|

कहाँ छ खोई मानवताको भावना यँहा मलेसिया मा |

दिलीप गुरुङ:  मलेसिया

त्यो सानो खरको झुपडीमा आशाको दियो बाल्दै साझ बिहान भोको पेट भर्न लाई दैनिकी सहुली काममा धाई धाई चिसो चूलोमा आगो फुक्नु नै असली जीबन शैली थियो !
दुखी नै किन नहोस जहाँ परिवार को  हारबर न्यानो ममताको छहरी मा जिउने बास्तबिक जीबन थियो !

सयौ डाडा पारिको परदेश मा बिरहाले रोएको रातहरु संग अनि समझानाले छोई मुटु दुख्ने बेलामा आफ्नोपन दिने सधै नजर लाउने कोही नहुने बिरानो देशमा.

पिजड़ा को पंछी झै कयौ चपेटाहरु सहि घसिरहेका छन त्योई नेपाल पहाड़ी गाउबेसि हुदै घाँस-दाउरा गर्ने सोझा-साधा नेपाल आमाका सच्चा सपुत्रहरुको हातकेलाहरु, छहरे खोला झरना अनि मुल्को चिसो पानी घरेलु अमृत पिएर मस्किएका बीर गोर्खाली का पाखुरा हरु नाइग्रा हरु ख़ीईने  गरि जीबन मृतु को बाजी लगाई खटिरहेका छन, आमा बाबा को आशिर्बत भोक्ने दशैं को टिकाले भर्ने त्योई निधार बाट धरर बगिएका पसीना को यहाँ मुल्य छैन झरे जति को  ! प्यासी हुदा नि प्यास मेटाउन लाई केहि छैन मात्र साथ दिदै जीबन को घडी लाई धकेल्दै छन उडुस-लमखुट्टेको खानीमा बिताई रहेका लाखौ हामी नेपाल आमाका बीर सपुत्रहरुको मर्म कसले बुझने यहाँ। …।

कति दुःख कस्टहरु लाई पार गर्दै महीना बितिएर आँखा भरी आशु रसाउदै मुटुको मन भरि घर परिवार को सानो सानो आशा मेटाउन सपना बुन्दै आफ्नो कमाई को प्रतिछ्या गर्छन >>>>
सपना सपना मै मिल्काई उल्टै महीना दिन खानै नपुग्ने गरि कमाई (स्यालरी) दिन्छन अब भन्नु कति आशा हरु मार्दै जिउने कति दिन महीना अनि बर्षा हरु.

के थिएन र हाम्रो पनि तिम्रो झै जिउने मन हरु
के थिएन र हाम्रो पनि तिमि झै रम्ने आशा हरु
के थिएन र हाम्रो पनि परिवारमा खुशी ल्याउने सपना हरु
के थिएन र हाम्रो पनि सानो परिवार मा खुशी बाड्ने मुहार हरु
के थिएन र हाम्रो पनि तिम्रो झै मुस्कुराउने हाँसो हरु
के थिएन र हाम्रो पनि तिम्रो झै गुड़ने उड़ने फरकीला दिन हरु
के थिएन र हाम्रो पनि तिम्रो झै साथ मा साथ मिलाई हिड्ने चाहना हरु
के थिएन र हाम्रो पनि अफु सक्ने मन दिदै समाज संग हातेमालो गर्ने समाजसेवा मन हरु

ब्याज को स्याज हुदै दिनहु घरपरिवारमा आतेलु पिडाको भारि यहाँ भने झ्यान आफ्नो रगत अर्कै झै दिन-रात भोक नभनि घसिदै जहा औशी को रात मा का-कस्ले के के गुमाए थाहा नभएको चमेरा झै जिउदै छन आंजन ईर्स्यालु मान्छेहरुको भीड़मा।

जहाँ हाम्रो घर परिवार त घर परिवार नै होइन रे आफ्नो मात्र सब-थोक हाम्रो त जेसुकै होस सोच्ने अनि एसई हाहाकारका लाखौ बिन्ती सुन्ने होईना कैले नि दुःखी न्यास्रो मनमा सिर्जना गरि बस्नु बाहेक अरु के नै बिकल्प रह्यो आखिर भएको सारा रगत चूसी पसीना को फूल लूटिए पछि।

स्वार्थी दुनियाँ होईन? जमना बद्लिएको होईन?
- स्वार्थी मान्छे नै हो उसै स्वार्थी मान्छे ले नै जमना बद्लाएको हो

 एकरूपी लोभ्याउने मुस्कान बोकी अरु को पसीना चूसी भुंडी भर्ने
त्योई  दुःखी को पिडा भावना संग डुबल्कि खेल्ने हरु
त्योई अत्याचारको भंडार भर्दै रंगशाल सिर्जना गर्ने हरु
त्योई आधेरी कोठामा रणभुलमा बेहोसी झै दिन बिताई रहेका दुखका पालुवा आशा हरु लाई नबुझ्ने हरु
एकदिन फूटने छ त्यों गरीबी को पसीना चूसी भरिएको भंडार
लूटिन्छ कतै त्यों अत्याचार गिद्दाले सिनो झै लुछी खाने पापपिण्डा हरु
त्यों पापी आत्मा लाई भिजाउने छन लाखौं चपेटामा परेका नेपाली कामदार हरुका रसाउदै बिसाएका बिन्ती आँशुहरुले !!!

ओसिएका चिसो चुलोमा आगो बाल्दै दिन-रात छाक टार्न बाट केहि हुने आशा बोकी परदेशीएका हजारौं नेपाली कामदारहरु चपेटामा परिएका दुःख मर्म बेदना भावना सुन्ने कोही हुन्न रहेछ आखिर,,,,, भाषा नजाने पछि न त मनको कुरा बुझ्छ न  त भोको पेट भर्न सक्छ रुदै मनका भाव बौलाउनु बाहेक के रह्यो र आखिर

यस्तै यस्तै दुःख सहन नसकि भने झै कमाई (स्यालरी) नमिल्दा अनि न न  थरि झूठा आरोपमा कम्पनी छोड़ने बाध्य बनाउछन ! भरोसा छैन के गर्दै खादै होला कुन बेला भेटिने हो कस्तो अवस्था मा NEPAL EMBASSY को. कुरै अलक ILLEGAL भयो कि अफु राम्रो साबित हुन लाई उल्टै बीर पुर्खाका एकै नेपाल आमाका सन्तान लाई नेपाली नै होईन भनिदिने कस्तो बिडंबन........... मातृ-भूमिको माया ममताको साहराले बेरी साथ दिनु पर्ने हाम्रा टाउके हरुको कुरा,... दुःख बुझेर पनि भोली भोली भन्दै टारिदिने महिनौ दिन लम्बाउछन् भुज पचाई एकै फुल्का थुँगामा हाते-मालो भई खटीनुको सट्टा आफ्नै PERSONAL काममा वेस्ता ।

बेमौसमी हुरि झै वाध्यताको जंघारहरुमा अल्झी रहेका सारा नेपालीहरु भावि जिवनहरु सुःख शान्ति मिलोस लाखौ लाख कामना,,, कतै पनि यस्ता खुट खुट्टीने चपेटाहरु भोक्नु नपरोस।
सानो ठुलो हुदैन कैले कमाई जति नै किन नहोस आफ्नो पसीनाको फल खाना पाउस हामी सारा नेपाल आमाका बीर पुस्ताहरु

WRITER.., दिलीप गुरुंग
ताँङतिङ गाउँ गैरिथर - २ नमर्जुंग ग.बि.स. कास्की - गन्डकी पोखरा, नेपाल।



Posted by Unknown on 3:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कहाँ छ खोई मानवताको भावना यँहा मलेसिया मा |"

Leave a reply