|

तमु प्ये ल्हु संघ इजरायलले प्रथम ल्होसार मनाए !



दिपेन तमु -प्ये म्हस्याँ छ्या म्हमू, छ्या म्हस्याँ ल्हु म्हमू, ल्हु म्हस्याँ म्हि म्हमू।
"शास्त्र हराए परम्परा हराउँछ। परम्परा हराए सँस्कृति हराउँछ। सँस्कृति पनि हराए मान्छे अर्थात जाति नै हराउँछ।"
बैदेशिक रोजगार को क्रममा इजरेल मा रहनु हुने तमु हरुको संगठन तमु प्ये ल्हु इजरायल  ले जनवरी ०३-०१ -२०१४  तारिक को राति dizen off तेल अविव मा भव्यता को साथ प्रथम तमु त ल्होसार मनाए को थियो ! सो कार्यक्रम तमु प्ये ल्हु संघ इजरायल  का उपाध्यक्ष श्रीमती सानु तमुस्यो को अध्यक्षतमा सु-सम्पन तमु ल्होसार सांझा भब्यताकासाथ मनाएका थियो ! |कार्यक्रम मा प्रमुख अथिति नारी आवाज इजरायलका उपध्यक्ष , भुत पुर्व तमु समाज इजरायलका अध्यक्ष नेहा तमुस्यो ,तथा सत्य साइ केन्द्र इजरायलका उपाध्यक्ष श्री सुर्य सिंखडा र news in नेपाल का प्रतिनिधि ओम प्रसाई लाई अतिथि को रुप मा रहनु भएको थियो साथै अतिथिहारुलाई  तमुहरुको परपुर्वकाल देखि चालिएको फेटा(क्रेगी)ओढाई सम्मान गरिएको थियो !
कार्यक्रम मा प्रमुख अतिथि नेहा तमुस्योले पानस मा बत्ती बलेर सुरु गर्नु भएको थियो भने  तमु समुदायमा मनाउदै आएको हामि तमुहरुको महान पर्वा ल्होसार यसपाली सप्रि ल्हो लाई बिधाई गरि त ल्हो लाई स्वागत गरि त ल्हो लाई सुभ समयको अवसरमा कल्पना तमुस्योले रुपा लगाई  सहभागी तमु हरु लाई त ल्हो वर्ग रहनुभएका तमुहरुलाई कल्पना तमुस्योले रुपा लगाई स्वागत गर्नु भएको थियो भने सप्रि ल्हो लाई बिधाई गरिएको थियो | साथै सहभागी सबैलाई वहाले रुपा लगाई ल्होसारको शुभकामना तथा आशिर्बाद दिनु भएको थियो |
साथै कार्यक्रममा तमु प्ये ल्हु संघ इजरायलका स_सचिव एलिना तमुस्यो ले स्वागत मन्तब्य दिनु भएको थियो भने मन्तब्य को क्रममा प्रमुख अथिति नेहा तमुस्यो ले यो पहिलो कार्यक्रम भएत पनि ऐतिहासिक भएको तथा निकट भबिस्य मा संघ लाई मन, बचन र कर्म ले सहयोग गर्ने प्रतिबद्द गर्नु भएको थियो भने, सो कार्यक्रम तमु प्ये ल्हु संघ इजरायलका महासचिव दिपेन तमु र श्रीमति सानु तमुस्योले संचालन गर्नु भएको थियो |
यस् तमु प्ये ल्हु संघ इजरायलले भबिस्यमा तमु हरु लाई एकता गरि लाने प्रयास गर्ने र  तमु हरुको पहिचान,धर्म,संस्कार,संस्कृति र परम्पराको जगेर्ना गर्दै प्ये क्ष्य को बारेमा तमु हरु लाई सचेत गराउन भूमिका खेल्ने तमु प्ये ल्हु इजरायलका महासचिव दिपेन तमु ले बताउनु भएको थियो | 


Posted by Unknown on 7:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तमु प्ये ल्हु संघ इजरायलले प्रथम ल्होसार मनाए !"

Leave a reply