|

तिखारिएपछि चलचित्र निर्माण गर्ने सोचमा छु, नायक ओमप्रकाश गुरुङ ताङतिङ |

साभार- एभरेस्ट  टाइम्स साप्ताहिक

वि.सं. २०४० सालमा कास्की जिल्लामा जन्मेका हुन् ओमप्रकाश गुरुङ । ओमप्रकाशको सानैदेखि कलाकार बन्ने मनोकांक्षामा २०६३÷०६४ तिर मुनाल फिल्म स्टुडियोले पूरा गरिदियो । उनले गाउँघरको सांस्कृतिक परिवेश अनि दिदी कल्पनाबाट प्रेरित भएर उनी कलारकारितामा लागे । नायक, चलचित्र सहनिर्देशकका रुपमा परिचित उनै नयाँ प्रतिभा गुरुङसँगको संक्षिप्त कुराकानी यसपटक मध्यान्तरमा ।
 ० अचेल के गर्दै हुनुहुन्छ ?
– लाइफ नेपाल एकेडेमी, बागबजार काठमाडौंमा भिडियोग्राफी, इडिटिङ र डाइरेक्सनसम्बन्धी तालिम लिइरहेको छु ।
० कलाकारितामा कसरी प्रवेश गर्नुभयो ?
– कास्कीको ताङतिङ गाउँमा जन्में । गाउँ समाजमा विभिन्न संस्कार संस्कृति, रीतिरिवाजमा नै रमाएँ । २०५५ सालमा पोखरा झरें । २०५७ सालमा एसएलसी उत्तीर्ण भएँ र पोखरामा कालिका मल्पिटपल क्याम्पसमा भर्ना भएँ । कालिकाबाट १२ कक्षा पास भएपछि त्यति नै बेलादेखि कलाकार बन्ने धुनमा लागें । तर परिवारमा बाबुबाजे त कलाकार हुनुहुन्थेन । दिदी कल्पना र दाइ भोज गुरुङबाट प्रेरित भएर कलाकारितामा प्रवेश गरेको हुँ ।
० तपाईंंले खेलेको चलचित्र तथा म्युजिक भिडियो कुनकुन हुन् ?


– मुनाल फिल्म स्टुडियो प्रेमैं (पाहुना) २०६३मा सहनिर्देशक आक्रोदो (नरुनु)मा पनि सहनिर्देशकको भूमिका निर्वाह गरें । त्यस्तै सपनीमा झस्किन्छु, यसरी नहेर मलाई– ०६४मा लोकदोहोरीको भिज्युअलमा खेलें । अनि २०६५ मा भने पहिलोचोटी प्रोहेस्यो(दुलही) चलचित्रमा नायक बनें । त्यसपछि अभियान फिल्म प्रोडक्सनबाट निर्माण भएको धिँ(घर)मा पनि नायक बन्ने अवसर पाएँ । र, ०६६ मा रिमै मई मई सें (युवायुवतीको मन)मा पनि म नायक छु ।
० मातृभाषाको चलचित्रमा लगानी गर्ने अवस्था छ ?
– लगानी गरेर फाइदा भन्दा पनि आफ्नो समुदायको भाषा, संस्कृति, संस्कार जगेर्नामा टेवा पुर्याउनको लागि हो । कतिपय व्यक्ति लगानी गरेर ‘हिरो’ बन्ने गरेको छ । तर मलाई त्यसो गर्नु ठीक लाग्दैन । सक्षम भएर अरुको मन जित्न सकेमात्र राम्रो लाग्छ ।
० आफंैं लगानी गरेर हिरो बनिरहेको अवस्था पनि छ नि ?
– क्षमता भए त जसले लगानी गरेर पनि हिरो बन्नु राम्रो हो । तर आधारभूत ज्ञान, व्यक्तित्व नै नभई हिरोको भूमिका निभाउनु विकृति हो ।
० कलाकारितामा सस्टेन हुने अवस्था छ ?
– कलाकार बन्ने इच्छा गर्ने मात्र हो । यस क्षेत्रमा गाँस, बास, कपास जुटाउन गाह्रो छ । तर आर्थिक फाइदै मात्र हेरेनौं भने आफ्नो समुदायमा चिन्ने अवसर, दर्शकको माया पाउने र करिअर विकास गर्न सकिन्छ ।
० अबका दिनमा कसरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ ?
– संघर्ष गरिरहेको छु । नायक बनेर मात्र गाह्रो छ । गुरुङ संस्कृतिलाई चलचित्रमार्फत् फैलाउने विचारमा छु ।
० मातृभाषाको बजार फराकिलो छ ?
– मातृभाषाको चलचित्र बजार फराकिलो छैन । शोखले मात्र चलिरहेको छ भन्ने मेरो बुझाइ छ ।
० यसलाई वृद्धि गर्ने उपायचाहिँ के छ त ?
– बजारलाई फराकिलो बनाउन मुख्यगरी उत्पादनलाई गुणस्तरीयता प्रदान गर्नुपर्यो । त्यसका लागि सक्षम कलाकार, प्रविधि, प्राविधिहरु क्षमतावान हुनुपर्ने नै भइहाल्यो । यसलाई राम्रो पार्न सबै कलाकार, बुद्धिजीवी, सरोकारवालाले ध्यान दिनुपर्छ ।
० कस्तो विषयमा चलचित्र निर्माण हुनुपर्छ ?
– खाली माया प्रेमलाई मात्र नभई मानवीय जीवनका अन्य विषयवस्तुलाई पनि उतार्न सक्नुपर्छ । मुख्य त सुझावमूलक चलचित्र बन्नुपर्छ ।
० नायकको भूमिका निभाउँदा सजिलो हुन्छ नेपाली कि गुरुङमा ?
– मातृभाषामा खेल्दा राम्रो लाग्छ । सानैदेखि जानेको भाषा सजिलोका कारण विषयवस्तु चाँडो बुझ्न सकिन्छ ।
० कलाकारितामा नै रहिरहने अवस्था देख्नुहुन्छ ?
– अहिलेसम्म टिकिरहेको छु । भविष्यमा के हुन्छ थाहा छैन । यसमै लाग्ने अठोट छ ।
० सन्तुष्टि मिलेको छ ?
एकदम ।
० आगामी योजना ?
अझै एक वर्षसम्म प्रशिक्षणमा रहन्छु । तिखारिएपछि चलचित्र निर्माण गर्ने सोचमा छु ।
                 कास्कीको ताङतिङ गाउँ



Posted by Unknown on 6:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " तिखारिएपछि चलचित्र निर्माण गर्ने सोचमा छु, नायक ओमप्रकाश गुरुङ ताङतिङ |"

Leave a reply