|

हङकङलाई ५ विकेटले हराउदै नेपाल ट्वान्टी ट्वान्टी विश्वकपमा छनोट |

नेपाल, ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । युएईमा भएको खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल पहिलो पटक ट्वान्टी–ट्वान्टी विश्वकपमा छनौट भएको हो ।
ट्वान्टी–ट्वान्टी विश्वकप आउँदो १६ मार्च सन् २०१४ मा बंगलादेशमा हुने छ । नेपाल जितसँगै ट्वान्टी ट्वान्टी विश्वकप छनौटको सेमिफाइनलमा पनि पुगेको छ । नेपालले फाइनल प्रवेशका लागि शुक्रबार अफागानिस्तानसँग सेमिफाइनल खेल्ने छ ।

नेपाललाई जिताउन कप्तान पारस खड्काले ४६ रन बनाए । नेपालका ज्ञानेन्द्र मल्लले २७ बलमा ३ चौकाको मद्दतमा ३० रन बनाए भने सुवास खकुरेलले १६ बलको सामना गर्दै १ चौकाको मद्दतमा १६ रन बनाए । यस्तै सागर पुनले १९ बल खेल्दै ३ चौकाको मद्दतमा २२ रन बनाए ।यसअघि टस हार्दै पहिला ब्याटिङमा उत्रिन बाध्य भएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै  १ सय ४३ रन बनाएको थियो । उसका लागि वाकस वर्कात र निजाकत खानले समान २५ रन बनाए । हङकङलाई सुरुदेखि नै दवावमा राखेका जितेन्द्र मुखियाले ३ तथा अविनाश कर्णले २ र कप्तान पारस खड्काले एक विकेट हात पारे । दोश्रो ओभरको चौथो बलमा नेपालका जितेन्द्र मुखियाले पहिलो विकेट हात पारेका थिए । उनले १६ औं ओभरको तेश्रो र चौथो ओभरमा लागातार २ विकेट थपे । यस्तै अविनाश कर्णले पनि पाँचौं ओभरको पहिलो बलमा र १९ औं ओभरको दोश्रो बलमा विकेट हात पारेका थिए । समूह चरणमा खेलेका ७ खेल मध्ये ४ खेल जितेर नेपाल समूह बी मा तेश्रो बन्दै अघिल्लो चरण प्रवेश गरेको हो । हङकङ ५ खेल जितेर समूह ए मा दोश्रो भएको थियो |

Posted by Unknown on 3:22 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " हङकङलाई ५ विकेटले हराउदै नेपाल ट्वान्टी ट्वान्टी विश्वकपमा छनोट |"

Leave a reply