|

शुभम संघर्ष समिति गठन |


शुभम संघर्ष समिति गठन
भुपाल गुरुङ
पोखरा १९ फागुन

अस्पतालको लापरवाहिका कारण सिलिन्डर पड्कीएर मृत्यु भएको शुभम गुरुङले क्षतिपुर्ति नपाएको भन्दै संघर्ष समिति गठन भएको छ ।
अर्थर डाँडा खर्क समाजको अगुवाईमा सोमबार कुमार तमु संयोजक रहने गरि १०१ सदस्यीय शुभम संघर्ष समिति गठन गरेको हो । फागुन ९ गते सामान्य रुघाखोकीले अस्पताल भर्ना भएका ८ वार्षिक शुभमको फिस्टेल अस्पतालका कर्मचारीको लापरवाहिका कारण मृत्यु भएको १० दिन वित्तिसक्दा समेत कुनै प्रतिक्रिया नआए पछि कारण संघर्ष समिति गठन भएको हो । घट्ना पश्चत प्र्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाको संयोजकत्वमा बनेको छानविन समितिले कुनै पनि रिपोर्ट नदिएको भन्दै संघर्ष समिति बनाउन बाध्य भएको शुभम संघर्ष समितिका सदस्य मनोज तमुले जानकारी दिनुभयो ।

लिटिल स्टेपमा कक्षा ३ मा अध्ययनरत शुभमको पोष्टमार्टम पछि शव बुझिसके पनि छानविनका लागि गठित समितिले कुनै प्रतिक्रिया नदिएको भन्दै संघर्ष समिति गठन गर्नुपरेको हो उहाँले भन्नुभयो । उहाँले मंगलबार जिल्ल प्रशासनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको भन्दै वेवास्ता गरे चरणवद्ध आन्दोलनमा जाने बताउनुभयो । शुभमलाई फागुन ८ गते सामान्या ज्वरो, रुघाखोकीका कारण फिस्टेल अस्पताल भर्ना गरिएको थियो । शुभमलाई डक्टरले एन्टीभइरस खुवाएपछि निलो भएको भन्दै अक्सिजन दिएको थियो । पहिलो सिलिण्डरको अक्सिजन सिध्यीए पछि पुनः अर्को सिलिण्डर परिवत्र्तन गर्ने क्रममा सिलिण्डर पड्कीन पुगी शुभमको मृत्यु भएको थियो भने आमा बेहोस हुन पुगेको थियो त्योही मौका परि मृतक शुभम र आमा लाई अस्पतालले घटना लाई लुकाउन लाई मणिपाल अस्पताल पुराएको पिडितको आरोप छ 

Posted by Unknown on 7:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शुभम संघर्ष समिति गठन |"

Leave a reply