|

बिबिध धार्मिक तथा सास्कृतिक कार्यक्रममा साथ युएईमा तमु ल्होसार मनाउदै

त्रिलोचन कोइराला युएई -शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे अथवा जात नै हराउछ भन्दै तमुहरुको महान त ल्हो ( घोडा वर्ग ) ल्होसारको ऊपलक्क्षमा तमु समाज युएई तथा तमु प्ये ल्हु संघ युएईको आयोजनामा जनवरी ३, २०१४ सुक्रबार भब्य रुपमा बिबिध कार्यक्रमहरुको साथमा ल्होसार मनाउने भएको छ ।
हरेक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्बाद लिने र शुमकामना आदानप्रदान गर्ने गरिन्छ । तमु जातिले पुस १५ मा ल्होसार मनाउने भएपनि प्रवासमा अनुकुलता अनुशर बिदाको दिन मनाउने गरिन्छ | युएइमा बिगत लामो समय देखि तमु समुदायले मनाउदै आएको ल्होसार पर्ब यसपाली सप्र्हि-ल्हो जाने र त-ल्हो आउने शुभ समयको अवसरमा सप्हि आ -ल्होलाई बिदाइ र त-ल्होलाई स्वागत गर्दै तमु जातिको मौलिक पहिचान दिने अर्थात धार्मिक एवं साँस्कृतिक महिमा बोकेको तमु महान पर्व ल्होसार मनाउन गईरहेको तमु समाज युएइका उपाध्यक्ष शिब तमुले जानकारी गराए | उपाध्यक्ष तमुले अस्टोरिया होटेल बुरदुबईमा हुने त-ल्होसार महोत्सवमा उपस्थित भै महोत्सवको शोभा बढाउनुका साथै भव्य रुपमा सफल पारीदिनु हुन युएईभरी छरिएर रहनुभएका सम्पूर्ण महानुभावहरुमा अनुरोध गरेका छन ।
तमु समाज तथा तमु प्ये ल्हु संघ युएई त-ल्होसारको हार्दिक मंगलमय शुभकामना आयोजना हुने त-ल्होसार महोत्सवमा धार्मिक गुरुबाट पूजा अर्चना, ख्यातीप्रप्ता अतिथि कलाकार गायक धन बहादुर तमु, नायिका शान्ति तमुस्यो तथा स्थानीय कलाकारहरुबाट बिजोड साँस्कृतिक कार्यक्रम, तमु मौलिक नाच सोरठी, भेषभुषा प्रतियोगिता, भाषाभाषीको प्रतियोगिता र भाग्यशाली चिट्ठा लगायत विभिन्न रमाइलो विधाहरु समेत समावेश आयोजकले बताएका छन |
गुरुङले यो वर्ष पुस १५ मा त ल्हो ल्होसारको रुपमा, तामाङ लगायतले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारको रुपमा तथा शेर्पा र भोटे लगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसारको रुपमा मनाउने चलन छ । हरेक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेका प्रतीकका रुपमा लिइन्छ । नयाँ वर्षका रुपमा ल्होसार पर्व तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, लेप्चा लगायतका जातिले मनाउने गर्छन् । नेपाल सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदा पनि दिन थालेको हो । 



Posted by Unknown on 10:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिबिध धार्मिक तथा सास्कृतिक कार्यक्रममा साथ युएईमा तमु ल्होसार मनाउदै"

Leave a reply