|

पोखराका गुरुङहरुले सयुक्त ल्होसार मनाउने |

भुपाल गुरुङ

पोखरा २० मंसिर 

तमुहरुको महान पर्व ल्होसार नजिकिदै जाँदा पोखराका गुरुङहरु एकजुट भएका छन । पोखराका तमुहरु यत्तिबेला ल्होसार पर्वलाई कसरी मनाउने भन्ने मै तल्लिन छन । कास्कीमा भिन्नाभिन्न ठाँउमा ल्होसार मनाउदै आएका तमुहरु यस पटक भने एकै थलोमा मनाउने निर्णयमा पुगेका छन । कास्कीमा क्रियाशिल रहेका समाजीक संस्था तमु धीं नेपाल र तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति, ङोइ तमु धीं लेखनाथ तथा धार्मीक संस्थाहरु तमु प्ये ल्हुं संघ र बौद्ध अर्घौ सदन लगायतका तमु जाति संग शुभेच्छुक संस्थाहरुले सयुक्त रुपमा मनाउने भएका हुन् । 

संघसंस्थाको आज बसेको सयुक्त बैठकले पौष १५ र १६ गते सयुक्त ल्होसार मनाउने निर्णय गरेको हो । ल्होसार मनाउनका लागि तमु धीं नेपालका अध्यक्ष कर्म तमु संयोजक रहेको विभिन्न उपसमिति समेत गठन गरिएको छ । बैठकबाट गठित समितिको कार्यक्रम तर्जुमा उपसमितिको संयोजक तमु ह्युल छोँज धीं गूरुङ राष्ट्रिय परिषद कास्की अध्यक्ष दल बहादुर तमुलाई तोकेको छ । 

उपसमितिको सदस्यहरुमा तमु धीं का सल्लाहकार सन्त बहादुर तमु, तमु प्ये ल्हुं संघका केन्द्रिय अध्यक्ष क्याप्टेन रुप बहादुर तमु, बौद्ध अर्घौ सदन रामघाटका अध्यक्ष भुवनसिँह तमु लगायत शुभेच्छुक संस्थाहरु सदस्य रहने बताएको छ । यस उपसमितिले पौष १६ गते हुने सयुक्त सम्पुर्ण कार्यक्रमहरुको तर्जुमा गर्ने छ । त्यसैगरि कार्यक्रम सम्पन्न गर्नका लागि सचिवलाय समेत गठन गरिएको छ । तमु धीं नेपालका महासचिव रुद्र कुमारी गुरुङको संयोजकत्वमा सम्पुर्ण संस्थाका सचिव पदेन रहने बताएको छ । प्रचार प्रसार उपसमितिमा हुम बहादुर तमु, भुपाल तमु, लोकेन तमु लगायतका तमु संचारकर्मीहरु रहने बताएको छ । 

अर्थ संकलनका निमिक्त तमु प्ये ल्हुं संघ कास्कीका अध्यक्ष क्याप्टेन इन्द्र बहादुर तमुको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा सम्पुर्ण संस्थाका कोषध्यक्षहरु पदेन सदस्य रहने बताएको छ । मञ्च सजावट उपसमितिमा ओम तमु, क्याप्टेन धन बहादुर तमु, गम बहादुर तमु, छन भने स्वयमसेवक परिचालनमा तमु विद्यार्थी छोँज र्धी कास्की र तमु विद्यार्थी समितिलाईं जिम्मा दिइएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि गठित साँस्कृति कार्यक्रममा व्यवस्थापनमा झम बहादुर तमु, रिम तमु, सरस्वाति तमु लगायत छन । त्यसैगरि स्वागत सत्कारमा रुद्र कुमारी तमु, विष्णु तमु, हरिमाया तमु, पुष्प तमु लगायतलाई चयन गरिएको छ । सयुक्त ल्होसार अन्र्तगत पौष १५ गते मोटरसइकल ¥याली निकाल्ने भएको छ । मोटरसइकल ¥यालीका निमिक्त राजेन्द्र तमुलाई संयोजक तोकिएको छ भने विजय तमु, क्याप्टेन चेत बहादुर तमु सदस्य रहने बताएको छ ।

त्यसैगरि सम्मान तयारी उपसमितिमा मोती तमु, क्याप्टेन रुप बहादुर तमुलाई तोकेको छ भने सम्पर्क संयोजकमा गोपालमान तमु, मन बहादुर तमु, आश बहादुर तमु, क्षेत्र बहादुर तमु, विजय तमु लगायतलाई चयन गरेको छ । त्यसैगरि ¥याली व्यवस्थापनमा धर्म तमु, देउकाजी तमु, विरजंग तमु, तोरण तमुलाई तोकेको छ भने स्टल व्यवस्थापनमा गिरिप्रसाद तमु रहेका छन । आमा समुह संयोजकमा हरिमाया तमु र बुद्धिमाया तमु रहेका छन भने विद्यार्थी तथा युवा परिचालनमा रविन तमु, आस तमु, शुक्रराज तमु, नारायण तमु, चन्द्र प्रकाश तमु रहेका छन । 
सयुक्त समितिले पौष १६ गतेको सयुक्त साँस्कृतिक कार्यक्रमलाई सफल बनाउनका लागि अपिल लेखन उपसमिति समेत गठन गरेको छ । सम्पुर्ण तमुहरुलाई केन्द्रिकृत गरि सहभागीका लागि अपिल लेखन उपसमितिमा चेत बहादुर तमु, गिरि प्रसाद तमु र सन्त बहादुर तम,ु रहेका छन । गठित उपसमितिमा सदस्यहरु आवश्यकता अनुसार थप्दै जाने र सम्पुर्ण उपसमितिको काम कर्तव्य बारेमा सोहि उपसमितिमा अधिकार निर्भर रहने सहमति भएको छ । विंस २०४२ साल यता कास्की तमुहरुले एक पटक मात्र सयुक्त ल्होसार मनाएका थिए ।

Posted by Unknown on 7:44 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखराका गुरुङहरुले सयुक्त ल्होसार मनाउने |"

Leave a reply