अतिक्रमणले जमिन भासियो पोखारामा
फोटो, सुरज गुरुङ ,jukson.com
पोखरा, मंसिर १२ - सहरको उत्तरी भेग अर्मलास्थित मजुवा खहरेमा भ्वाङ परेर जमिन भासिएपछि ५० घरपरिवार विस्थापित भएका छन् । घरभित्रैको भान्सादेखि वरिपरिको भूभाग भासिन गएकाले त्रसित भई कसैले पूरै घर छाडेर हिँडेका छन् भने कतिपयले राति बस्न छाडेका छन् । पाँच दिनदेखि देखा पर्न थालेको भ्वाङ बढ्दै गएपछि मंगलबारसम्म १८ परिवारले घरका सामानसमेत निकालेर अन्यत्र गएको अर्मलाका सचिव रामचन्द्र पौडेलले जानकारी दिए ।आफन्त खोज्दै घर पूरै छाडेका तथा दिउँसो आउने तर राति नबस्नेहरू गरी हालसम्म ५० घर जोखिममा रहेको उनले बताए । जमिनको सतह एकाएक खसेर कतै पानी निस्कने त कतै सुख्खा खाडल परेका छन् । त्यस्ता खाडल अहिलेसम्म ३५ वटा देखिएको सचिव पौडेलले बताए । बिहीबार पसबहादुर परियारको घर भासिएपछि स्थानीयमा त्रास बढेको हो । खहरे खोलाको करिब ३ सय ५० मिटर लम्बाइ आसपासमा ७५ मिटर परसम्म भ्वाङ परेका छन् । घर वरिपरि भ्वाङ परेपछि घरै भत्कने खतरा भयो । अलि परको घरमा डेरा गरेर बस्न थालें,' म्याग्दीबाट तीन वर्षअघि आएर दुईतले पक्की घर बनाएका कुमार छन्त्यालले भने, 'आएर बसौं भने खाडल पर्ने डर नबसौं बल्लतल्ल बनाएको घर छाडेर कहाँ जाम् ।' उनका घरमा भाडामा बस्ने ७ जना अरू पनि डेरा छाडेर गइसके । पृथ्वीनारायण क्याम्पस पढाउने हिमलाल आचार्यको तीनतले पक्की घर चर्किएपछि भत्कने खतरा रहेको उनी बताउँछन् ।
भ्वाङबाट महेन्द्र गुफा, काला मुडा कृषि सडक, विद्युत् र टेलिफोन लाइन एवं पोखरा ल्याएको खानेपानी पाइपसमेत जोखिममा रहेको भन्दै स्थानीयले समिति बनाई संरक्षणको माग गरेका छन् । गाविसले जानकारी गराएपछि जिविस, प्रशासनमार्फत खानी तथा भूगर्भ विभागको विशेषज्ञसहितको टोलीले स्थलगत अध्ययन गरेको छ । सन् १९९८ मा विभागले गरेको अध्ययनमा यो क्षेत्र जोखिमयुक्त भनी पहिचान गरेको थियो । भ्वाङहरू दुईदेखि तीन र पाँच मिटरसम्मको गहिराइका छन् ।विशेषज्ञहरूले यो क्षेत्र भौगर्भिक हिसाबले अत्यन्त कमजोर अवस्थामा रहेको बताएका छन् । सतहको आधा मिटर माटोमुनि पाँगो माटो र ग्राभेलको तह र तल्लो भागमा कमेरे माटोकोे तह रहेको जमिन भएकाले भित्रभित्रै फैलिएको पानी बाहिर निस्कँदा कमजोर भित्री भाग खस्न जाँदा खाडल परेको उनीहरूले बताए । विभागबाट खानी तथा भूगर्भविद्द्वय लीलानाथ रिमाल र कुशल नन्दन पोखरेलले यहाँ दुई दिन स्थलगत अध्ययनपछि जिविसलाई प्रारम्भिक प्रतिवेदन बुझाएका छन् ।
अतिक्रमणले विपद
विज्ञहरूको प्रतिवेदनमा कमजोर बनोटमा मानवीय अतिक्रमणका कारण भूक्षयको समस्या आएको उल्लेख छ । 'भ्वाङहरू सिर्जना हुने मुख्य कारण प्राकृतिक रूपमा रहेको खहरे खोलाको प्रवाहमा अवरोध पुग्नु हो,' प्रतिवेदनमा लेखिएको छ । पानी जाने खोला अतिक्रमण हुनु तथा सडक बनाउने क्रममा खोलाको सतहलाई तीन मिटरमाथि उठाएर पानी बग्न प्राकृतिक बाटोमा अवरोध भएपछि वैकल्पिक निकास बनाउने क्रममा भ्वाङहरू परेर विपद सिर्जना भएको उनीहरूले औंल्याएका छन् ।
स्थानीयले पनि खोला अतिक्रमण भएर हिउँदमा खहरेमा पानी बग्न छाडेको बताए । ५ देखि १२ मिटरसम्म खोलाको क्षेत्र नक्सामा पनि देखिन्छ । तर अहिले खोलाको भाग दुई मिटर पनि छैन । वरिपरि कतै घर बनेका छन् भने कतै खेती गरिएको छ । स्थानीय ६५ वषर्ीय कृष्णबहादुर कार्कीले भने, 'खहरेका दुईतिरका जग्गावालाले मिच्दै गए । पानी खोलामा जान नपाएपछि भित्रभित्रै जाँदा कमजोर बनोट तल झर्यो ।' अर्का धर्मराज गुरुङले भने, 'जमिनको लोभ गर्दा विपत्ति सिर्जना भयो ।'
खोला बनाउँदै उद्धार
भ्वाङबाट हुने भूक्षय न्यूनीकरणका लागि खोला बनाउन थालिएको छ । जमिनमुनि गएको पानीलाई खहरेको सतहमा बगाउने उपाय विज्ञहरूले सुझाएपछि उद्धार थलिएको हो । खहरे पुरिएपछि पानी जाने ठाउँ नपाएर समस्या भएकाले खहरेलाई गहिरो बनाउन डोजर लगाइएको स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले बताए । 'तत्काल ठूलो क्षति भइनसकेकाले अन्य राहतभन्दा पनि रोकथामका लागि पानी कटाउनुपरेको हो,' पौडेलले कान्तिपुरसँग भने । यसैबीच पौखरा ल्याएको खानेपानीसमेत जोखिममा रहेकाले रातिको समयमा यस क्षेत्रबाट आपूर्ति हुने पानी रोकिएको छ ।
निर्माणमा रोक
यसैबीच जिविसको सक्रियतामा बिहीबार स्थानीय प्रतिनिधिसमेतको बैठकले प्रभावित क्षेत्रमा कुनै पनि निर्माणको काम गर्न रोक लगाएको छ । खहरे किनारदेखि दुवैतिर ७५ मिटर अति जोखिम क्षेत्र भएकाले घर वा कुनै पनि संरचना बनाउन रोक लगाउने निर्णय गरेको पौडेलले बताए ।
-साभार कान्तिपुर

Posted by Unknown
on 8:57 PM. Filed under
NEWS,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response