|

मादी नदीमा पुल नहुँदा यसरी फड्केपुलमा गुजारा गर्छन

   
लमजुङको समिभञ्ज्याङ र कास्कीको थुम्कि गाविस जोड्ने मादी नदीमाथि पुल नहुँदा स्थानिय वासिन्दा समस्यामा परेका छन् । उनिहरुले वाँस र काठवाट वनाएको फड्के पुलवाट जोखिम मोलेर दैनिक यात्रा गर्ने गरेको स्थानिय वासिन्दाले वताएका छन् । पुल नहुँदा करिव २ घण्टा हिँडेर लमजुङको भोर्लेटार र तनहँुको सिसाघाट पुगेर मादी नदी पार गर्नुपर्ने वाध्यता रहेको छ । दुवै जिल्लाका विकट गाविस जोड्ने झोलुङ्गे पुलको माग गरिएपनि संवन्धित पक्षले कुनै सुनुवाई नगरेको समिभञ्ज्याङ ८ स्थित पराजुलीबेसीका रामचन्द्र तिवारीले जानकारी दिनुभयो । उक्त पुल निर्माण समितिका कोषाध्यक्ष समेत रहेका तिवारीले पुल निर्माणका लागी गत जेठमा सामान आईसकेपनि निर्माण शुरु हुन नसकेको बताउनुभयो । उक्त काठको फड्के पुलबाट दैनिक दुई तिन सय जना आवात जावत गर्ने समेत जनाईएको छ । श्रोता-रेडियो मस्र्याङ्दी 

Posted by Unknown on 12:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मादी नदीमा पुल नहुँदा यसरी फड्केपुलमा गुजारा गर्छन "

Leave a reply