तमु प्ये ल्हु संघ युएईको दोस्रो बार्षिकोत्सव सम्पन्न |
भिम फ्हिप्रो टङ्गी लम दुबई , गत ७ मार्च शुक्रबारका दिन दुबईको होली डे ईन होटलमा तमु प्ये ल्हु संघ युएईले "प्ये म्हस्याँ छ्या म्हमु छ्या म्हस्याँ ल्हु म्हमु ल्हु म्हस्याँ म्ही म्हमु" अर्थत "शास्त्र हराए सस्कृति हराउँछ सस्कृति हराए परम्परा हराउछ परम्परा हराए मान्छे हराँउछ" भन्ने मुल नाराका साथ दोस्रो बार्षिक उत्सव बिभिन्न सांस्कृतिक कार्यक्रम साथ मनाएका छन् । तमु प्ये ल्हु संघ युएई फेब्रुरी१०, २०१२मा स्थापना भई गत बर्ष एभरेष्ट होटेल मनाइको थियो भने यसपाली सो होटेलमा मनाएको हो ।
परम्परागत सैलिमा राडी ओछ्याइ अतिथिहरुलाई सत्कार गर्दै उक्त कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए यूएईका अध्यक्ष कृष्ण भुसाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सो संस्थाका अध्यक्ष एकाजङ प्लेम्हे तमु गर्नु भएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेको कार्यक्रमलाई भिम लम तमु, देउ माया तमु र टम तमुले संचालन गरेका थिए ।
सो संस्थाका महिला प्रमुख सरिता लेम तमुस्योकी पुज्यनिया बुवा स्वर्गिय भु पु मेजर शेर बहादुर तमुको श्रदन्जली सभासँगै शुरु गरिएको कार्यक्रममा तमु प्ये ल्हु संघको स्वागत गीत साथै राष्ट्रिय गान पछी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मुक्ती टु तमुले स्वागत मन्तब्य दिनु भएको थियो । यसैगरी प्रमुख अतिथि, अध्यक्ष तथा उपस्थित अन्य अतिथिहरुले दीप प्रज्वोलन गरी कार्यक्रमको उदघाटन गरिएको थियो । शास्त्र,सस्कार,सस्कृति र परम्परा बचाई हाम्रो पहिचान बचाउनु नै तमु प्ये ल्हु संघको मुल उदेस्य भन्दै सस्थाका प्रमुख संरक्षक भुपु कर्नेल सुबिराज तमुले छोटो मन्तब्य राख्दै कोषाध्यक्ष ओम पच्यु तमुले वार्षिक तथा अर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत नेपालबाट आएका अतिथी कलाकार ,नायक, गायक र निर्देशक मनोज तमुको तमु भाषाको गीत “आधी माया क्योला आधी माया ङला” र "सहिली योरबै पा" मा सबैजना नाच्न थाले भने “बोली मोहनी बानी चंचले”र भरनाको चिसो पानी सबैले मन पराए । अतिथी कलाकार रश्मी तमुस्योको “सुनखरी सुनगाभा गुराँश जस्तो यो मन....” नाँचले दर्शकलाई गाउँघरको याद दिलाएको थियो भने “चोखो माया सईरी थिमुदु…” भन्ने गीतमा महेश तमु र सपना तमुस्योको युगल जोडी नृत्यले उपस्थित युगल जोडीहरुको मन जित्नमा सफल भएका थिए । त्यसैगरी सोही गीतको रिमिक्समा राकेश, भुवन, सम्राट र प्रेमको नृत्यले अझै थप मनोरञ्जन दिएको थियो । यसैगरी सपना तमुस्योको अर्को प्रस्तुती "मोह्र्यारी खमु माया लमु" गीतको नाँचले दर्शकलाई नाच्न उत्सहित गरेका थिए । niयसरी नै पारस लामाको गीत “दर्शन नमस्ते”ले दर्शकलाई तताएको थियो भने तमु भाषाको "मुर्बै मुसर तोबई" गीतमा तारा तमुको नृत्यले झनै सुनमा सुगन्ध थपिदिएको थियो ।
सस्थालाई बिभिन्न तरिकाले सहयोग गर्नु हुने राज तमाङ,महेश पराजुली,लाल बहादुर ढेगाँ लगायत बिगत लामो समय देखी बलिबल खेल जिताउन सफल खेलडी तथा ब्यबास्थपकहरुलाई क्रेगी ओढाइ कदर तथा प्रसंशा पत्रले सम्मान गरेका थिए । साथै लामो समयदेखी यूएई रही बिभिन्न सस्थामा अमुल्य योगदान दिदै आएका लम्जुङ मोहोरियाकोट घर भई हाल यूएईमा कार्यरत रोजगरीको सिलसिलामा क्यानाडा जान लागेका युबराज तमुलाई लम्जुङ संपर्क समिती यूएई,तमु प्ये ल्हु संघ यूएई र तमु समाज यूएईले संयुक्त रुपमा बिदाइ तथा सम्मन गरेका थिए भने उनले "कती मिठो बोली बचन" बोलको कौडा गीत सुनाइ सबैलाई बिदा मग्दै नचाएको थियो ।
उपस्थित भएका सबैजनाले सांगीतिकको मनोरञ्जन मात्र हैन साथमा तमु चेलीहरुले बनाएको सेलरोटी,गोर्खली अचार तरकारी लगायतको नेपाली परिकारले भरपुर स्वाद समेत लिदै भोक मेटाउदै मनोरन्जन लिएका थिए ।अन्त्यम कार्यक्रमका सभापति एकाजङ प्लेम्हे तमुले उपस्थित सम्पूर्ण अतिथी,दर्शक आयोज,स्वयम्सेवक सबैलाई कार्यक्रम सफल पारी दिनु भएकोमा हार्दिक धन्यबाद दिदै आगामी दिनमा पनि तमु प्ये ल्हु सँघ यूएई प्रबासमा रहेर पनी तमु,भाषा,सस्कार,सस्कृति र परम्पराको संरक्षण गर्न पछी न पर्ने जस्को लागि सम्पूर्ण तमुहरु साथ दिनु पर्ने भन्दै कार्यक्रमको समापन गरेका थिए । फोटो लालबहादुर ढेंगा, दुबई
