन्तरलमा सहयोग गर्नु हुने इस्रेयल बाशी तमु तथा नेपाली हरु लाई प्रमुख अथिति नेपाली राजदुताबासका साचार्य श्री कमल प्रसाद कोइराला ज्यु तथा बिसेष अथिति नेहा तमुस्यो ज्यु बाट सम्मान स्वरुप प्रमाणपत्र हस्तान्तरण गरिएको थियो |सभाको अध्यक्षता तमु प्ये ल्हु संघ इजरेयलका अध्यक्ष् निर्मला तमुस्योले गर्नु भएको थियो |कार्यक्रममा भिबिन्न कलाकार बाट गुरुंग नृत्य ,तथा नेपाली नृत्य हरु प्रस्तुत गर्नु भएको थियो |यसरि इस्रेयालमा ल्हु ल्होसार लाई स्वागत तथा त ल्हो लाई बिधाई गरि ल्होसार २०७१ सम्पन्न गरियो |

तमु प्ये ल्हु संघ इजरायल

10:55 AM | Posted in | Read More »

पाँच वर्षमा २० लाख बढी नेपाली युवा वैदेशिक रोजगारीमा विदेश गए

बितेको पाँच वर्षमा रोजगारीको खोजीमा २० लाखभन्दा बढी युवा विदेश पलायन भएका छन्। यो तथ्यांकले आन्तरिक बजारमा रोजगारीको चरम अभाव रहेको पुष्टि गरेको छ। बिदेसिनेको संख्या प्रत्येक वर्ष बढिरहेकाले सरकारले केही वर्षयता ल्याएको युवा केन्द्रित स्वरोजगारका विभिन्न कार्यक्रमसमेत प्रभावकारी नभएको देखिएको छ। विगत पाँच वर्षयताको आँकडा अध्ययन गर्दा प्रत्येक पछिल्ला वर्षमा बिदेसिनेको संख्या बढेको छ। सरकारी अनुमति लिएरै बिदेसिने पाँच वर्षमा २० लाख नाघेका छन्। यसबाहेक अवैध तरिकाबाट रोजगारीको खोजीमा मुलुक छाड्नेको संख्या पनि ठूलो रहने गरेको छ। सरकारको स्वीकृति नलिई वैदेशिक रोजगारीमा जानेको वास्तविक तथ्यांक छैन।

10:04 PM | Posted in | Read More »

तमू प्ये ल्हु संघ कतार उद्घाटन एवम् ल्हु ल्होसार कार्यक्रममा नेपालबाट अतिथिहरु आउने

तमू प्ये ल्हु संघ कतार उद्घाटन एवम् ल्हु ल्होसार
कार्यक्रममा नेपालबाट
अतिथिहरु आउने

शान प्हच्यु तमू
कतार, ०४ डिसेम्बर

मौलिक प्ये ताँ ल्हु ताँको संरक्षण र संवद्र्धन गराउने उद्धेश्यलेरोजगारको क्रममा कतारमा रहनुभएका तमूहरुको मौलिक संस्था तमू प्ये ल्हु संघ कतार शाखाले शाखा स्थापनाको उद्घाटन एवम् तमूहरुको ल्हु ल्होसार विशेष कार्यक्रममा नेपालबाट तमू संस्कार,संस्कृतिका विज्ञहरुको विशेष उपस्थिति हुने भएको छ ।

कतारको दोहास्थित सालिमार प्लेस हलमा यही जनवरी ९ तारिखमा हुन लागेको तमू
प्ये ल्हु संघ कतारको उद्घाटन एवम् ल्हु ल्होसार विशेष कार्यक्रममा नेपालबाट मानवशास्त्रीका विद्यार्थी युवा पच्यु पैडी पोल वहादुर क्रोम्छै तमू, तमू ह्युल छोँज धिँ गुरुङ राष्ट्रिय परिषदका कोषाध्यक्ष हरिमाया ल्हेगे तमु र पत्रकारितामार्फत प्ये ताँ ल्हु ताँबारे कलम चलाइरहुनभएका नेपाल पत्रकार महासंघ कास्कीका सदस्य एवम् आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका सदस्य युवा पत्रकार देवीजंग ल्हेगेँ तमूको कार्यक्रममा विशेष सहभागि हुने भएको हो ।


कतारमै पहिलोपटक नेपालबाट अतिथिहरु सहभागि भई हुन लागेको यस उद्घाटन एवम्
ल्हु ल्होसार विशेषबाट कार्यक्रममा तमूहरुको मौलिक प्ये ताँ ल्हु ताँबारे नेपालबाट आउने अतिथिहरुबाट कार्यपत्र प्रस्तुत गरिने भएको कार्यक्रम संयोजक एम प्हच्यु तमूले जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत, खेकीहरुबाट शुभकामना दिदै प्हैइरु ( शुभ धागो ) लगाउने, शाखालाई सहयोग गर्नेहरुलाई सम्मान कार्यक्रम एवम् विविध साँस्कृतिक कार्यक्रम समेत हुने भएको अध्यक्ष युद्ध जंग प्हच्यु तमूले  जानकारी दिनुभयो । तमूहरुको मौलिक पर्व ल्होसारमा १२ वटा वर्गहरुमध्ये प्रत्येक पौष १५ गते वर्ष एक वर्गको विदाईसंगै अर्को वर्गको स्वागत गरिन्छ ।सोहि अनुरुप यस वर्ष त ल्हो घोडा वर्गको विदाई गरि ल्हु ल्हो भेडा वर्गको स्वागत गर्दै तमूहरुले ल्होसार मनाउन लागेको हो ।

9:58 PM | Posted in | Read More »

दोहा कतारमा तमु प्ये ल्हु संघ स्थापना |

शान प्हच्यु तमु,
 दोहा कतार

मिती १९/०९/२०१४ सुक्रबारका दिनमा तमु प्ये ल्हु मा आस्था राख्नु भएका सुभचिन्तक ब्यब्तिहरुले दोहाको समुन्द्रकि किनारमा अवस्थित कर्नेस पार्कमा भेला भई एकआपसमा छलफल गरि तमुहरुको धर्म,संस्कार,संस्कृति,भाषा,भेषभुषा तथा रितिरिवाज लाइ जोगाउन अभिप्रायले एक मात्र सस्था तमु प्ये ल्हु संघ कतारको स्थापना गरिएको हो !
(प्ये म्ह्स्या छ्या म्हमु,छ्य म्ह्स्या ल्हु म्ह्मु,ल्हु म्ह्स्या म्ही म्ह्मु) शास्त्र हराए संस्कार हराउछ,संस्कार हराए संस्कृति हराउछ,संस्कृति हराए परम्परा हराउछ,परम्परा हराए उसको अर्थात् मान्छेको अस्तित्वनै हराउछ यो सब्दा लाई मनोन गर्दै कतारमा रहनु भएका प्ये ल्हु मा अस्थ राख्नु भएका सुभचिन्तक हरु काधमा काध,हातमा हात मिलाई तमु प्ये ल्हु संघ लाई अगाढी बढाउने क्रम निरन्तार रहनेछ !
मिती १९/०९/२०१४ सुक्रबार दुर्गा प्हच्यु तमुको संग्योजनामा तमु प्ये ल्हु संघ कतारको कार्यकारिणी चयन भएक छन् ! कार्यकारिणीमा चयन हुनुभएक सदस्यहरुको नामावली यस प्रकार रहेको छ !
१-अध्यक्ष = श्री दुर्गा प्हच्यु तमु
२-प्रथम उपाध्यक्ष= श्री ओम प्रकाश ल्हेगे तमु
३-दृतिय उपाध्यक्ष =श्री दुध बहादुर क्यब्री तमु
४-महासचिब =श्री शान प्हच्यु तमु
५-सचिब =श्री चन्द्रा ल्हेगे तमु
६-सहा सचिब =श्री मिन बहादुर क्रोम्छे तमु
७-कोषअध्यक्ष= श्री याम प्हच्यु तमु
८-सहाकोषअध्यक्ष = श्री रबिन्द्र प्ल्हेमे तमु
खेलाखुद संयोजक


९-श्री लाल काजि प्ल्हेमे तमु
१०-श्री कृष्ण ल्हेगे तमु
संस्कृति कार्यक्रम संयोजक
११-श्री दान गोरे क्यप्छे तमु
१२-श्री संग्राम प्हच्यु तमु
१३-श्री टेक बहादुर खाज्युमे तमु
१४-श्री फलेन्द्र थिम्चे तमु
महिला तर्फको संयोजक
१५-अनित क्रोम्छे तमुस्यो
१६-पुनम प्हच्यु तमुस्यो
सदस्य
१७-श्री शान्त प्हच्यु तमु
१८-श्री आउत प्हच्यु तमु
१९-श्री छत्र भतिज तमु
२०-श्री दिपक प्हच्यु तमु
२१-श्री धन राज क्यब्री तमु
२२-श्री रिल बहादुर पोमे तमु
२३-श्री राजेश टु क्याब्री तमु
सल्हाकार सदस्या
२४-प्रमुख सल्हाकर श्री चन्द्रा प्रकाश ल्हेगे तमु
२५-श्री तेज प्हच्यु तमु
२६-श्री युवराज प्ल्हेमे तमु
२७-श्री मान सिङ तमु
२८-श्री हुम क्यप्चे तमु
२९-श्री सिबराज क्रोम्छे तमु
३०-श्री इच्छ प्हच्यु तमु
३१-श्री भेष प्हच्यु तमु
३२-श्री राज क्यब्री तमु


खेगी चिंबाहरु
१ श्री नबिन क्यप्री तमु - क्ल्याप्री
२- श्री जगन ङ्गोण्मे तमु - पह्च्यु
३ श्री सेते तमु - पहच्यु

खेगी चिबाहरु
१ जगन ङोर्मे तमु
२, नबिन क्याब्री तमु
३, सेते तमु पहच्यु

1:28 PM | Posted in | Read More »

हङकङमा "अन्जुली" अपार सफलताका साथ प्रदर्शन |



मुक काजी(काजी) गुरुङ, हङकङ

०९ सेप्टेम्बर २०१४ का दिन याउ मा तेईस्थित कम्यूनिटी हलमा हङ्ग्रीआई फिल्म प्रोडक्शनको पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र "अन्जुली" अपार सफलताका साथ प्रदर्शन भएको छ।
चलचित्र प्रदर्शन गर्नु अगाडि छोटो औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो भने सो अवसरमा अन्जुली चलचित्रका हङकङ निर्माताहरु गौरव कुमार गुरुङ, युवराज गुरुङ, कोमल (स्याङ्जाली) कान्छा गुरुङ र बिकाश गुरुङलाई मञ्चमा अतिथ्या प्रदान गरिएको थियो। यसैगरि नेपालबाट आमन्त्रित सोहि चलचित्रका निर्देशक नौजंग गुरुङ, नायिकाहरु सविना गुरुङ र कविता गुरुङ लगायत हङकङ निर्माता गौरव कुमार गुरुङको पूज्यनिय पिता (ज्येष्ठ) नागरिक रुद्र बहादुर गुरुङ र अर्का निर्माता युवराज गुरुङको पूज्यनिय माता(ज्येष्ठ) नागरिक पूर्ण कुमारी गुरुङलाई पनि मञ्चमा अतिथ्या प्रदान गरिएको थियो भने प्रायोजकको रुपमा टप माउन्टेन तेक्वान्दो एशोसिएसनका मास्टर गणेश गुरुङलाई पनि मञ्चमा आसीन गराएका थिए।

नमो: बुद्ध आमा समूहको तर्फबाट मञ्चमा आसीन अतिथिहरुलाई खादा लगाई सम्मान गरिएको थियो भने ज्येष्ठ नागरिक रुद्र बहादुर गुरुङ र पूर्ण कुमारी गुरुङद्वारा निर्माता, निर्देशक तथा नायिकाहरु र प्रायोजकलाई आशीर्वाद स्वरुप खादा लगाईदिएका थिए। यसै प्रसंगमा चलचित्र प्रदर्शन गर्नको लागि कार्यक्रमलाई प्रायोजन गर्नु हुने मास्टर गणेश गुरुङलाई निर्माता कोमल कान्छा गुरुङले प्रशंसा पत्र प्रदान गरेका थिए। कार्यक्रमलाई मञ्चमा आसीन अतिथिहरुले सामूहिक रुपमा रिबन काटेर उद्घाटन गरेका थिए भने अन्जुली चलचित्र का निर्देशक नौजंग गुरुङ र निर्माताहरुको तर्फबाट कोमल कान्छा गुरुङले चलचित्र हेर्न पाल्नु भएका दर्शक महानुभावहरुलाई धन्यवाद ब्यक्त गरेका थिए। साथै चलचित्र प्रदर्शन गर्नमा प्रत्यक्ष,अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण ब्यक्तित्वहरुलाई पनि धन्यवाद ब्यक्त गरे।

यसैगरि वरिष्ठ गीतकार, संगीतकार, गायक, संस्कृतिकर्मी एवं चलचित्र निर्देशक स्व. लोक बहादुर गुरुङको केहि दिन अगाडि मात्र असामयिक निधन भएकोमा यस दुखद घडीमा मृत आत्माको चिर शान्तीको कामना तथा हार्दिक श्रद्धाञ्जली सहित एक मिनट मौन धारण एवं शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शाक्ति मिलोस भनी भगवानसंग प्रार्थना गर्दै हार्दिक समवेदना पनि ब्यक्त गरेका थिए।
नेपाली कथानक चलचित्रमा आधारित यस चलचित्रमा धनी र गरीब बीचको सम्बन्धलाई जोडेको छ भने यस चलचित्र नेपालकै सुन्दर पर्यटकीय शहर पोखरा र कास्कीको लान्द्रुक गाउंमा छायाङ्कन गरिएको देखिन्छ। चलचित्रमा नायक सोम गुरुङको प्रदर्शन तथा लडाई क्रियाकलाप(Action ) ले दर्शकहरुको मन छुन सफल भएको छ भने नायिकाहरु सविना गुरुङ र कविता गुरुङको भूमिकाले पनि कुनै कमी ल्याएको देखिदैन।
अन्तमा, चलचित्र प्रदर्शन पश्चात दर्शकहरुको प्रतिक्रियाबाट चलचित्र उत्कृष्ट नै भएको बुझिन्छ भने हङ्ग्रीआई फिल्म प्रोडक्सनको प्रथम प्रस्तुति अन्जुली हङकङमा अपार सफलताका साथ प्रदर्शित भएको छ।
प्रस्तोता:
मुक काजी(काजी) गुरुङ
हङकङ

8:12 AM | Posted in | Read More »

गाउमै बनाए विदेश जानेको श्रीमती भगाए ५ लाख जरिवाना गर्ने नियम |

प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए ।


अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । सो रकम पीडित श्रीमानका लागि रहात हुने स्थानीयको भनाई छ ।

 तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

1:48 AM | Posted in | Read More »

आइएमईबाट पैसा पठाउँदा सपरिवार निःशुल्क विदेश घुम्ने अवसर |

काठमाडौं, १५ भदौ ।
 मुलुककै पहिलो र सर्वाधिक विप्रेषण ल्याउन सफल अन्तर्राष्ट्रिय मनी एक्सप्रेस (आइएमई)ले विदेशमा रहेका परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले ‘आइएमई विदेशमा परिवार भेट’ योजना सार्वजनिक गरेको छ । सोमबारदेखि आगामी असोज १९ गतेसम्म विश्वका जुनसुकै मुलुकबाट आइएमईमार्फत स्वदेश विप्रेषण पठाउनेहरूमध्ये एकजनाको परिवारका चारजना सदस्यलाई रकम पठाउने व्यक्तिसम्म निःशुल्क पठाउने आइएमईले घोषणा गरेको छ । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीलाई दसैँ तिहारको अवसर पारेर पारिवारिक मिलन गराउन उक्त कार्यक्रम ल्याइएको बताए । कमाउन विदेश गएका घरको सदस्यलाई चाडबाडमा नपाउँदा खिन्न हुने स्वदेशमा रहेका परिवारजनको भावनालाई मनन गर्दै पहिलोपटक त्यस्तो योजना ल्याइएको जानकारी दिँदै उनले ‘लक्की ड्र’ मार्फत घोषणा गरिने उक्त योजनाको बम्पर पुरस्कार पाउने व्यक्तिका चारजना सदस्यको सम्पूर्ण खर्च आइएमईले व्यहोर्ने बताउए ।


उनले मुलुकमा वार्षिक पाँच खर्ब बढी विप्रेषण औपचारिक माध्यमबाट प्रवाह भइरहेको भए पनि अनौपचारिक माध्यमबाट त्यसको झन्डै ३० प्रतिशत रकम भित्रिने गरेको खुलासा गर्दै त्यसलाई दुरुत्साहन गर्न जरुरी भएको बताए ।
‘हुण्डी’बाट रकम आउँदा राज्यको राजस्वमा योगदान नहुने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सामूहिक प्रयास आवश्वयक पर्ने उनको कथन थियो । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ‘ब्रान्ड एम्बासडर’ कलाकार दीपक गिरी र आइएमईका बजार विभाग प्रमुख डानियलदास श्रेष्ठले ‘आइएमई विदेशमा परिवार भेट’ योजनाका विविध पक्षबारे जानकारी दिए

4:07 AM | Posted in | Read More »

दुबईमा गुल्मी सेवा समाज युएईद्धारा तीजको कार्यक्रम गरिने

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै जांदा माइती घरमा दहर खाने, रातो साडी र हरियो छड्के तिलहरी लगाएर तीजको गीतमा छमछम्ती नाच्नका लागि युएईस्थित कार्यरत दिदीबहिनीहरुमा उत्साह निकै बड्दो देखिन्छ । युएईको सन्दर्भमा हेर्ने हो भने युएईस्थित क्रियाशिल संघ संस्थाहरुद्धारा नेपालबाट चर्चित कलाकारहरुलाई बोलाएर विभिन्न स्थानमा लगभग सात वटा तीजको कार्यक्रम आयोजना गरिने भएका छन् ।


आगामी २९ अगस्त शुक्रबारका दिन दुबईको इम्पिरियल सुईट होटलमा गुल्मी सेवा समाज युएईले विविध रंगारंग मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ “तीज बिशेष सांझ २०७१” आयोजना गरिने भएको छ । सो बिशेष अवसरमा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको साथमा अतिथि कलाकार चर्चित गायिका तथा कुशल कार्यक्रम प्रस्तोता मन्जु पौडेलको वेजोड प्रस्तुतिहरु प्रस्तुत गरिने भएको हो ।


गुल्मी जिल्लाको बम्घा गाविसमा जन्म भई हाल काठमाण्डौमा बसोबास गर्दै आएकी चर्चित गायिका तथा कुशल कार्यक्रम प्रस्तोता मन्जु पौडेल गुल्मी सेवा समाज युएईको निमन्त्रणामा पहिलो पटक दुबईमा आउने भएकी हुन । मन्जु पौडेललाई स्टेज क्वीन भनेर पनि चिनिन्छ भने आफ्नै एल्वम “सिआरबीटी” बाट चर्चा कमाउन सफल भएकी थिइन् । लोक पप, लोक दोहोरी र तीजको गीतहरु गाउने गायिका पौडेलको अन्य लोकप्रिय एल्वमहरुमा “सिआरबीटी”, “झिलीमिली झ्याई”, “आकाशैमा झुल्क्यो जुन तारा” र धेरै तीजका गीतहरु रहेका छन् । यस “तीज बिशेष सांझ २०७१” कार्यक्रम आयोजना गर्नको लागि एउटा छुट्टै समिति समेत बनाएको छ । जसमा क्रकश: संयोजकमा लक्ष्मण भण्डारी, उपसंयोजकमा गोपाल कुंवर, महिला संयोजकमा सीता केसी, महिला उपसंयोजकमा सविता आचार्य, सांस्कृतिक विभागमा होमनाथ कुंवर, प्रचारप्रसारमा मानबहादुर कुंवर, र व्यावस्थापनमा कृष्ण गौतम, केशव ज्ञवाली, रमेश भण्डारी, लक्ष्मण अर्याल र मिनप्रसाद भण्डारी रहेका छन् ।

सन् २०११ मा स्थापना भएको गुल्मेलीवासीहरुको साझा संस्था गुल्मी सेवा समाज युएईले आपतविपतमा परेका प्रवासी नेपालीहरुलाई उद्धार गर्नुका साथै विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै परम्परागत चाड पर्वहरु पनि मनाउदै आएका छन् । यस कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्नका निम्ती गुल्मी सेवा समाज युएईका अध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण भण्डारीले युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई बिशेष आग्रह समेत गरेको छ ।     

8:35 AM | Posted in , , | Read More »

तमु प्ये ल्हु संघ युएईको दोस्रो बार्षिकोत्सव सम्पन्न |


भिम फ्हिप्रो टङ्गी लम  दुबई   , गत ७ मार्च शुक्रबारका दिन दुबईको होली डे ईन होटलमा तमु प्ये ल्हु संघ युएईले "प्ये म्हस्याँ छ्या म्हमु छ्या म्हस्याँ ल्हु म्हमु ल्हु म्हस्याँ म्ही म्हमु" अर्थत "शास्त्र हराए सस्कृति हराउँछ सस्कृति हराए परम्परा हराउछ परम्परा हराए मान्छे हराँउछ" भन्ने मुल नाराका साथ   दोस्रो बार्षिक उत्सव  बिभिन्न सांस्कृतिक कार्यक्रम साथ मनाएका छन् । तमु प्ये ल्हु संघ युएई  फेब्रुरी१०, २०१२मा स्थापना भई गत बर्ष एभरेष्ट होटेल मनाइको थियो भने  यसपाली  सो  होटेलमा मनाएको हो ।
परम्परागत सैलिमा राडी ओछ्याइ अतिथिहरुलाई सत्कार गर्दै उक्त कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए  यूएईका अध्यक्ष कृष्ण भुसाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता  सो संस्थाका अध्यक्ष एकाजङ प्लेम्हे तमु गर्नु भएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेको कार्यक्रमलाई भिम लम तमु, देउ माया तमु र टम तमुले  संचालन गरेका थिए ।

सो संस्थाका महिला प्रमुख सरिता लेम तमुस्योकी पुज्यनिया बुवा स्वर्गिय भु पु मेजर शेर बहादुर तमुको श्रदन्जली सभासँगै शुरु गरिएको कार्यक्रममा तमु प्ये ल्हु संघको स्वागत गीत साथै राष्ट्रिय गान पछी उपाध्यक्ष  तथा कार्यक्रम संयोजक मुक्ती टु तमुले स्वागत मन्तब्य दिनु भएको थियो ।   यसैगरी प्रमुख अतिथि, अध्यक्ष तथा उपस्थित अन्य अतिथिहरुले दीप प्रज्वोलन गरी कार्यक्रमको उदघाटन गरिएको थियो । शास्त्र,सस्कार,सस्कृति र परम्परा बचाई हाम्रो पहिचान बचाउनु  नै तमु प्ये ल्हु संघको मुल उदेस्य भन्दै सस्थाका प्रमुख संरक्षक भुपु कर्नेल सुबिराज तमुले छोटो मन्तब्य राख्दै कोषाध्यक्ष ओम पच्यु तमुले वार्षिक तथा अर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो ।


सांस्कृतिक कार्यक्रम अन्तर्गत नेपालबाट आएका अतिथी कलाकार ,नायक, गायक र निर्देशक मनोज तमुको तमु भाषाको गीत “आधी माया क्योला आधी माया ङला” र "सहिली योरबै पा" मा सबैजना नाच्न थाले भने “बोली मोहनी बानी चंचले”र  भरनाको चिसो पानी सबैले मन पराए । अतिथी कलाकार रश्मी तमुस्योको “सुनखरी सुनगाभा गुराँश जस्तो यो मन....” नाँचले दर्शकलाई गाउँघरको याद दिलाएको थियो भने “चोखो माया सईरी थिमुदु…” भन्ने गीतमा महेश तमु र सपना तमुस्योको युगल जोडी नृत्यले उपस्थित युगल जोडीहरुको मन जित्नमा सफल भएका थिए । त्यसैगरी सोही गीतको रिमिक्समा राकेश, भुवन, सम्राट र प्रेमको नृत्यले अझै थप मनोरञ्जन दिएको थियो । यसैगरी सपना तमुस्योको अर्को प्रस्तुती "मोह्र्यारी खमु माया लमु" गीतको नाँचले दर्शकलाई नाच्न उत्सहित गरेका थिए ।   niयसरी नै पारस लामाको गीत “दर्शन नमस्ते”ले दर्शकलाई तताएको थियो भने तमु भाषाको "मुर्बै मुसर तोबई" गीतमा तारा तमुको नृत्यले झनै सुनमा सुगन्ध थपिदिएको थियो ।

सस्थालाई बिभिन्न तरिकाले सहयोग गर्नु हुने राज तमाङ,महेश पराजुली,लाल बहादुर ढेगाँ लगायत बिगत लामो समय देखी बलिबल खेल जिताउन सफल खेलडी तथा ब्यबास्थपकहरुलाई क्रेगी ओढाइ कदर तथा प्रसंशा पत्रले सम्मान गरेका थिए । साथै लामो समयदेखी यूएई रही बिभिन्न सस्थामा अमुल्य योगदान दिदै आएका लम्जुङ मोहोरियाकोट घर भई हाल यूएईमा कार्यरत रोजगरीको सिलसिलामा क्यानाडा जान लागेका युबराज तमुलाई लम्जुङ संपर्क समिती यूएई,तमु प्ये ल्हु संघ यूएई र तमु समाज यूएईले संयुक्त रुपमा बिदाइ तथा सम्मन गरेका थिए भने उनले "कती मिठो बोली बचन" बोलको कौडा गीत सुनाइ सबैलाई बिदा मग्दै नचाएको थियो ।

उपस्थित भएका सबैजनाले सांगीतिकको मनोरञ्जन मात्र हैन साथमा तमु चेलीहरुले बनाएको सेलरोटी,गोर्खली अचार तरकारी लगायतको नेपाली परिकारले भरपुर स्वाद समेत लिदै भोक मेटाउदै मनोरन्जन  लिएका थिए ।अन्त्यम  कार्यक्रमका सभापति एकाजङ प्लेम्हे तमुले  उपस्थित सम्पूर्ण अतिथी,दर्शक आयोज,स्वयम्सेवक  सबैलाई कार्यक्रम सफल पारी दिनु भएकोमा हार्दिक  धन्यबाद दिदै आगामी दिनमा पनि तमु प्ये ल्हु सँघ यूएई प्रबासमा रहेर पनी तमु,भाषा,सस्कार,सस्कृति र परम्पराको संरक्षण गर्न पछी न पर्ने जस्को लागि सम्पूर्ण तमुहरु साथ दिनु पर्ने भन्दै कार्यक्रमको समापन गरेका थिए ।   फोटो लालबहादुर ढेंगा, दुबई





5:18 AM | Posted in | Read More »

कहाँ छ खोई मानवताको भावना यँहा मलेसिया मा |

दिलीप गुरुङ:  मलेसिया

त्यो सानो खरको झुपडीमा आशाको दियो बाल्दै साझ बिहान भोको पेट भर्न लाई दैनिकी सहुली काममा धाई धाई चिसो चूलोमा आगो फुक्नु नै असली जीबन शैली थियो !
दुखी नै किन नहोस जहाँ परिवार को  हारबर न्यानो ममताको छहरी मा जिउने बास्तबिक जीबन थियो !

सयौ डाडा पारिको परदेश मा बिरहाले रोएको रातहरु संग अनि समझानाले छोई मुटु दुख्ने बेलामा आफ्नोपन दिने सधै नजर लाउने कोही नहुने बिरानो देशमा.

पिजड़ा को पंछी झै कयौ चपेटाहरु सहि घसिरहेका छन त्योई नेपाल पहाड़ी गाउबेसि हुदै घाँस-दाउरा गर्ने सोझा-साधा नेपाल आमाका सच्चा सपुत्रहरुको हातकेलाहरु, छहरे खोला झरना अनि मुल्को चिसो पानी घरेलु अमृत पिएर मस्किएका बीर गोर्खाली का पाखुरा हरु नाइग्रा हरु ख़ीईने  गरि जीबन मृतु को बाजी लगाई खटिरहेका छन, आमा बाबा को आशिर्बत भोक्ने दशैं को टिकाले भर्ने त्योई निधार बाट धरर बगिएका पसीना को यहाँ मुल्य छैन झरे जति को  ! प्यासी हुदा नि प्यास मेटाउन लाई केहि छैन मात्र साथ दिदै जीबन को घडी लाई धकेल्दै छन उडुस-लमखुट्टेको खानीमा बिताई रहेका लाखौ हामी नेपाल आमाका बीर सपुत्रहरुको मर्म कसले बुझने यहाँ। …।

कति दुःख कस्टहरु लाई पार गर्दै महीना बितिएर आँखा भरी आशु रसाउदै मुटुको मन भरि घर परिवार को सानो सानो आशा मेटाउन सपना बुन्दै आफ्नो कमाई को प्रतिछ्या गर्छन >>>>
सपना सपना मै मिल्काई उल्टै महीना दिन खानै नपुग्ने गरि कमाई (स्यालरी) दिन्छन अब भन्नु कति आशा हरु मार्दै जिउने कति दिन महीना अनि बर्षा हरु.

के थिएन र हाम्रो पनि तिम्रो झै जिउने मन हरु
के थिएन र हाम्रो पनि तिमि झै रम्ने आशा हरु
के थिएन र हाम्रो पनि परिवारमा खुशी ल्याउने सपना हरु
के थिएन र हाम्रो पनि सानो परिवार मा खुशी बाड्ने मुहार हरु
के थिएन र हाम्रो पनि तिम्रो झै मुस्कुराउने हाँसो हरु
के थिएन र हाम्रो पनि तिम्रो झै गुड़ने उड़ने फरकीला दिन हरु
के थिएन र हाम्रो पनि तिम्रो झै साथ मा साथ मिलाई हिड्ने चाहना हरु
के थिएन र हाम्रो पनि अफु सक्ने मन दिदै समाज संग हातेमालो गर्ने समाजसेवा मन हरु

ब्याज को स्याज हुदै दिनहु घरपरिवारमा आतेलु पिडाको भारि यहाँ भने झ्यान आफ्नो रगत अर्कै झै दिन-रात भोक नभनि घसिदै जहा औशी को रात मा का-कस्ले के के गुमाए थाहा नभएको चमेरा झै जिउदै छन आंजन ईर्स्यालु मान्छेहरुको भीड़मा।

जहाँ हाम्रो घर परिवार त घर परिवार नै होइन रे आफ्नो मात्र सब-थोक हाम्रो त जेसुकै होस सोच्ने अनि एसई हाहाकारका लाखौ बिन्ती सुन्ने होईना कैले नि दुःखी न्यास्रो मनमा सिर्जना गरि बस्नु बाहेक अरु के नै बिकल्प रह्यो आखिर भएको सारा रगत चूसी पसीना को फूल लूटिए पछि।

स्वार्थी दुनियाँ होईन? जमना बद्लिएको होईन?
- स्वार्थी मान्छे नै हो उसै स्वार्थी मान्छे ले नै जमना बद्लाएको हो

 एकरूपी लोभ्याउने मुस्कान बोकी अरु को पसीना चूसी भुंडी भर्ने
त्योई  दुःखी को पिडा भावना संग डुबल्कि खेल्ने हरु
त्योई अत्याचारको भंडार भर्दै रंगशाल सिर्जना गर्ने हरु
त्योई आधेरी कोठामा रणभुलमा बेहोसी झै दिन बिताई रहेका दुखका पालुवा आशा हरु लाई नबुझ्ने हरु
एकदिन फूटने छ त्यों गरीबी को पसीना चूसी भरिएको भंडार
लूटिन्छ कतै त्यों अत्याचार गिद्दाले सिनो झै लुछी खाने पापपिण्डा हरु
त्यों पापी आत्मा लाई भिजाउने छन लाखौं चपेटामा परेका नेपाली कामदार हरुका रसाउदै बिसाएका बिन्ती आँशुहरुले !!!

ओसिएका चिसो चुलोमा आगो बाल्दै दिन-रात छाक टार्न बाट केहि हुने आशा बोकी परदेशीएका हजारौं नेपाली कामदारहरु चपेटामा परिएका दुःख मर्म बेदना भावना सुन्ने कोही हुन्न रहेछ आखिर,,,,, भाषा नजाने पछि न त मनको कुरा बुझ्छ न  त भोको पेट भर्न सक्छ रुदै मनका भाव बौलाउनु बाहेक के रह्यो र आखिर

यस्तै यस्तै दुःख सहन नसकि भने झै कमाई (स्यालरी) नमिल्दा अनि न न  थरि झूठा आरोपमा कम्पनी छोड़ने बाध्य बनाउछन ! भरोसा छैन के गर्दै खादै होला कुन बेला भेटिने हो कस्तो अवस्था मा NEPAL EMBASSY को. कुरै अलक ILLEGAL भयो कि अफु राम्रो साबित हुन लाई उल्टै बीर पुर्खाका एकै नेपाल आमाका सन्तान लाई नेपाली नै होईन भनिदिने कस्तो बिडंबन........... मातृ-भूमिको माया ममताको साहराले बेरी साथ दिनु पर्ने हाम्रा टाउके हरुको कुरा,... दुःख बुझेर पनि भोली भोली भन्दै टारिदिने महिनौ दिन लम्बाउछन् भुज पचाई एकै फुल्का थुँगामा हाते-मालो भई खटीनुको सट्टा आफ्नै PERSONAL काममा वेस्ता ।

बेमौसमी हुरि झै वाध्यताको जंघारहरुमा अल्झी रहेका सारा नेपालीहरु भावि जिवनहरु सुःख शान्ति मिलोस लाखौ लाख कामना,,, कतै पनि यस्ता खुट खुट्टीने चपेटाहरु भोक्नु नपरोस।
सानो ठुलो हुदैन कैले कमाई जति नै किन नहोस आफ्नो पसीनाको फल खाना पाउस हामी सारा नेपाल आमाका बीर पुस्ताहरु

WRITER.., दिलीप गुरुंग
ताँङतिङ गाउँ गैरिथर - २ नमर्जुंग ग.बि.स. कास्की - गन्डकी पोखरा, नेपाल।



3:10 AM | Posted in | Read More »

तमु प्ये ल्हु संघ इजरायलले प्रथम ल्होसार मनाए !



दिपेन तमु -प्ये म्हस्याँ छ्या म्हमू, छ्या म्हस्याँ ल्हु म्हमू, ल्हु म्हस्याँ म्हि म्हमू।
"शास्त्र हराए परम्परा हराउँछ। परम्परा हराए सँस्कृति हराउँछ। सँस्कृति पनि हराए मान्छे अर्थात जाति नै हराउँछ।"
बैदेशिक रोजगार को क्रममा इजरेल मा रहनु हुने तमु हरुको संगठन तमु प्ये ल्हु इजरायल  ले जनवरी ०३-०१ -२०१४  तारिक को राति dizen off तेल अविव मा भव्यता को साथ प्रथम तमु त ल्होसार मनाए को थियो ! सो कार्यक्रम तमु प्ये ल्हु संघ इजरायल  का उपाध्यक्ष श्रीमती सानु तमुस्यो को अध्यक्षतमा सु-सम्पन तमु ल्होसार सांझा भब्यताकासाथ मनाएका थियो ! |कार्यक्रम मा प्रमुख अथिति नारी आवाज इजरायलका उपध्यक्ष , भुत पुर्व तमु समाज इजरायलका अध्यक्ष नेहा तमुस्यो ,तथा सत्य साइ केन्द्र इजरायलका उपाध्यक्ष श्री सुर्य सिंखडा र news in नेपाल का प्रतिनिधि ओम प्रसाई लाई अतिथि को रुप मा रहनु भएको थियो साथै अतिथिहारुलाई  तमुहरुको परपुर्वकाल देखि चालिएको फेटा(क्रेगी)ओढाई सम्मान गरिएको थियो !
कार्यक्रम मा प्रमुख अतिथि नेहा तमुस्योले पानस मा बत्ती बलेर सुरु गर्नु भएको थियो भने  तमु समुदायमा मनाउदै आएको हामि तमुहरुको महान पर्वा ल्होसार यसपाली सप्रि ल्हो लाई बिधाई गरि त ल्हो लाई स्वागत गरि त ल्हो लाई सुभ समयको अवसरमा कल्पना तमुस्योले रुपा लगाई  सहभागी तमु हरु लाई त ल्हो वर्ग रहनुभएका तमुहरुलाई कल्पना तमुस्योले रुपा लगाई स्वागत गर्नु भएको थियो भने सप्रि ल्हो लाई बिधाई गरिएको थियो | साथै सहभागी सबैलाई वहाले रुपा लगाई ल्होसारको शुभकामना तथा आशिर्बाद दिनु भएको थियो |
साथै कार्यक्रममा तमु प्ये ल्हु संघ इजरायलका स_सचिव एलिना तमुस्यो ले स्वागत मन्तब्य दिनु भएको थियो भने मन्तब्य को क्रममा प्रमुख अथिति नेहा तमुस्यो ले यो पहिलो कार्यक्रम भएत पनि ऐतिहासिक भएको तथा निकट भबिस्य मा संघ लाई मन, बचन र कर्म ले सहयोग गर्ने प्रतिबद्द गर्नु भएको थियो भने, सो कार्यक्रम तमु प्ये ल्हु संघ इजरायलका महासचिव दिपेन तमु र श्रीमति सानु तमुस्योले संचालन गर्नु भएको थियो |
यस् तमु प्ये ल्हु संघ इजरायलले भबिस्यमा तमु हरु लाई एकता गरि लाने प्रयास गर्ने र  तमु हरुको पहिचान,धर्म,संस्कार,संस्कृति र परम्पराको जगेर्ना गर्दै प्ये क्ष्य को बारेमा तमु हरु लाई सचेत गराउन भूमिका खेल्ने तमु प्ये ल्हु इजरायलका महासचिव दिपेन तमु ले बताउनु भएको थियो | 


7:35 PM | Posted in | Read More »

वैदेशिक रोजगारीको दुखद समाचार |

१४ पुस, काठमाडौं । डलरको भाउसँगै रेमिट्यान्स बढेपछि रमाएका नेपालीलाई वैदेशिक रोजगारीमा गएर जीवन गुमाउनेको संख्याले त्योभन्दा बढी पिरोल्ने गरेको छ । दैनिक ३ जनाभन्दा बढीको शव नेपाल भित्रिनु मुलुककै चिन्ता बनेको छ । मंसिरमा मात्रै हालसम्मकै बढी ९९ नेपालीको शव भित्रिएको वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले जनाएको छ । मुख्य श्रम गन्तव्य मलेसिया र खाडी मुलुकबाट यो संख्यामा शव नेपाल भित्रिएको हो । बोर्डका अनुसार यो तथ्यांकले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रमस्वीकृति लिएर गएका कामदारमात्र समेट्छ । बिना श्रमस्वीकृति अवैध ढंगबाट भारतको बाटो वा दुई वर्षको श्रमस्वीकृति सकिएर पुनः नवीकरण नगरेका मृतक कामदारलाई यसमा समावेश गरिएको छैन

अवैध कामदारलाई समेत समावेश गर्दा दैनिक ४ भन्दा बढी शव नेपाल भित्रिने गरेको बोर्ड स्रोतले बताएको कारोबार दैनिकमा खबर छ । युवा उमेरका कामदारको यो मृत्युले वैदेशिक रोजगारीमा ठूलो चुनौती थपेको यस क्षेत्रका विज्ञहरु बताउँछन् । चालू आर्थिक वर्षको ५ महिनामा विदेशबाट ३ सय ५२ कामदारको शव नेपाल आएको छ । यो गत आर्थिक वार्ष्को सोही अवधिको भन्दा ३३ प्रतिशत बढी हो । गत आवको ५ महिनामा २ सय ६४ कामदारको शव नेपाल आएको थियो । कात्तिकको भन्दा मंसिरको मृत्यु संख्या ६५ प्रतिशत बढेको देखिएको छ । कात्तिकमा ६० कामदारको मृत्यु भएको थियो ।
सबैभन्दा बढी मलेसियामा कामदारले ज्यान गुमाएका छन् । ५ महिनामा मलेसियाबाट १ सय १० नेपाली युवाको शव भित्रिएको छ । कतारमा ९१, साउदी अरबमा ८९, कुवेतमा २० र संयुक्त अरब इमिरेट्स -यूएई) मा १९ र बहराइनमा ८ जना कामदारको मृत्यु भएको थियो ।

मेनपावर व्यवसायीले उचित परामर्श नदिँदा धेरै नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाई छ । वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङका अनुसार कामदारको स्वास्थ्य परीक्षण गरिए पनि काम सम्बन्धी ज्ञान दिएको हुदैन । गुरुङ भन्नुभयो-’काम सम्बन्धी तालिम नदिनु, सम्झौताबमोजिम सेवा सुविधा नपाउने तथा अभिमुखिकरण तालिम नदिई प्रमाणपत्रमात्र दिने गरिएकाले कामदारको मृत्युको बढेको हो ।’ व्यवसायीहरुले तीन दिने अभिमुखिकरण दिएको भन्नेबारे प्रमाणपत्र दिने भएपछि उचित परामर्श र तालिम नदिने गरेको पाइएको छ ।
स्रोत-ल  लुम्बिनी खबर

1:31 AM | Posted in | Read More »

बिबिध धार्मिक तथा सास्कृतिक कार्यक्रममा साथ युएईमा तमु ल्होसार मनाउदै

त्रिलोचन कोइराला युएई -शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे अथवा जात नै हराउछ भन्दै तमुहरुको महान त ल्हो ( घोडा वर्ग ) ल्होसारको ऊपलक्क्षमा तमु समाज युएई तथा तमु प्ये ल्हु संघ युएईको आयोजनामा जनवरी ३, २०१४ सुक्रबार भब्य रुपमा बिबिध कार्यक्रमहरुको साथमा ल्होसार मनाउने भएको छ ।
हरेक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्बाद लिने र शुमकामना आदानप्रदान गर्ने गरिन्छ । तमु जातिले पुस १५ मा ल्होसार मनाउने भएपनि प्रवासमा अनुकुलता अनुशर बिदाको दिन मनाउने गरिन्छ | युएइमा बिगत लामो समय देखि तमु समुदायले मनाउदै आएको ल्होसार पर्ब यसपाली सप्र्हि-ल्हो जाने र त-ल्हो आउने शुभ समयको अवसरमा सप्हि आ -ल्होलाई बिदाइ र त-ल्होलाई स्वागत गर्दै तमु जातिको मौलिक पहिचान दिने अर्थात धार्मिक एवं साँस्कृतिक महिमा बोकेको तमु महान पर्व ल्होसार मनाउन गईरहेको तमु समाज युएइका उपाध्यक्ष शिब तमुले जानकारी गराए | उपाध्यक्ष तमुले अस्टोरिया होटेल बुरदुबईमा हुने त-ल्होसार महोत्सवमा उपस्थित भै महोत्सवको शोभा बढाउनुका साथै भव्य रुपमा सफल पारीदिनु हुन युएईभरी छरिएर रहनुभएका सम्पूर्ण महानुभावहरुमा अनुरोध गरेका छन ।
तमु समाज तथा तमु प्ये ल्हु संघ युएई त-ल्होसारको हार्दिक मंगलमय शुभकामना आयोजना हुने त-ल्होसार महोत्सवमा धार्मिक गुरुबाट पूजा अर्चना, ख्यातीप्रप्ता अतिथि कलाकार गायक धन बहादुर तमु, नायिका शान्ति तमुस्यो तथा स्थानीय कलाकारहरुबाट बिजोड साँस्कृतिक कार्यक्रम, तमु मौलिक नाच सोरठी, भेषभुषा प्रतियोगिता, भाषाभाषीको प्रतियोगिता र भाग्यशाली चिट्ठा लगायत विभिन्न रमाइलो विधाहरु समेत समावेश आयोजकले बताएका छन |
गुरुङले यो वर्ष पुस १५ मा त ल्हो ल्होसारको रुपमा, तामाङ लगायतले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारको रुपमा तथा शेर्पा र भोटे लगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसारको रुपमा मनाउने चलन छ । हरेक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेका प्रतीकका रुपमा लिइन्छ । नयाँ वर्षका रुपमा ल्होसार पर्व तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, लेप्चा लगायतका जातिले मनाउने गर्छन् । नेपाल सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदा पनि दिन थालेको हो । 



10:19 AM | Posted in | Read More »

तमु प्ये ल्हु सँघ, कुवेतले ०३ जनवरीमा ल्होसार पर्व मनाउँदै

११ डिसेम्बर २०१३ । कुवेतमा सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था तमू प्ये ल्हु सँघ, कुवेतले आगामी ०३ जनवरी २०१४ शुक्रबारका दिन बिभिन्न खेलकुदहरुको आयोजना गर्दै तमू जातिहरुको महान राष्ट्रिय पर्व ल्होसार मनाउने भएको छ ।

प्ये ल्हु सँघ कुवेतले (ल्होकोर बर्ष ३२२६६ औं) “त ल्हो” (घोडा बर्ग) तमू ल्होसारको पावन अवसरमा अङ्ग्रेजी नयाँ बर्ष २०१४ लाई स्वागत गर्दै ०३ जनवरी २०१४ का दिन जलिब शुवैखस्थित काउन्सिल अफ मिनिस्टर्स (S.D.F.C) को खेल मैदानमा खुल्ला अन्तर नेपाली भलीबल प्रतियोगिता तथा तमूहरुको पुर्ख्यौली खेलहरु छेलो हान्ने, डोरी तान्ने लगायत बिबिध साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै ल्होसार मनाउन लागेको जानकारी कुवेतनेपाल डट कमलाई दिएको छ ।

बहराईन एक्सचेन्ज कम्पनी (BEC) कुवेतले मुख्य प्रायोजन गरेको कार्यक्रममा जलपानको समेत व्यवस्था गरिएको छ । प्ये ल्हु सँघका अनुसार १२ बर्ष पछि आगमन भएको “त ल्हो” घोडा बर्गका ब्यक्तीहरुलाई तमू खेगी गुरुबाट रिपा (प्है रु) लगाइ स्यई स्याई गरी स्वागत गर्ने र जाने बर्ग “स प्हृी ल्हो” नाग बर्गलाई बिदाईको स्याई स्याई गरि सभ्य र भब्य तरिकाले यस बर्षको “तमू ल्होसार” मनाईने भएको पनि सँघले बताएको छ ।

गत बर्षको “स प्ही ल्हो” नाग बर्गको तमू ल्होसार पनि प्ये ल्हु सँघ कुवेतले S.D.F.C कै खेल मैदानमा करिब ८०० सय जन मानसको उपस्थितिमा भलिवल र छेलो हान्ने जस्ता कार्यक्रमहरुको आयोजना गरी सफलतापुर्वक ल्होसार मनाएको थियो भने यस बर्ष दर्शकहरुको अनुरोधलाई ध्यानमा राखी तमूहरुको अर्को पुर्ख्यौली खेल डोरी तान्नेलाई पनि समावेश गरिएकोले उक्त दिन कुवेतमा कार्यरत सम्पूर्ण प्रबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई महान चाड “तमू ल्होसार”मा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन र सामुहिक रुपमा ल्होसार मनाउन प्ये ल्हु सँघ कुवेतले हार्दिक अनुरोध गर्दै निमन्त्रणा गरेको छ ।

आयोजकले खेल सम्बन्धी निम्न नियमावलीहरु उपलब्ध गराएको छ ।

मिति: ०३ जनवरी २०१४ शुक्रबार
समय : बिहानको ठिक ०७.०० बजेदेखी
खेल मैदान : काउन्सिल अफ मिनिस्टर्स (SDFC) कुवेतको खेल मैदान, जिलिव अल-शुवैख
टिम दर्ता र टाईसिट: २७ डिसेम्बर २०१३, दिनको ठिक ०३.०० बजे र टाईसिट ठिक ०४.०० बजे प्रकाशित गरिनेछ ।
टिमा दर्ता स्थान : मालिया पोष्ट अफिस अगाडि, कुवेत सिटी
टिमा दर्ता शुल्क : २५ कुवेती दिनार

भलिवल सम्बन्धी नियमावलीहरु:
१) दिनको ०४.०० बजे टाईसिट प्रकाशित भईसकेपश्चात दर्ता गराउन आउने टिमहरुलाई प्रतियोगितामा समावेश गराईने छैन ।
२) खेल टिटिको नियमावली अनुसार बेस्ट अफ थ्री र फाईनल बेस्ट अफ फाईभको आधारमा खेलाईने छ ।
३) खेल अवधिभर रेफ्रीको निर्णय नै अन्तिमा निर्णय र सर्वमान्य हुनेछ ।
४) प्रत्येक टिमले आफ्ना खेलाडी तथा टिम म्यानेजरहरुको सिभिल आईडीको फोटोकपी नामावली सहित टाईसिटको अवसरमा आयोजकलाई बुझाउन अनुरोध गरिएको छ ।
५) आफ्नो टिमका खेलाडिहरुको प्राथामिक उपचारको व्यवस्था स्वयं टिमले नै गर्नु पर्नेछ ।
६) कुनै पनि खेलाडी तथा दर्शकहरुलाई मादक पदार्थ सेवान गरी या साथमा लिई आएको पाईएमा सेक्युरिटी गेटबाटै प्रवेश निषेध गरिने छ ।
७) प्रतियोगितमा प्रथम र दित्तिय हुमे टिमहरुलाई खसी, ट्रफी, मेडल र प्रमाण-पत्रले पुरस्कृत गरिने छ ।
८) प्रतियोगिताको उत्कृष्ट खेलाडी, अनुशासित टिम, उत्कृष्ट शटर, उत्कृष्ट लिफ्टर र रेफ्रिहरुलाई ट्रफी र प्रमाण-पत्रले सम्मान गरिने छ ।
८) प्रतियोगितमा प्रथम र दित्तिय हुमे टिमहरुलाई खसी, ट्रफी, मेडल र प्रमाण-पत्रले पुरस्कृत गरिने छ ।

छेलो हान्ने खेल सम्बन्धी नियमावली:
१) सहभागी प्रतियोगिले छेलो दौडेर छेलो फाल्नु पर्नेछ ।
२) छेलो हान्न इच्छुक खेलाडिले ५०० फिल्स (आधा के.डी.) को टिकट काट्नु पर्नेछ ।
३) एक खेलाडिले प्रत्येक चरणमा लगातार ५ पटक सम्म छेलो फल्नु पर्ने छ ।
४) प्रथम र दित्तिय हुने खेलाडीलाई फेटा लगाई, ट्रफी र प्रमाण-पत्र प्रदान गरि अबिर जात्रा गराई सम्मान गरिने छ ।

डोरी तान्ने सम्बन्धी नियमावली:
१) रसी (डोरी) तान्नको लागि एक समुह ५ जनाको हुनु पर्नेछ ।
२) एक पटका डोरी तानिसकेपछी ठाँउ फेरबदल गराइने छ ।
३) यो खेल बेस्ट अफ थ्री को आधारमा खेलाईने छ ।
४) सहभागी सबै खेलाडिहरुले अनिवार्य रुपमा जुत्ता लगाएको हुनु पर्नेछ ।
५) टिम दर्ता शुल्क २ केडी ५०० फिल्स तोकिएको छ ।
६) डोरी तानेर प्रथम हुने टिमलाई मात्र ट्रफी र प्रमाण-पत्रले पुरस्कृत गरिने छ ।

थप जानकारीको लागि संपर्क:
छ्योमान गुरुङ -५०३६३२८५, भिम गुरुङ -५५१७५४१३, डम्मर गुरुङ -५५०२८७९५, डिक गुरुङ -५५२३३११५, केश गुरुङ -५००१९५७१

2:13 AM | Posted in | Read More »

हङकङलाई ५ विकेटले हराउदै नेपाल ट्वान्टी ट्वान्टी विश्वकपमा छनोट |

नेपाल, ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । युएईमा भएको खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल पहिलो पटक ट्वान्टी–ट्वान्टी विश्वकपमा छनौट भएको हो ।
ट्वान्टी–ट्वान्टी विश्वकप आउँदो १६ मार्च सन् २०१४ मा बंगलादेशमा हुने छ । नेपाल जितसँगै ट्वान्टी ट्वान्टी विश्वकप छनौटको सेमिफाइनलमा पनि पुगेको छ । नेपालले फाइनल प्रवेशका लागि शुक्रबार अफागानिस्तानसँग सेमिफाइनल खेल्ने छ ।

नेपाललाई जिताउन कप्तान पारस खड्काले ४६ रन बनाए । नेपालका ज्ञानेन्द्र मल्लले २७ बलमा ३ चौकाको मद्दतमा ३० रन बनाए भने सुवास खकुरेलले १६ बलको सामना गर्दै १ चौकाको मद्दतमा १६ रन बनाए । यस्तै सागर पुनले १९ बल खेल्दै ३ चौकाको मद्दतमा २२ रन बनाए ।यसअघि टस हार्दै पहिला ब्याटिङमा उत्रिन बाध्य भएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै  १ सय ४३ रन बनाएको थियो । उसका लागि वाकस वर्कात र निजाकत खानले समान २५ रन बनाए । हङकङलाई सुरुदेखि नै दवावमा राखेका जितेन्द्र मुखियाले ३ तथा अविनाश कर्णले २ र कप्तान पारस खड्काले एक विकेट हात पारे । दोश्रो ओभरको चौथो बलमा नेपालका जितेन्द्र मुखियाले पहिलो विकेट हात पारेका थिए । उनले १६ औं ओभरको तेश्रो र चौथो ओभरमा लागातार २ विकेट थपे । यस्तै अविनाश कर्णले पनि पाँचौं ओभरको पहिलो बलमा र १९ औं ओभरको दोश्रो बलमा विकेट हात पारेका थिए । समूह चरणमा खेलेका ७ खेल मध्ये ४ खेल जितेर नेपाल समूह बी मा तेश्रो बन्दै अघिल्लो चरण प्रवेश गरेको हो । हङकङ ५ खेल जितेर समूह ए मा दोश्रो भएको थियो |

3:22 AM | Posted in , | Read More »