|

कसरी भुल्न सकिन्छ पुर्खाले भनाएको छपनी ढुंगे घर |

दिलीप गुरुङ ताँङतिङ
कसरी भुल्न सकेको पुर्खाले बनाएको त्यो छपनी ढुंगे अनि कोदालो ले खनि बनाएको गोरेटे हुदै घाँस दाउरा गरेका उकाली ओरालीका रिमझिम दिन हरु

किन भुल्दै छ तिमी गाउ-घरका कोइसी मुनि अनि पराल मुनि
सिकान गालामा टॉसइ लुकामारी खेल्ने बालपनहरु

अनि किन याद आएन खुर्पिटो भीरि झरिमा रुझी रुझी
फटुवा भोटो लगाई पासो थापदै झ्याड़ी मुनि दगुर्ने जोस हरु

हिजो भन्दा आज, आज भन्दा बोली गर्दै किन भुल्दै छ तिमी
आमा-बाबाको स्याखु मुनि तौउरु भात, खोले-फ़ाड़ो खादै
हिलो संगै असर गर्न तमसेका गाउबेसी यात्रा हरु

एक पल नि किन सांझिएन त्यो बाजे ले बुनी दिएको डोको मा
कोदो र मकै मिसाएको भारी भोकी घटे खोला धाएको दिन हरु

किन याद आएन तिम्लाई एकपल नि
त्यो साउने झरी मा आमा ले आलू-पिंडालु हातै ले खुलाएको दिन हरु
आखिर किन बर्सियो तिम्ले त्यो गाई-बैसिको गोठ सार्न जादा
कुवाको पानीले गोबर लागेको हात धोई खीर भात खुलाएको जुन्ले फाट हरु

तिम्रो आँखा मा डॉलर को नोट भए पछि
आखिर बिर्सने नै भो नि
पाथीमा जोखि जोखि 3 सुका डबल गनि
साहू बाको घरमा ऋण भाको  दिन हरु

टालक्का टल्किने थाली मा
नामै नआउने खाना पाये पछि
किन नभुल्नु र त्यो केरा पातमा
गुन्द्रुक संग ढ़ेड़ो र तौरु भात ख़ाको दिन हरु

सबै लाई याद ले सताउदा यो झल्को मीठा मीठा पलहरुले
फेरी किन सताएन तिम्लाई मात्र त्यो बा-आमा ले हात समाई समाई
बिना चप्पल लुंगी भांग्र ले बेरी स्कूल पुराएको दिन हरु

$5 तिर्ने रिंगे पिंग खेले पछि
पक्कै याद आएन होला तिम्लाई
त्यो आमा को एक फेरी फ़रिया ले डिकी मुनु-मकै सोली-मुनि-पिढीमा
 बनाई दिएको पिंग का मज्जा हरु

आफ्नै मर्जी ले हिड्न पाएं पछि बिर्सी हाल्यो नि
त्यो भनेकै नमानी गइबैसी चराऊन गौ माथि-मुनि का काले खेतमा दगुर्ने उठ्यांग्र दिन हरु

बिल्ड़िंग मा AC मुनि सुत्न पायो आब त भुल्ने नै भयो
त्यो भेड़ी गोठ मा धुवा ले कालो खैरे बनाएको बख्खू ओडी
स्याउला माथि सुतेका गौथली चिरबिरे रात हरु

जुत्ता तल्कै बसमा सरर जाने भए पछि
संसार नै फेरियो तिम्रो
अनि चट्टाकै भूल्यो नि तिम्ले त्यो बर्खे सिन्ले काठको एकफेरा  पुल तरि
बिहान एक भारि घाँस दउरा नल्याए सम्म स्कूल जन नपाउने दुःखी दिन हरु

गोजी फुल छ जहाँ नि खाना ढुक्कले मिल्ने तिम्लाई
फेरी याद त आउनु पर्ने हो त्यो आमा ले थकाई नभनि
पिठो को सत्तू लाई (फ्रोसत) गिलो बनाई तिम्रो भोको पेट भरि दिएका दिन हरु
HI-HELLO बोल्न थाले पछि त भुतुकई बिर्सिसक्ने भो नि तिम्ले
यो झरि-पात नभनी हुरी गर्दै  पल्लो उपल्लो गैरी खेत धाउने दिन हरु

कालो गाडीमा डिस्को धाए पछि
कसरी याद आउनु तिम्लाई
सिट्टा बालि रोधी घर पुगेर थपड़ी र मादल को  ताल मा
कम्मर मर्के ङोलो ङोल्स्यो नाचेको जुनेली रात हरु

जहाँ सुकै होस तिमी अझै याद गर्दै छन तिमीलाई मातृभूमिले

अनि त्योई तिम्रा
.............
सुसेली हालि हिड्ने डाडा-पाखा ले
पसीना थपाई दिने बार्पिपल चौधारी ले
तिम्रो कोमल हातले छोएका पासो थाप्ने छापनी ढुङ्गा ले
तिम्ले चलाई रहाने अहिले खैरिएका हाशिया कोड़लो ले
तिम्रो प्यास मिटाई सहारा दिने त्योई तारे बटको ले
माटो संगै मिल्की सकेका तिम्रै भोटो ले
बिहान बेलुका हिड्ने गोरेटो ले
साथी संगिनी घोक हलि बोलाउदै गरेको ढुङ्गे चुचोरो हरु ले
गुच्छा,कबडी,माटोको  खेलौना बनाई भोकै खेल्ने त्योई भासिएका आगनी डीलहरु  ले

कहीं भोको पेटका उदाष मुहारहरु,
कहीं संगर्ष माया दुखेसो पसिनाहरु ,
>>>
भेटिने आखिर गरीबीको मुटुमा नै आफ्नोपन हरु .....
आखिर किन जगाएंन तिम्रो मुटुका दयालु, सज्जनतापूर्ण, रिआयती हरु

WRITER.., दिलीप गुरुंग ताँङतिङ गाउँ गैरिथर - २ नमर्जुंग ग.बि.स. कास्की - गन्डकी पोखरा, नेपाल।



Posted by Unknown on 1:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कसरी भुल्न सकिन्छ पुर्खाले भनाएको छपनी ढुंगे घर |"

Leave a reply