|

तमु प्ये ल्हु सँघ, कुवेतले ०३ जनवरीमा ल्होसार पर्व मनाउँदै

११ डिसेम्बर २०१३ । कुवेतमा सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था तमू प्ये ल्हु सँघ, कुवेतले आगामी ०३ जनवरी २०१४ शुक्रबारका दिन बिभिन्न खेलकुदहरुको आयोजना गर्दै तमू जातिहरुको महान राष्ट्रिय पर्व ल्होसार मनाउने भएको छ ।

प्ये ल्हु सँघ कुवेतले (ल्होकोर बर्ष ३२२६६ औं) “त ल्हो” (घोडा बर्ग) तमू ल्होसारको पावन अवसरमा अङ्ग्रेजी नयाँ बर्ष २०१४ लाई स्वागत गर्दै ०३ जनवरी २०१४ का दिन जलिब शुवैखस्थित काउन्सिल अफ मिनिस्टर्स (S.D.F.C) को खेल मैदानमा खुल्ला अन्तर नेपाली भलीबल प्रतियोगिता तथा तमूहरुको पुर्ख्यौली खेलहरु छेलो हान्ने, डोरी तान्ने लगायत बिबिध साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै ल्होसार मनाउन लागेको जानकारी कुवेतनेपाल डट कमलाई दिएको छ ।

बहराईन एक्सचेन्ज कम्पनी (BEC) कुवेतले मुख्य प्रायोजन गरेको कार्यक्रममा जलपानको समेत व्यवस्था गरिएको छ । प्ये ल्हु सँघका अनुसार १२ बर्ष पछि आगमन भएको “त ल्हो” घोडा बर्गका ब्यक्तीहरुलाई तमू खेगी गुरुबाट रिपा (प्है रु) लगाइ स्यई स्याई गरी स्वागत गर्ने र जाने बर्ग “स प्हृी ल्हो” नाग बर्गलाई बिदाईको स्याई स्याई गरि सभ्य र भब्य तरिकाले यस बर्षको “तमू ल्होसार” मनाईने भएको पनि सँघले बताएको छ ।

गत बर्षको “स प्ही ल्हो” नाग बर्गको तमू ल्होसार पनि प्ये ल्हु सँघ कुवेतले S.D.F.C कै खेल मैदानमा करिब ८०० सय जन मानसको उपस्थितिमा भलिवल र छेलो हान्ने जस्ता कार्यक्रमहरुको आयोजना गरी सफलतापुर्वक ल्होसार मनाएको थियो भने यस बर्ष दर्शकहरुको अनुरोधलाई ध्यानमा राखी तमूहरुको अर्को पुर्ख्यौली खेल डोरी तान्नेलाई पनि समावेश गरिएकोले उक्त दिन कुवेतमा कार्यरत सम्पूर्ण प्रबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई महान चाड “तमू ल्होसार”मा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन र सामुहिक रुपमा ल्होसार मनाउन प्ये ल्हु सँघ कुवेतले हार्दिक अनुरोध गर्दै निमन्त्रणा गरेको छ ।

आयोजकले खेल सम्बन्धी निम्न नियमावलीहरु उपलब्ध गराएको छ ।

मिति: ०३ जनवरी २०१४ शुक्रबार
समय : बिहानको ठिक ०७.०० बजेदेखी
खेल मैदान : काउन्सिल अफ मिनिस्टर्स (SDFC) कुवेतको खेल मैदान, जिलिव अल-शुवैख
टिम दर्ता र टाईसिट: २७ डिसेम्बर २०१३, दिनको ठिक ०३.०० बजे र टाईसिट ठिक ०४.०० बजे प्रकाशित गरिनेछ ।
टिमा दर्ता स्थान : मालिया पोष्ट अफिस अगाडि, कुवेत सिटी
टिमा दर्ता शुल्क : २५ कुवेती दिनार

भलिवल सम्बन्धी नियमावलीहरु:
१) दिनको ०४.०० बजे टाईसिट प्रकाशित भईसकेपश्चात दर्ता गराउन आउने टिमहरुलाई प्रतियोगितामा समावेश गराईने छैन ।
२) खेल टिटिको नियमावली अनुसार बेस्ट अफ थ्री र फाईनल बेस्ट अफ फाईभको आधारमा खेलाईने छ ।
३) खेल अवधिभर रेफ्रीको निर्णय नै अन्तिमा निर्णय र सर्वमान्य हुनेछ ।
४) प्रत्येक टिमले आफ्ना खेलाडी तथा टिम म्यानेजरहरुको सिभिल आईडीको फोटोकपी नामावली सहित टाईसिटको अवसरमा आयोजकलाई बुझाउन अनुरोध गरिएको छ ।
५) आफ्नो टिमका खेलाडिहरुको प्राथामिक उपचारको व्यवस्था स्वयं टिमले नै गर्नु पर्नेछ ।
६) कुनै पनि खेलाडी तथा दर्शकहरुलाई मादक पदार्थ सेवान गरी या साथमा लिई आएको पाईएमा सेक्युरिटी गेटबाटै प्रवेश निषेध गरिने छ ।
७) प्रतियोगितमा प्रथम र दित्तिय हुमे टिमहरुलाई खसी, ट्रफी, मेडल र प्रमाण-पत्रले पुरस्कृत गरिने छ ।
८) प्रतियोगिताको उत्कृष्ट खेलाडी, अनुशासित टिम, उत्कृष्ट शटर, उत्कृष्ट लिफ्टर र रेफ्रिहरुलाई ट्रफी र प्रमाण-पत्रले सम्मान गरिने छ ।
८) प्रतियोगितमा प्रथम र दित्तिय हुमे टिमहरुलाई खसी, ट्रफी, मेडल र प्रमाण-पत्रले पुरस्कृत गरिने छ ।

छेलो हान्ने खेल सम्बन्धी नियमावली:
१) सहभागी प्रतियोगिले छेलो दौडेर छेलो फाल्नु पर्नेछ ।
२) छेलो हान्न इच्छुक खेलाडिले ५०० फिल्स (आधा के.डी.) को टिकट काट्नु पर्नेछ ।
३) एक खेलाडिले प्रत्येक चरणमा लगातार ५ पटक सम्म छेलो फल्नु पर्ने छ ।
४) प्रथम र दित्तिय हुने खेलाडीलाई फेटा लगाई, ट्रफी र प्रमाण-पत्र प्रदान गरि अबिर जात्रा गराई सम्मान गरिने छ ।

डोरी तान्ने सम्बन्धी नियमावली:
१) रसी (डोरी) तान्नको लागि एक समुह ५ जनाको हुनु पर्नेछ ।
२) एक पटका डोरी तानिसकेपछी ठाँउ फेरबदल गराइने छ ।
३) यो खेल बेस्ट अफ थ्री को आधारमा खेलाईने छ ।
४) सहभागी सबै खेलाडिहरुले अनिवार्य रुपमा जुत्ता लगाएको हुनु पर्नेछ ।
५) टिम दर्ता शुल्क २ केडी ५०० फिल्स तोकिएको छ ।
६) डोरी तानेर प्रथम हुने टिमलाई मात्र ट्रफी र प्रमाण-पत्रले पुरस्कृत गरिने छ ।

थप जानकारीको लागि संपर्क:
छ्योमान गुरुङ -५०३६३२८५, भिम गुरुङ -५५१७५४१३, डम्मर गुरुङ -५५०२८७९५, डिक गुरुङ -५५२३३११५, केश गुरुङ -५००१९५७१

Posted by Unknown on 2:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " तमु प्ये ल्हु सँघ, कुवेतले ०३ जनवरीमा ल्होसार पर्व मनाउँदै"

Leave a reply